×

निजी कलेजलाई दिएको रकम फिर्ता माग गर्दै ३ महिनादेखि महानगरको गेटमा इन्दिराको धर्ना !

विराटनगर | साउन २१, २०८०

विराटनगर महानगरपालिकाअगाडि एक महिला तीन महिनादेखि धर्नामा थिइन् । विराटनगरको बरगाछीस्थित गोग्राहा माध्यमिक विद्यालयको सञ्चालक समिति पूर्वअध्यक्ष समेत रहेकी इन्दिरा चापागाईं विद्यालयको बेतिथिवरिुद्ध गत जेठदेखि महानगरको गेटमा एक्लै धर्ना बसिरहेकी थिइन् । निजी स्रोतबाट सञ्चालित  गोग्राहा कलेजलाई निकासा गरिएको ५ लाख रुपैयाँ बजेट फिर्ता गर्नुपर्ने उनको माग छ ।  उनले स्कूलबाट कलेज हटाउनसमेत माग गरेकी छन् ।

चापागाईंले यसअघि सुशासनका लागि प्रदेशसभा सचिवालय र प्रदेशका मन्त्रालयमा पनि एक्लै धर्ना दिएकी थिइन् ।


Advertisment

पूर्वाञ्चल विश्वविद्यालयबाट अनुमति लिएर गोग्राहा कलेज सञ्चालित छ । गोग्राह स्कुलको संरचनामै कलेज पनि रहेको छ । पहिला कलेज विद्यालय मातहत नै रहे पनि पछिल्लो समय भने छुट्टै बनाइएको छ । कलेजले शिक्षा संकायतर्फ बीएडको कक्षा सञ्चालन गर्दै आएको छ ।


Advertisment

बेथितिविरुद्ध तीन महिनादेखि धर्ना बसिरहेकी चापागाईंलाई प्रहरीले पक्राउ गरेको छ । निधारमा रातो फेटा बाँधेर उभिने महिलालाई मेयरकै निर्देशनमा प्रहरीले पक्राउगरी अभद्र व्यवहारमा मुद्दा चलाएको हो । महानगरको उजुरीको आधारमा चापागाईंलाई पक्राउगरी अभद्र व्यवहारमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी छेदीलाल कामतीले जानकारी दिए । 

मेयर कोइरालालाई अभद्र व्यवहार गरेको भन्दै विराटनगर महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएको थियो । महानगरले उजुरीपछि विराटनगर ५ निवासी ५२ वर्षीया चापागाईंलाई पक्राउगरी अभद्र व्यवहार मुद्दा चलाएको हो । 

महानगरको कामकारवाहीप्रति प्रश्न उठाउँदै धर्ना बसेकी चापागाईंलाई पक्राउगरी मुद्दा चलाएपछि नगर प्रमुख नागेश कोइरालाको तीव्र आलोचना भइरहेको छ । चापागाईँ पक्राउ गरेपछि मेयर कोइरालाको चर्को विरोध हुन थालेको छ । सामाजिक अभियान्ताहरूले समेत उनको विरोध गर्न थालेका छन् । बेथिति हटाउनुको साटो उनलाई पक्राउ गरिएको भन्दै अभियन्ताहरूले आक्रोश व्यक्त गरेका छन् । 

मेयर कोइरालाले भने आफ्नो बचाउ गरेका छन् । मेयर कोइरालाको सचिवालयले विज्ञप्ति जारी गर्दै महानगरको गेटमा अराजक ढंगले विरोध गरेपछि पक्राउ गरिएको दाबी छ । ‘विगत ३ महिनादेखि महानगरको गेटमा अराजक ढंगले चापागाईंले विरोध प्रदर्शन गर्दै आएको सर्वविदितै छ । झोलामा बोकेको पेटीकोटले मेयरलाई छोप्न खोज्ने, मेयर चढेको गाडीमा पेटीकोटले हान्ने, लात्ती हान्ने, झम्टिनेलगायत अशोभनीय शब्द प्रयोगगरी गालीगलौज गर्नुका साथै मेयरलाई मुख्य गेटबाट प्रवेश गर्न अवरोध पुर्‍याएको अवगत गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘भित्र प्रवेश गरिसकेपछि पनि अझै अराजक किसिमबाट गालीगलौज गर्ने, भित्रै प्रवेश गरेर सेवा प्रवाहलाई नै असर पार्नुका साथै मोबाइलमा समेत गालीगलौजसहितका म्यासेज बारम्बार पठाउने गरेको जानकारी गराउँदछौं ।’

चापागाईंलाई पटक–पटक बोलाएर सम्झाउने प्रयत्न पनि गरे पनि आन्दोलन नरोकेको महानगरले दाबी गरेको छ ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x