३० असार २०८३, मंगलबार

चिनियाँ खर्बपति ज्याक मा काठमाडौंमा

असार १२, २०८०
काठमाडौं
चिनियाँ खर्बपति ज्याक मा काठमाडौंमा

विश्वचर्चित व्यापारिक कम्पनी अलिबाबाका संस्थापक तथा चिनियाँ खर्बपति ज्याक मा नेपाल आइपुगेका छन् । ज्याक मा विशेष चार्टर्ड विमानमार्फत् मंगलवार दिउँसो काठमाडौं आइपुगेका हुन् । 

ज्याक मा जापानबाट काठमाडौं आइपुगेका हुन् । उनी पछिल्लो समय जापानमा बस्दै आएका थिए । 

बोइङ ७३७ म्याक्स साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले लोकान्तरलाई जानकारी दिए । उनी यही विमानमा काठमाडौं ओर्लेका हुन् । 

उनी अलिबाबा समूहका संथापक तथा कार्यकारी अध्यक्ष हुन् ।

salt training

कमेन्ट गर्नुहोस्