×

NMB BANK
NIC ASIA

सिंहदरबारबाट गृहमन्त्रीको चुपचाप क्रान्ति

अवरोधका प्रयासबीच जनतामा आशा जगाउने नारायणकाजीका 'बोल्ड' कदम !

काठमाडाैं | असार २४, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

राजनीतिक दलका नेताले सरकारमा पुगेर भ्रष्टाचार नै गर्छन्, कमाउ धन्दामा लाग्छन्, आसेपासेलाई पोस्छन् भनेर समाजमा भइरहेका अफवाहलाई चिर्ने किसिमले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले फरक शैलीमा कामको शुरूआत गरेका छन् । गृहमन्त्री बन्न मरिहत्ते गर्ने र गृहको बागडोर सम्हालेपछि जायज/नाजायज काम गरेर आफ्नै स्वार्थपूर्ति गर्ने गरेको जनगुनासोबीच नारायणकाजीले साँच्चिकै सुधारको शुरूआत गरेका छन् । 

Muktinath Bank

गृहमन्त्री बनेलगत्तै नारायणकाजीले सुराकीका नाममा मन्त्री र सचिवले लिइरहेको बेपरवाह खर्च नियन्त्रणमार्फत सुधारको काम शुरू गरेका थिए । त्यसपछि नेपाली समाजमा सामन्तवादको अवशेषको रूपमा रहेको मिटरब्याज समस्या समाधान र पीडितलाई न्यायको निम्ति आयोग गठन गरेर काम शुरू गरेका गृहमन्त्री श्रेष्ठले पाइलैपिच्छे अवरोध र तगारो व्यहोर्नुपरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भौतिक पूर्वाधार मन्त्री हुँदा शुरू गरेको र गृहमन्त्रीको रूपमा ताकेता गरेपछि देशभर अलपत्र सडक विस्तारको कामले गति लिन थालेको छ । 


Advertisment
Nabil box
Kumari

दण्डहीनता अन्त्य र कानूनी शासन स्थापनका लागि श्रेष्ठले गृह प्रशासनलाई चुस्त ढंगले नेतृत्व गरिरहेका छन् ।

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री र मन्त्रीका कामलाई लिएर प्रतिपक्षले सदनमा आवाज उठाइरहे पनि नारायणकाजीको हकमा प्रतिपक्षले प्रश्न गर्न सकेको छैन । गठबन्धन सरकार, अप्ठ्यारो विपक्षी र विभिन्न स्वार्थ समूह हावी भइरहेको समयमा पनि मन्त्री श्रेष्ठले जनतामा केही आशा जगाउने काम गरेका छन् । 

गृहमन्त्री–सचिवले लिने अपारदर्शी सुराकी भत्ता खारेज

२०७९ चैत्र १७ गते गृहमन्त्रालयको कार्यभार सम्हालेपछिको पहिलो निर्णयमै श्रेष्ठले सुराकी खर्च खारेज गर्ने बताएका थिए । गृहमन्त्री र गृहसचिवले हिसाबकिताब देखाउनु नपर्ने र बिल भर्पाइ पेश गर्नु नपर्ने गरी खर्च गर्न पाउने नियमावली मन्त्रिपरिषद् बैठकबाटै निर्णय गराएर चैत २० गते खारेज भइसकेको छ । 

मन्त्री श्रेष्ठको अग्रसरतामा भएको यो निर्णयपछि गृहमन्त्रीले दैनिक ५० हजार र गृहसचिवले २० हजार रुपैयाँसम्म खर्च गर्न पाउने मनोमानी बन्द भएको छ । ३० वर्ष पुरानो यही नियमावलीका आधारमा शाही शासनकालका गृहमन्त्री कमल थापाले जनआन्दोलन दबाउने बेला सुराकीको नाममा रजाइँ गरेका थिए । सुराकी खर्च पछिल्लो समय गृहमन्त्री र सचिवका लागि दुहुनो गाई बनेको थियो । 

पदबहाली गर्दा घोषणा गरेको तीन दिनमै श्रेष्ठले गलत अभ्यासका रूपमा गृहमन्त्री र गृहसचिवले निरन्तरता दिएको परम्परालाई तोडिदिएका हुन् । सुशासनको क्षेत्रमा एउटा मानक बनेको यो निर्णय अब भविष्यमा बन्ने सरकारले उल्ट्याउन सक्ने छैनन् ।

