×

Nic Asia
Dabur
Prabhu Bank

एनएमबि बैंकका डिजिटल प्रयोगकर्ताले मोबाइलबाटै ५ लाखसम्म ऋण पाउने

काठमाडाैं | जेठ १२, २०८०

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

डिजिटल बैंकिङ प्रवर्द्धन गर्दै आएको एनएमबि बैंकले ग्राहकलाई मोबाइलबाटै दिने विभिन्न सेवा र सुविधा बढाउँदै गएको छ । बैंकले हालसालै मोबाइल बैंकिङको माध्यमबाट एनएमबि क्युआर कोड प्रयोग गर्ने बिक्रेताको लागि ऋण सुविधा दिन थालेको  छ । बैंकले क्युआर कोड प्रयोग गरेर सेवा दिइरहेका मर्चेन्टलाई ऋण दिने सुविधा दिन शुरू गरेको हो । 

yONNEX
Frooti
Appy

बैंकले एक वर्षदेखि एनएमबि बैंकको क्युआर प्रयोग गरेका मर्चेन्टहरूलाई निश्चित क्राइटएरिया तय गरेर ऋण सुविधा दिइरहेको जनाएको छ । 


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

बजारमा एनएमबि बैंकको खाता प्रयोग गरेका साना तथा मद्यौला व्यवसायलाई दृष्टिगत गरेर अत्यावश्यक गर्जो टार्न यस्तो ऋण सुविधा दिएको एनएमबि बैंकका डिजिटल बैंकिङ प्रमुख शिवराज उपाध्यायले बताए । 

उनका अनुसार यस्तो सुविधा एक महिनादेखि औपचारिक रूपमै शुरू भइसकेको छ । यो सुविधामा रुची देखाएर सेवा लिनेको सख्या दैनिक ४/५ वटा पुगेको पनि उनले बताए ।


Advertisment
Lokantar App
Saurya island

एनएमबि बैंकले व्यापार व्यवसाय गरेर बसेका ग्राहकले आकस्मिक रुपमा चाहिएको पैसाको जोहो गर्ने माध्यम बैंक बन्न खोजेको हो । यस्तो सुविधाले लघुवित्तमा जाने ग्राहक र उसले भोग्नुपर्ने झन्झटिलो प्रकृया मोबाइल बैंकिबाटै समाधान गर्ने उद्देश्य रहेको पनि उपाध्यायले बताए ।

बैंकमा धाउनै नपर्ने, सबै डिजिटल प्रविधिबाट हुने यस्तो ऋण सुविधा ३ देखि १४ महिनासम्मको लागि लिन सकिने बैंकको भनाइ छ । मासिक ऋणको किस्ता भुक्तानी गर्दै जान सकिने गरी दिइएको यस्तो सुविधाको लागि बैंकले दिएको क्युआर कोड प्रयोग गरेको ग्राहक हुनुपर्ने र उसले तोकिएको न्यूनतम शर्त भने पूरा गर्नुपर्छ ।

JYOTI
Vianet communication

उपाध्यायका अनुसार ग्राहकको सुविधा लागि दराजका सेलर्सलाई मोबाइल बैंकिङबाटै १० हजारदेखि ५ लाख रुपैयाँसम्म ऋण लिने सुविधा पनि दिइँदै छ । यसका लागि बैंकले दराजसँग सहकार्य गरेर करिब ५०० योग्य ऋणीको सूचीसमेत पाइसकेको छ । 

यस्तो दराजबाट सामान बेच्ने ग्राहकको सुविधा एक सातादेखि ४ महिनासम्म ऋण प्रयोग गर्न पाइन्छ । दराजका सेलर्सको लागि मात्रै दिइने यस्तो सुविधाको औपचारिक घोषणाको अन्तिम तयारीमा भइरहेको बैंकले जानकारी दिएको छ । 

अहिले बैंकले सेलर्स क्याटोराइज गरिसकेको छन । ती ग्राहकको लागि निश्चित क्राइट एरियासमेत तय गरेको छ । यसका लागि एक वर्षदेखि सामान बिक्री गरिरहेको हुनुपर्ने, दराजका विभिन्न बिक्री क्याम्पेनमा सहभागी भएको हुनुपर्नेसहितको शर्त तोकिएको छ । 

नियमित दराजबाट सामान बेच्ने यस्ता सेलर्सको लागि उनीहरूले नै दैनिक रूपमा गरिरहेकै काम शर्तभित्र राखिएको छ । डिजिटल बैंकिङबाट एनएमबि सजिलो कर्जामार्फत् आकस्मिक प्रयोजनमा ऋण लिन सहजता प्रदान गर्ने उपाध्यायले बताए । 

उपाध्याका अनुसार यस अघि एनएमबि सापटी सेवा उपलब्ध गराएको थियो । यस्तो सेवा लिने ग्राहककको मासिक रूपमा नियमित खातामा पैसा आएको हुनुपर्नेसहितका मासिक तलब लिने कर्पोरेट क्षेत्रका कर्मचारीसहितलाई दृष्टिगत गरेर सापटी सेवा दिइएको थियो । 

यो सेवाबाट ग्राहकले मोबाइलबाटै २ लाख रुपैयाँसम्मको ऋण लिन सक्छन । उक्त सुविधा अहिले पनि निरन्तर रहेको बैंकले जानकारी दिएको छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ १४, २०८०

मोरङका छोटी भन्सार कार्यालयहरूको आम्दानीभन्दा खर्च बढी हुने गरेको पाइएको छ ।  स्थापना भएका कुल ९ छोटी भन्सारमध्ये ६ वटा बन्द भइसकेका छन् । सञ्चालनमा रहेका ३ मध्ये पनि एउटाले मात्र राजस्व संकलन गर्ने गरेको...

जेठ १४, २०८०

शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ४१ दशमलव ७४ मा पुगेको छ । ठूला कम्पनीको शेयर क...

जेठ १४, २०८०

रुपन्देहीका होटल व्यवसायीले घरधनीलाई भाडामा छुट दिन आग्रह गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गरी रुपन्देही होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घले कोरोना महामारिपछि व्यवसायमा मन्दी छाएकाले भाडामा छुट दिन आग्रह ...

जेठ १४, २०८०

पाटा एनुअल समिट तथा एड्भेन्चर मार्ट कर तिर्न तयार भएको छ । ८ जेठमा ‘पर्यटन बोर्डको खर्चमा पाटाको सम्मेलन, कानूनविपरीत डलर असुली, कर छलीको प्रयास !’ शीर्षकमा लोकान्तरमा समाचार सार्वजनिक भएपछि पाटा क...

जेठ १४, २०८०

सरकारको स्वामित्वमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये गत आर्थिक वर्ष २०७८/७९ मा जम्मा २५ वटा मात्रै नाफामा चलेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले आइतवार प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षणसँगै प्रस्तुत गरेको ...

जेठ १४, २०८०

सरकारले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा समेत परेको बताएको छ । आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा समेत पर...

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

रूपान्तरण अभियान : कांग्रेसको 'सर्भिसिङ' मात्र होइन, आवश्यक परे 'इन्जिन' नै फेर्न

जेठ १४, २०८०

सामान्यतया  रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार  भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

भ्रष्टाचारका ‘नायक’, खलनायक र निर्देशकहरूका नाममा

जेठ १२, २०८०

हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

नक्कली शरणार्थी प्रकरणका आरोपितहरूलाई नमेटिने ‘भ्रष्टाचारी दाग’

जेठ १०, २०८०

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...

ad
x