
नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेजलाई थप सुविधा युक्त बनाएको छ ।
टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध अफर अन्तर्गत ६३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ ।
यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधासमेत टेलिकमले उपलब्ध छ ।
त्यसैगरी यस अन्तर्गत पहिले प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जीबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।
टेलिकमका अनुसार पहिले ३०० एमबी डाटा सकिएमा दैनिक ६४ केबीपीएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जीबी डाटा कुनै पनि बेला प्रयोग गर्न सकिन्छ । यो डाटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सकिन्छ ।
साथै ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि थप जानकारी लिन तथा सेवा खरिद गर्न सकिने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।