२०५० सालयता सुराकी खर्चका नाममा गृहमन्त्री र गृहसचिवले पाएको यस्तो खर्चको सुविधालाई तोडेर श्रेष्ठको यो निर्णय ‘बोल्ड’ भन्दै सार्वजनिक रूपमा रुचाइएको छ । सुराकीका नाममा भइरहेको मनोमानी खर्चबारे महालेखाले प्रश्न उठाउँदै आएको थियो । 

जासुस परिचालनका नाममा गृहमन्त्री र गृहसचिवले आफ्ना कार्यकर्ता र नातेदारहरूका निम्ती राज्यकोष दुरुपयोग गर्दै आएका थिए । 

मिटरब्याजपीडितको आन्दोलनमा पुगेका नारायणकाजी

रविले गरेको गलत निर्णय खारेज

गृहमन्त्रीको रूपमा नारायणकाजी श्रेष्ठले गरेको दोस्रो ‘बोल्ड डिसिजन’ हो, रवि लामिछानेले गृहमन्त्री बनेको समयमा कानून मिचेर लगाएको राष्ट्रिय परिचयपत्रको ठेक्का र हतारमा बनाएको कार्यविधि खारेजी ।

राष्ट्रिय परिचयपत्रमा उल्लेख भएका नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने अधिकार र पहुँच निजी क्षेत्रलाई दिने गरी ३२ दिने गृहमन्त्री लामिछानेले हतारमा ठेक्का लगाएका थिए, जसलाई मन्त्री श्रेष्ठले खारेज गरिदिए । लामिछानेले ७ दिनको बोलपत्र जारी गरी एउटा मात्रै निजी कम्पनी छनोट गरेको ठेक्कालाई श्रेष्ठले नै खारेजीसम्म पुर्‍याएका हुन् । 

गृहमन्त्री श्रेष्ठको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमार्फत सुरक्षित तबरले नागरिकको विवरण प्रमाणीकरण एवं अन्तरप्रणाली आवद्धतासम्बन्धी कार्यविधि’लाई खारेज गरिदिएको थियो । कार्यविधि कसरी बनाइयो भन्ने विषयमा समेत छानबिन गर्ने निर्णय सरकारले गरेको छ । 

२०७९ माघमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले विदेशी कम्पनीलाई परिचयपत्रको विवरण प्रमााणीकरणसम्बन्धमा ठेक्का दिएको थियो । फ्रेन्च कम्पनी आईडिमियाको नेपाल प्रतिनिधि एडभान्टेज इन्टरनेसनलले यो ठेक्का पाएको थियो । 

लामिछानेले हतार गरी खरिद ऐनविपरीत मिलेमतोमा ठेक्का लगाएको विषय बाहिरिएको थियो । गृहमन्त्री श्रेष्ठले यो विषयमा अध्ययन गरेर मन्त्रिपरिषदबाट खारेज गराउनेसम्मको प्रक्रिया अघि बढाएका थिए । अस्वाभाविक लागेको र कमिसनको आशंका भएपछि गृह मन्त्रालयले ठेक्का खारेजीको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । 

सार्वजनिक खरिद ऐनमा अन्तर्राष्ट्रिय ठेक्कालाई ४५ दिन र राष्ट्रिय ठेक्कालाई ३० दिन दिनुपर्छ भनिएकोमा हतारमा ७ दिनमा नै सबै काम गरिएको देखिपछि मन्त्री श्रेष्ठले सो ठेक्का खारेज गरेका थिए ।

नक्कली शरणार्थी प्रकरणको उत्खनन्

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने धन्दाको पर्दाफास नारायणकाजीको अडानका कारण सम्भव भयो । गृहमन्त्रीले दह्रोसँग खुट्टा नटेकेको भए प्रमुख सत्ता साझेदार दलको प्रभावशाली र भर्खरै निवर्तमान बनेका गृहमन्त्रीलाई पक्राउ गर्न सकिने सम्भावना थिएन । राजनीतिक दबाब आफूले थेग्ने भन्दै प्रहरी प्रशासनलाई आश्वस्त बनाएपछि शरणार्थी प्रकरणको छानबिन सम्भव भयो । 

अन्तर्राष्ट्रिय रूपमै नेपालको बेइज्ज्त गराएको यो प्रकरणमा बहालवाला सांसद टोपबहादुर रायमाझी, बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री बालकृष्ण खाँणलगायत प्रभावशाली व्यक्तिहरू जेल पुगिसकेका छन् । विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री श्रेष्ठले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान ‘ओपन’ नै रहेकाले तथ्यका आधारमा दोषी पाइएकाहरू पक्राउ पर्ने बताएका थिए ।

