फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काठमाडाैं | असार ७, २०८०
नेपाली अर्थतन्त्रको अवस्था झल्काउने मुख्य चित्र केन्द्रीय बैंकले सार्वजनिक गर्दै आएको अर्थतन्त्रको बाह्य सूचक हो ।
नेपाल राष्ट्र बैंकले मासिकरूपमा संकलन गरेर सार्वजनिक गर्दै आएको यस्तो तथ्यांकमा पछिल्लो ६ महिनायता उल्लेख्य सुधार भइसकेको देखिन्छ ।
केन्द्रीय बैंकको तथ्यांकअनुसार रेमिट्यान्स वृद्धिले रेकर्ड बनाउँदै छ । गत वर्ष १० खर्ब ७ अर्ब रुपैयाँ भित्रिएको यस्तो रकम यो वर्ष १० महिनामा नै १० खर्ब ५ अर्ब पुगिसकेको छ । असार मसान्तसम्ममा रेमिट्यान्स १३ खर्ब रुपैयाँ पुग्ने अनुमान भइरहेको छ ।
विदेशी मुद्रा सञ्चिति उल्लेख्य मात्रामा बढेको छ । देशबाट भित्रिने र बाहिरिने रकमबीचको अन्तर भुक्तानी सन्तुलनको मापन शोधनान्तर स्थिति बचतमा छ । आयात धान्ने क्षमता सन्तोषजक रूपमै रहेको छ भने महंगीको वृद्धिदर औसतमा ७ प्रतिशतकै हाराहारीमा छ ।
यो तथ्यांकले मुलुकको बाह्य अर्थतन्त्र ठीकठाक रहेको देखाउँछ, तर आन्तरिक अर्थतन्त्रमा भने भ्वाङ नै भ्वाङ छ ।
आन्तरिक अर्थतन्त्र कोभिडपछिको २ वर्षमा जुन गतिमा सुधार भएको थियो त्यो गति अहिले छैन । आन्तरिक अर्थतन्त्रका अधिकांश सूचक नकारात्मक छन् । बैंकमा तरलता थुप्रिए पनि कर्जा विस्तार ठप्पप्रायः छ ।
आर्थिक हिसाब बिग्रिएका कारण चेकबाउन्सको मुद्दा ८ हजारभन्दा बढी पुगेको छ । बैंक तथा वित्तीय संस्थासँगको कारोबार नमिलेका र ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यवसायीको संख्या २१ हजार नाघेको छ जसले समग्र अर्थतन्त्रको नकारात्मक अवस्थालाई चित्रित गर्छ ।
बैंकको कर्जा विस्तार १२ प्रतिशत पुर्याउने केन्द्रीय बैंकको लक्ष्य भए पनि वैशाखसम्ममा जम्मा ८ प्रतिशतले मात्रै विस्तार भएको छ ।
कर्जा विस्तार घट्नुले निजी क्षेत्रको विस्तार रोकिएको र अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै निजी क्षेत्रले पटक–पटक सरकारलाई झक्झक्याइरहेको छ । यस्तो कर्जा विस्तारमा गत वर्ष १९ प्रतिशतको लक्ष्य भए पनि त्यो भन्दा माथि पुगेको थियो ।
आन्तरिक अर्थतन्त्रका सूचक मापन गर्ने मुख्य आधार पुँजी बजारमा स्थिरता, घरजग्गा, निजी क्षेत्रको कर्जा विस्तार, आन्तरिक उत्पादनमा भएको कमी तथा माग बढ्न नसकेको सहितका कारण अर्थतन्त्र संकुचनमा छ ।
अर्थतन्त्रको संकुचनमा आन्तरिक कारणका साथै बाह्य कारण पनि उत्तिकै निर्णायक छन् ।
रसिया युक्रेन युद्ध, अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको आर्थिक मन्दी, धेरै आयात र कम निर्यातसहितले नेपाली अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन सकेको छैन ।
चालू आर्थिक वर्षको पछिल्लो १० महिनाको अर्थतन्त्रको चित्र:
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवाल बढेको मुद्रा स्फिति नियन्त्रण गर्ने नाममा सरकारले लिएका नीतिले माग घटाउने काम मात्रै गरेको बताउँछन्, जसका कारण आयात र माग दुवै घट्दा यसको असर एकैपटक अर्थतन्त्रमा परेको अग्रवालको तर्क छ ।
