×

विद्यार्थीको पढाइ अलपत्र पार्दै राहत शिक्षकलाई काजमा तानेर मेयरको सचिवालयमा काम

काठमाडाैं | साउन ३२, २०८०

तेह्रथुमको लालीगुराँस नगरपालिकाले शिक्षकलाई काजमा तानेर शाखा प्रमुखको जिम्मेवारी दिएको पाइएको छ ।

एक शिक्षकलाई ६ वर्षदेखि काजमा नगरपालिकामा ल्याएर सामाजिक शाखाको जिम्मेवारी दिइएको हो ।


Advertisment

वसन्त उच्च मावि, वसन्तपुरका निम्नमाध्यमिक तहका अंग्रेजी शिक्षक रामकृष्ण निरौलालाई मेयर अर्जुन माबोहाङले काजमा नगरपालिकामा सरुवा गरेर सामाजिक विकास शाखा प्रमुखको जिम्मेवारी दिएका हुन् ।  


Advertisment

२०७४ र २०७९ दुवै निर्वाचनमा माबोहाङले नै जितेका थिए । मोबोहाङले पहिलोपटक चुनाव जित्नेबित्तिकै निरौलालाई विद्यालयबाट नगरपालिकामा काज सरुवा गरेका थिए ।

चुनावमा खटेबापत निरौलालाई मेयर माबोहाङले प्रोत्साहन गरेको अन्य कर्मचारीहरूको आरोप छ ।

निरौलालाई नगरपालिकामा ल्याए पनि उनको ठाउँमा अर्काे शिक्षक राखिएको छैन । शिक्षक नहुँदा पठन–पाठनमा समस्या भएको विद्यालय प्रशासनले जनाएको छ ।

‘अंग्रेजी पढाउने शिक्षक ६ वर्षदेखि अन्यत्र काजमा हुनुहुन्छ,’ विद्यालय प्रशासनका एक कर्मचारीले भने, ‘पठन–पाठनमा समस्या भएको छ । मेयरसापलाई पनि राम्रो जानकारी छ । तर, उहाँ काज फिर्ता गर्न चाहनुहुन्न ।’

मेयर माबोहाङ नेपाली कांग्रेसका महासमिति सदस्य पनि हुन् । निरौला पनि कांग्रेसनिकट शिक्षक हुन् । निरौलालाई सामाजिक विकास शाखाको जिम्मेवारी दिइए पनि उनले मेयरको सचिवालयको काम गर्ने गरेका छन् ।

अनुदानमा वितरण गर्ने सामग्रीहरूसमेत उनै निरौलाले खरिद गर्ने गरेको आरोप छ । निरौला राहत कोटाका शिक्षक हुन् ।

एक कर्मचारीका अनुसार उनले तलब दुईतिरबाटै लिने गरेका छन् । उनले वसन्त उच्च माध्यमिक विद्यालय र नगरपालिकाबाट तलब लिने गरेका छन् । 

‘उहाँको तलब विद्यालयको खातामा नगरपालिकाले पठाइदिन्छ,’ वसन्त उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक नरेन्द्र काफ्लेले भने, ‘अनि हामी उहाँको खातामा पठाइदिन्छौं ।’ 

यता, नगरपालिकाले पनि ‘इन्सेन्टिभ’ भनेर थप पाँच हजार दिने गरेको पाइएको छ । ‘महालेखाले बेरुजु नलेखोस् भनेर पाँच हजार इन्सेन्टिभका रूपमा दिने गरिएको छ,’ लेखा शाखाका एक कर्मचारीले भने । 

यता मेयर माबोहाङले भने विद्यालयमा विद्यार्थीको संख्या कम भएपछि निरौलालाई काज सरुवा गरेर ल्याएको दाबी गरे । 

‘पहिलो कार्यकालमा हामी निर्वाचित भएर आएलगत्तै धेरै विद्यालयले कक्षा थपको अनुमति मागे,’ उनले भने, ‘नयाँ भएकाले अनुमति दिइहाल्यौं । नयाँ कक्षा थपपछि राम्रो चलिरहेका विद्यालयहरूमा विद्यार्थीको संख्या कम भयो । हामीलाई पनि कर्मचारी अभाव भएकाले काजमा ल्याएका हौं ।’

अब निरौलालाई विद्यालयमै पठाउने मेयर माबोहाङले बताए । 

‘अनुमति थप गरेका विद्यालयहरूमा शिक्षकको तलबदेखि संरचना निर्माणको कामसमेत गर्नु परेकाले अहिले धान्न नसक्ने अवस्थामा पुगेका छौं । अब थप गरिएका कक्षाको अनुमति घटाएर निरौलालाई पुरानै काममा खटाउँछौं,’ उनले भने । 

निरौलालाई मेयर माबोहाङले शिक्षा शाखा हेर्नेगरी ल्याएको भए पनि त्यहाँ दरबन्दी अनुसारका कर्मचारी आएपछि सामाजिक विकास शाखाको जिम्मेवारी दिएका थिए । अहिले उनी शिक्षा शाखामै बसेर कामकाज गर्ने गरेका छन् । सामाजिक तथा सहकारी लगायतका शाखाको काम समेत निरौलाले नै गर्ने गरेको नगरपालिकाले जनाएको छ । 

यो पालिका डेढ वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन छ । 

कर्मचारीहरूको सोच स्थानीय तहलाई लथालिङ्ग पार्ने खालको भएकाले पनि कर्मचारी नटिक्ने गरेको मेयर माबोहाङको आरोप छ ।

पहिलो कार्यकालमा पाँचजना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । पहिलो कार्यकालको अन्तिमदेखि सबिना श्रेष्ठ निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेकी थिइन् । 

यस्तै, गत असारमा राजीव खनाल प्रमुख प्रशासकीय अधिकृत बनेर आएका थिए । एक महिनामै उनको सरुवा भएको थियो  । अहिले श्रेष्ठ नै निमित्त प्रमुख प्रशासकीय अधिकृत छिन् । 

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x