नक्कली शरणार्थी प्रकरणलाई पछिल्लो दशककै सबैभन्दा ठूलो भ्रष्टाचार र संगठित अपराधको काण्डका रूपमा चित्रित गरिएको छ । आइतवार मात्र डा. आरजु राणा देउवालाई पैसा बुझाएको दाबी गरेका सञ्जय शर्माको अडियो मिलेको भनेर प्रहरीले पुष्टि गरेको छ । शरणार्थी प्रकरणमा गृहमन्त्रीको अविचलित अडानका कारण अहिले पनि राजनीतिक दलको नेतृत्व उनीसँग रुष्ट बनेको छ । 

नारायणकाजीलाई गृहबाट हटाउने र सरकार ढाल्नेसम्मका खेल यसबीचमा भए । पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको साख जोगाउने गरी गृहमन्त्रीले काम गरिरहेका छन् ।

नक्कली शरणार्थी प्रकरण यस्तो विषय बन्यो जसमा पछिल्लो समय राजनीतिक घटनाक्रमप्रति विमति राख्दै आएका नेपालका निर्विवाद नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डे र कृष्ण पहाडी गृहमन्त्रीलाई धन्यवाद दिन मन्त्रालय पुगे । 

पढ्नुहोस् यो पनि : नारायणकाजीको दह्रो साथपछि प्रहरीले उत्खनन् गरेको संगठित अपराधको जालो

मिटरब्याज पीडितको मुक्तिका लागि आयोग

गृहमन्त्रीका रूपमा नारायणकाजी श्रेष्ठले गरेको अर्को ऐतिहासिक काम हो, अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी आयोग गठन । साहु महाजनबाट ठगिएका पीडितहरू सिंहदरबार अगाडि आएर धर्ना दिएपछि मन्त्री श्रेष्ठले गत चैत १८ गते वार्ता गरेर उनीहरूको समस्या समाधानको प्रतिबद्धता जनाएका थिए । 

मिटरब्याजीसँग सरकारले गरेको सम्झौता अपूरो रहेको र आश्वासन मात्र देखाएर फिर्ता पठाइएको भनेर विपक्षीले आलोचनाको मसला बनाएका थिए । तर, गृहमन्त्रीले अध्यादेश ल्याएर मिटरब्याज समस्या समाधानसम्बन्धी आयोग गठन गरे । मिटरब्याज पीडितको सहजताका लागि भन्दै आयोगको केन्द्रीय कार्यालय नै मधेश प्रदेशको राजधानी जनकपुरमा स्थापना गरियो । मन्त्री श्रेष्ठ आफैँ गएर कार्यालय उद्घाटन गरे । 

null

कार्यालय स्थापनापछि पीडितहरू खुल्न थाले । पूर्व न्यायाधीश गौरीबहादुर कार्की अध्यक्षताको आयोगमा २३ हजार ९ सय ४८ उजुरी परेका छन् । १ हजार ३ सय ८५ वटा उजुरी त फर्छ्यौट भइसकेका छन् । मिटरब्याजसम्बन्धी समस्या सामन्तवादको अवशेषको रूपमा सर्वसाधारण शोषण गर्ने औजार बनेको परेका उजुरीको संख्याबाट पनि स्पष्ट हुन्छ । 

यही मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न बनेको आयोगसम्बन्धी अध्यादेश अनुमोदन गर्ने दिन नेकपा एमालेले संसद् अवरोध गर्‍यो । वैशाख २० गते ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८०’ मार्फत आयोगलाई कानूनी हैसियत दिइएको थियो ।

६० दिनभित्र अध्यादेश अनुमोदन गरिसक्नुपर्नेमा प्रधानमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा अवरोध गर्‍यो । भारतीय नागरिक प्रितम सिंहको पुस्तक विमोचनमा दिएको अभिव्यक्तिलाई लिएर एमालेले अकस्मात् प्रतिनिधिसभा अवरुद्ध गरिदिएपछि विधेयक निष्क्रिय भयो ।

