×

राउण्ड अप

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ? यस्ता छन् मुख्य समाचार

काठमाडाैं | साउन २३, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

प्रतिनिधिसभा मातहतका र संयुक्त समिति गठनका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने दल सहमति नजिक पुगेका छन् । कुन समितिको नेतृत्व कुन दलले पाउने भन्ने विषयमा बाँडफाँट मिलेपछि समिति गठनमा दलहरू सहमति नजिक पुगेका हुन् ।


Advertisment

प्रारम्भिक सहमतिअनुसार प्रमुख प्रतिपक्ष नेकपा एमालेले सार्वजनिक लेखा समितिसहित ३ वटा समितिको सभापति प्राप्त गर्नेछ ।
विषयगत समितिमध्ये कति सभापति कुन दलले प्राप्त गर्ने भन्नेमा लामो छलफल र माच्छापच्छिका कारण समिति गठनमा ढिलाइ भएको थियो । प्रतिनिधिसभा निर्वाचन भएको ९ महिना बितिसक्दा पनि समिति गठन नभएको भनी टिक्काटिप्पणी हुँदै आएको छ । प्रतिनिधिसभा मातहत १० र संयुक्त समितिका रूपमा २ वटा समिति छन् ।
००००
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।


Advertisment

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी लिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।
००००
पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशीले वर्तमान सरकारले चालेको भ्रष्टाचार विरोधी अभियानमा आफ्नो पुरै समर्थन रहने प्रतिक्रिया दिएका छन् । 

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा उनीसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जालमार्फत् उनले देशमा नासुरको रूपमा रहेको भ्रष्टाचार मेटियोस् भन्ने आफ्नो चाहना र अपेक्षा रहेको भन्दै अनुसन्धान निकायलाई पूरा सहयोग हुने बताएका छन् ।
००००
नागढुङ्गा सुरुङ निर्माण आयोजनाअन्तर्गत आपत्कालीन उद्धार सुरुङ (रेस्क्यु टनेल)को सोमबार ‘ब्रेक थ्रु’ भएको छ । उक्त सुरुङमार्ग वारपार छिचोलिएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ युगको सुरुआत भएको बताइएको छ ।          
 नेपालको यातायात क्षेत्रको पहिलो आधुनिक सुरुङमार्ग निर्माण थालिएको तीन वर्ष सात महिनामा आपत्कालीन सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको हो ।
००००
पाटन उच्च अदालतले काठमाडौँका व्यापारिक कम्प्लेक्सभित्र रहने पार्किङ स्थलहरुमा शुल्क लिने सम्बन्धमा कुनै हस्तक्षेप नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ ।

न्यायाधीश राजेन्द्र खरेलको एकल इजलासले आज काठमाडौँ महानगरपालिका नाममा शुल्क लिने विषयमा हस्तक्षेप नगर्न आदेश गरेको हो ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले पटक–पटक संसद् अवरोध भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । पछिल्लो समय प्रतिनिधिसभा बैठक अवरोध हुँदा जनताका मुद्दाप्रति शीर्ष नेताहरू जिम्मेवार नदेखिएको उनीहरूको आरोप छ ।  
००००
प्रतिनिधिसभा बैठक मंगलवार दिउँसो ३ बजे बस्ने तय भएको छ । पूर्व निर्धारित तालिकाअनुसार सोमवार बैठक बस्न नसकेपछि मंगलवार दिउँसो ३ बजेका लागि सारिएको हो ।

सोमवार दिउँसो १ बजे बैठक बस्न नसकेपछि सोमवारै दिउँसो ४ बजेका लागि सारिएको थियो । संघीय संसद्का महासचिव डा भरतराज गौतमले बैठक विशेष कारणले बैठक बस्न नसकेको बताए । दलहरुबीच सुन प्रकरणमा संसदीय समिति बनाउने विषयमा विवाद छ । 
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अनुसन्धान थालेपछि सोमबार एक सय  किलो सुन तस्करी प्रकरणका आरोपीको म्याद मिलान गरिएको छ । 

राजस्व अनुसन्धान विभागको हिरासतमा रहँदा उनीहरुलाई उच्च अदालत पाटनबाट म्याद थप गरी अनुसन्धान हुँदै आएकामा प्रहरीले अनुसन्धान थालेपछि आज काठमाडौँ जिल्ला अदालतबाट पहिलो पटक म्याद मिलान गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जानकारी दिए ।
००००
यसैबीच सुन तस्करी प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रहरी उपरीक्षक (एसपी) सञ्जय थापाको नेतृत्वमा हुने भएको छ । थापाको नेतृत्वमा सुन प्रकरणको अनुसन्धान भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले जानकारी दिए ।
००००
नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ समितिमा सदस्यहरुको मनोनयन गरिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार ७१० जनालाई कार्यसमिति सदस्यमा मनोनीत गरेका हुन् । 
देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित तदर्थ समितिमा सदस्यको मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
००००
लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष डा ल्हारक्याल  लामाले आफूले बुद्धको उपदेशबाट एक इन्च दायाँबायाँ नगरेको बताएका छन् ।  आफ्नो जीवन दर्शन र आफूले आर्जन गरेको शिक्षाले त्यो गर्न नमिल्ने उनले दाबी गरे। 
सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले आफूमाथि लगाइने नियोजित र निराधार आरोपहरुको खण्डन कामबाटै गर्ने बताए।
००००
यो साता कारोबारको पहिलो दिन हिजो आइतवार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज परिसूचक सोमवार दोस्रो दिन पनि घटेको छ । सोमबार नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ ।
०००० 
गएरातिदेखि परेको अविरल वर्षाका कारण विभिन्न स्थानमा सठक अवरुद्ध भएका छन् । यस्तै राजधानी काठमाडौँमा समेत डुबानको समस्या देखिएको छ भने कतिपय नदी प्रवाह पनि बढेर खतराको तहमा पुगेका छन् । 

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x