२५ जेठ २०८३, सोमबार
प्रहरी कारवाही

नक्कली शरणार्थी प्रकरण : पक्राउ पुर्जी जारी भएका पूर्व सांसद शेर्पाले गरे आत्मसमर्पण

नक्कली शरणार्थी प्रकरण : पक्राउ पुर्जी जारी भएका पूर्व सांसद शेर्पाले गरे आत्मसमर्पण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

आरोपी शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेर आत्मसमर्पण गरेका प्रहरीले जनाएको छ ।

उनी नेपाली कांग्रेसका नेता तथा रामेछापको १ नम्बर निर्वाचन क्षेत्रबाट २०७० सालमा निर्वाचित सांसद हुन् । शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीलाई हिरासतमा पुगेर भेटेपछि शेर्पा पनि अनुसन्धानमा तानिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्