३१ असार २०८३, बुधबार

कोशी नामविरुद्ध आन्दोलनरत पक्षलाई प्रदेश सरकारले वार्तामा बोलायो

जेठ १६, २०८०
कोशी नामविरुद्ध आन्दोलनरत पक्षलाई प्रदेश सरकारले वार्तामा बोलायो
फाइल फोटो

कोशी प्रदेश सरकारले प्रदेशको नामकरणपछि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका पहिचानवादीलाई वार्तामा आउन आज आह्वान गरेको छ । 

प्रदेश सरकारका प्रवक्ता उद्योग, कृषि तथा सहकारीमन्त्री तथा प्रवक्ता भक्ति सिटौलाले आज प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका हुन् ।

वक्तव्यमा नामकरणको बारेमा रहेका आफ्ना विमतिलाई शान्तिपूर्ण राख्न अनुरोध गर्दै पूर्वघोषित विरोधका कार्यक्रमलाई स्थगन गरी वार्ता र संवादको माध्यमबाट निकास खोज्न सम्बद्ध पक्षलाई आह्वान गरिएको छ ।

नामकरणका विषय कुनै दल वा सरकारको भन्दा पनि सदस्यको आफ्नो प्रदेशको नामकरण आफैँ गर्न पाउने अधिकारको प्रयोग गर्दै नेपालको संविधानको धारा २९५(२) अनुसार  कोशी  नाम रहन पुगेको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा मन्त्री सिटौलाले नागरिक चाहना, चासो, अपेक्षा र जिज्ञासालाई मध्यनजर गर्दै गत २०७९ मङ्सिर ४ गते सम्पन्न प्रदेशसभाको निर्वाचनको जनादेशको आधारमा तत्कालीन प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत राजनीतिक दल, दलका नेता तथा प्रदेशसभा सदस्यको अथक प्रयासबाट प्रदेशसभाका ९० प्रतिशत सदस्यको समर्थनमा प्रदेशको नामकरण भएको बताएका छन् ।

यसअघि सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्