अग्रवालले भने, ‘बैंक दर बढाउने, ऋण नियन्त्रण गर्ने, ब्याज बढाउने, अनिवार्य नगद मौज्दातको सीमा बढाउनेसहित अर्थतन्त्रमा नकारात्मक असर पर्ने काम सरकारले नै गर्दै आएको छ । अर्थतन्त्रका टुल्स अध्ययनविना र महत्त्व नहेरी चालइदिँदा अहिलेसम्म नकारात्मक असर परिरहेको छ ।’
सरकारले कुल गार्हस्थ उत्पादन (जीडीपी)लाई बढाउने र मूल्य वृद्धिलाई नियन्त्रणमा राख्ने काम सन्तुलन मिलाएर गर्न नसक्दा पनि आन्तरिक अर्थतन्त्रमा संकुचन आएको तर्क उनको छ ।
आन्तरिक र बाह्य ऋणमा मिलाउन नसकेको सन्तुलनको असरले पनि आन्तरिक अर्थतन्त्रलाई थप संकुचनतर्फ धकेल्न सहयोग गरेको अग्रवालले बताए ।
सरकारले विस्तारै कडाइ गर्नुपर्नेमा एकैपटक कडा नीति लिएका कारण बजारमा लामो समयसम्म प्रभाव पर्ने देखिएको छ ।
सरकारले नै अर्थतन्त्रमा समस्या देखियो भनेर आत्तिएर दीर्घकालीन असर नै नहेरी निर्णय गरेको असर अहिलेसम्म बाँकी रहेको निजी क्षेत्रले बताउँदै आएको छ ।
नेपालको अर्थतन्त्र आयातमुखी छ, जसका कारण एउटा विषयमा मात्रै कडा गर्ने भन्ने सिद्धान्त नेपाली अर्थतन्त्रमा सुहाउँदैन ।
अर्थतन्त्र संकुचनमा जान नदिन र व्यावहारिक रूपमा कार्यान्वयन गर्न सक्ने गरी केही प्रावधानलाई खुकुलो बनाउने हो भने अझै सुधारको ठाउँ रहेको अग्रवालले बताए ।
राष्ट्र बैंकले दीर्घकालीन असरको मूल्यांकन नगरी हतारमा ल्याएको चालू पुँजी कर्जा नीतिका कारण पनि अर्थतन्त्रलाई धक्का पुगेको भन्दै निजी क्षेत्रले अहिलेसम्म यसलाई स्वीकार्न सकेको छैन ।
अबको मौद्रिक नीतिले यसमा ध्यान नदिने हो भने अर्थतन्त्र अझै सम्हालिन नसक्ने चेतावनी निजी क्षेत्रले दिइरहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरजकृष्ण वैद्य शेयर र घरजग्गा कारोबार चलायमान नभएसम्म अर्थतन्त्र गतिशील हुँदैन भन्ने जान्दाजन्दै सरकारले यसलाई बेवास्ता गरिरहेको बताउँछन् ।
सरकारले चालू पुँजी कर्जा नीति एकैपटक कार्यान्वयन गर्न खोज्नु, आयात नियन्त्रणको नाममा झ्यप्पै बन्द गरिदिनु, अटो, घरजग्गामा ऋण नदिनु नै अहिलेसम्म देखिएको समस्याको कारण भएको वैद्यले बताए ।
‘हिजोका दिनमा जति कमी कमजोरी भए, अझै पनि तिनलाई सुधार गरेर जान सक्ने अवस्था छ । त्यसका लागि आगामी मौद्रिक नीतिले सम्बोधन गर्न सक्नुपर्छ ।’
रेमिट्यान्स बढ्ने, पर्यटक आगमन बढ्ने, विदेशी मुद्रा सञ्चिति बढ्ने तर, आन्तरिक अर्थतन्त्र खुम्चिने अवस्थाले संकट गहिरिएको संकेत गर्ने उनको भनाइ छ । बैंकमा पैसा हुँदाहुँदै पनि कर्जा नपाउने स्थिति समेत गम्भीर भएको उनले बताए ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणकर भट्ट भने अर्थतन्त्रका सूचक विस्तारै सकारात्मक हुँदै गएकाले अब २ वर्ष पहिलेकै जस्तो अवस्थामा पुग्ने बताउँछन् ।
‘बिग्रिएका सूचकमा सुधार भएको छ भने जहाँजहाँ कमजोरी छ त्यहीँत्यहीँ सुधार गरेर अगाडि बढ्ने काम पनि भइरहेको छ । अब अर्थतन्त्र लयमा फर्कन्छ र आन्तरिक बजार चलायमान हुन्छ भन्नेमा विश्वस्त हुन सकिन्छ,’ उनले भने ।
यसअघि आन्तरिक कारण मात्रै नभएर अन्तर्राष्ट्रिय कारणले निम्तिएको संकुचनमा सुधार आउन लागेको उनले बताए ।
संकटको मुखमा पुगेको अर्थतन्त्र सरकारी नीतिकै कारण जोगिएको उनले दाबी गरे । ‘कडाइ गर्ने नीतिका कारण अर्थतन्त्र जोगिएको हो, अब गति लिन्छ’, भट्टले भने ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...