‘आज म धेरै आहत भएको छु, आज प्रतिनिधिसभाबाट मिटर ब्याजसम्बन्धी अध्यादेश पारित हुनुपर्थ्यो, तर गरिएन । आजैदेखि यस सम्बन्धमा जारी गरिएको अध्यादेश निष्क्रिय भएको छ । यसबाट को पीडित जनताको पक्षमा छ र को विपक्षमा छ भन्ने स्पष्ट भएको छ,’ असार २० गते सामाजिक सञ्जालमा सन्देश लेख्दै श्रेष्ठले भनेका छन्, ‘तर, सामन्ती शोषणको यो अवशेषलाई हरहालतमा अन्त्य गरिनेछ । पीडितलाई न्याय दिने यो अभियानलाई असफल पारियो भनेर पीडक वा तिनका पक्षधरहरूले सोचेका छन् भने त्यो ठूलो भ्रम हो । पीडितलाई न्याय नदिलाई विश्राम लिइने छैन ।’

पीडितसँग वार्ताका लागि आइतवार सडकमै गएबाट पनि प्रस्ट हुन्छ कि मिटरब्याजसम्बन्धी समस्या समाधानका लागि मन्त्री श्रेष्ठ कति गम्भीर देखिएका छन् । मिटरब्याज पीडितलाई दासता मुक्ति अभियानको रूपमा लिएर एउटा निष्कर्षमा पुर्‍याउने अभियानमा मन्त्री श्रेष्ठ लागेका छन् । 

बिचौलियासँग सजग, प्रहरी प्रशासन हस्तक्षेप मुक्त

प्रहरी प्रशासनलाई जायज नाजायज दबाब दिएर गृहमन्त्रीले प्यारालल सत्ता सञ्चालन गरेको आरोप लाग्ने गरेको थियो । प्रहरी महानिरीक्षक नियुक्तिदेखि हवल्दारको सरुवासम्ममा गृहमन्त्रीकी मन्त्राणी सक्रिय हुने गरेको आरोप विगतमा लाग्ने गरेको थियो । 

महानिरीक्षकको नियुक्तिदेखि प्रहरीको सरुवामा पैसा बुझाउनुपर्ने गुनासो अहिले प्रहरी प्रशासनमा अन्त्य भएको छ । गृहमन्त्रीको कडा निर्देशनपछि संगठनभित्र हुने चलखेल बन्द भएको प्रहरीका जुनियर अधिकृतहरूको अनुभव छ । कसैको दबाब र प्रभावमा नपरी काम गर्न उनले प्रहरीका अधिकारीलाई निर्देशन दिएका थिए । 

पुल्चोकस्थित मन्त्री निवासमा सबैभन्दा सुनसान गृहमन्त्रीको क्वार्टर हुने गरेको छ । ‘विभिन्न स्वार्थ लिएर आउने विचौलिया’लाई मन्त्री क्वार्टरको ढोका बन्द छ ।

‘म जाँड रक्सी त खाँदै खान्न, अर्को एउटा कुरा घुस पनि खान्नँ । त्यति मात्रै होइन मैले नखाने अर्को एउटा कुरा पनि छ त्यो हो म चाकरी पनि खान्नँ,’ भौतिक पूर्वाधारबाट गृह मन्त्रालयमा सरुवा भएर कार्यभार सम्हाल्दै चैत्र १७ गते श्रेष्ठले भनेका थिए, ‘यीबाहेकका काम लिएर घरमा होइन, मन्त्रालयमै भेट्न आउनुहोला । मन्त्रालयभन्दा बाहिर भेट्दिनँ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व घरबेटी ठेकेदार शारदा अधिकारीलाई कालोसूचीमा पारेर कारवाही गर्ने काम मन्त्री श्रेष्ठले गरेका थिए ।

पुराना फाइल खोलेर भ्रष्टाचारीविरुद्ध जेहाद छेडेका मन्त्री श्रेष्ठसामु पाइलैपिच्छे अवरोध र व्यवधान खडा भएका छन् । शरणार्थी प्रकरणको अनुसन्धान प्रभावित गर्नका लागि मन्त्रीको जागिरै खाइदिनेसम्मको धम्की खाएको माओवादी स्रोत बताउँछ । 

‘हाम्रा मान्छेलाई छोएमा सरकार नै ढाल्दिन्छौं भन्नेसम्मका धम्की आएका थिए । ठूला दलका नेताले बाहिर बोलेको कुराबाट पनि थाहा हुन्छ, भित्र कति धेरै दबाब परेको थियो होला,’ माओवादीका ती नेताले लोकान्तरसँग भने, ‘तर केही गर्ने अठोट लिएर सिंहदरबार छिर्नुभएको उहाँले कतै सम्झौता गर्नुभएन ।’

पढ्नुहोस्, यो पनि : भ्रष्टाचारविरुद्ध हाई–प्रोफाइल अपरेसन : २१ वर्षअघिका ती सूर्यनाथ, यी नारायणकाजी

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x