×

NMB BANK
NIC ASIA

पर्यटन मन्त्रीका कामभन्दा विवाद बढी

सिंहदरबारमा सुदन किराँतीका ७ महिना– मातहत निकायसँग झगडा गर्दैमा बित्यो समय

काठमाडाैं | भदौ ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफ्नो कार्यकालको पहिलो ७ महिना मातहतका निकायसँग झगडा गर्दैमा बिताएका छन् । मन्त्रीहरूमध्ये किराँती कमजोर ‘पर्फरमेन्स’ भएको भनेर आलोचित समेत छन् ।

Muktinath Bank

जनमत पार्टीलाई सरकारमा ल्याउने बेला हटाउने भन्ने चर्चाका बीच उनको पद जोगिएको थियो । त्यतिबेला माओवादीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई हटाएर जनमतलाई सरकारमा ल्याएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

३ माघमा मन्त्री नियुक्त भएका किराँतीले पर्यटन मन्त्रालयको नेतृत्व साम्हालेपछि गरेको पहिलो निर्णय खादामाला नलगाउने र त्यसबापतको पैसा कोष बनाएर सामाजिक कल्याणमा लगाउने भन्ने थियो । 


Advertisment
Nabil box
Kumari

उनको यो निर्णयलाई सकारात्मक मानिए पनि त्यसपछिका घोषणा र कामकारवाही भने प्रायः ''स्टन्टबाजी''मै सीमित छन् । 

Vianet communication
Laxmi Bank

मन्त्री किराँतीले वायुसेवा निगमसँग बिफ्रिङ लिने कार्यक्रममा दिएको अभिव्यक्ति निकै मर्मस्पर्सी थियो । किराँतीले निगमको अवस्था देखेर आँसु झार्न बाध्य बनाएको बताएका थिए ।

मन्त्री किराँतीले तत्कालै सुधार गर्ने भनेर अगाडि बढाएका योजनाले अहिलेसम्म गति लिन सकेको छैन । वायुसेवा निगम सुधार गर्न २ महिनाको समय दिएर गठन गरेको अध्ययन समितिले तोकिएको समयमा काम गर्न सकेन । अध्ययन समितिलाई २ महिनाको समय दिएको भए पनि ३ महिना बितिसक्दा समेत समितिले आफ्नो काम सकेको छैन ।

समितिले पाएको ३ महिनाको समय २८ साउनमा सकिएको छ, तर प्रतिवेदन बुझाउने टुंगो छैन । मन्त्री किराँतीले अध्ययन समितिलाई निर्देशन दिन नसकेको र समितिले पनि मन्त्रीले दिएको समयसीमा बेवास्ता गरेको स्थिति छ । सोही कारण न समयमा प्रतिवेदन तयार भयो, न त निगम सुधारको योजना नै अगाडि बढ्यो । त्यसो त नयाँ पर्यटन मन्त्री आएपिच्छे गठन हुने समिति र अध्ययन प्रतिवेदन यत्तिकै थन्किने गरेका छन् ।

मन्त्री किराँती सिम्रिक एयरलाई काभ्रेमा हेलिपोर्ट सञ्चालन गर्न दिने निर्णय गरेर पनि विवादमा आए । मन्त्रीले हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको ऐनविपरित निजी क्षेत्रलाई हेलिकप्टर उडान तथा अवतरण गर्ने विमानस्थल (हेलिपोर्ट) सञ्चालन गर्न दिने निर्णय गरे । मन्त्रीको उक्त निर्णयमा भएको विवाद चरम उत्कर्षमा पुग्यो भने उड्डयन प्राधिकरणले मन्त्रीको निर्णयलाई नै खारेज गरिदियो । 

मन्त्री सञ्चालक समितिको अध्यक्ष हुने प्राधिकरणले निर्णयमा ब्रेक लगाएपछि किराँती क्रुद्ध भए । मन्त्रीले नियामक निकायसँग जोरी खोज्दै ‘अन्टसन्ट’ प्रश्न सोधेरे नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधे ।

मन्त्रीले सोधेको स्पष्टीकरणमा प्राधिकरणका महानिर्देशकले जवाफ नै दिन आवश्यक ठानेनन् । मन्त्रीले पुनः स्पष्टीकरण सोधेर कारवाही किन नगर्ने भन्दै मातहतकै कर्मचारीसँग निहुँ खोज्न मात्रै थाले । काम लिनुपर्ने निकाय र कर्मचारी रिझाएर आफ्नो कामबाटै प्रभावकारिता देखाउनुपर्ने मन्त्री व्यक्तिगत इगो साँध्न थाले  ।

मन्त्री किराँतीले अटेर गर्ने र आफ्नो सीमाभित्र नबस्ने कर्मचारीलाई हटाउने अभिव्यक्ति दिँदै हिँडे, उनी स्वयंलाई ब्याकफायर भयो । प्राधिकरणसँगको विवाद अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पुगेर मात्र थामथुम पारियो । मन्त्रीले थप ‘एक्सन’ नलिने र प्राधिकरणले पनि मन्त्रीले सोधेको स्पष्टीकरण दिने विषयमा सहमति त भयो, तर मन्त्री र प्राधिकरणबीचको तिक्तता भने हटेन ।

मन्त्री किराँतीसँग वायुसेवा निगमको पनि सम्बन्ध भने बन्न सकेन । मन्त्री किराँती आफैं निगममा आफन्त र कार्यकर्ता भर्ती गर्दै बसेका छन् । आर्थिक अवस्था कमजोर भएको निगममा मन्त्री किराँतीले १५० जना कर्मचारी भर्ती गरेका छन् । मन्त्रीले सम्बन्धित काममा अनुभव नभएका तथा निगमलाई आवश्यक नरहेका जनशक्ति भर्ना गरेको भन्दै वायुसेवा निगमका कर्मचारी संगठनले असन्तुष्टि जनाएका छन । निगमका कर्मचारी संगठनले मन्त्रीलाई जथाभावी नियुक्ति नगर्न र निगमको हितविपरीत काम नगर्न समेत आग्रह गर्दै आएका छन् । 

मन्त्री किराँतीले निगमको ग्राउन्डेड जहाज उडानमा पहल नगरेको, निगमको जहाजका लागि मेन्टिनेन्स एन्ड रिपेयर/ओभरहल (एमआरओ)बनाउन जोड नदिएको, १७ जुनदेखि ग्राउन्डेड भएको निगमको अन्तर्राष्ट्रिय उडानको एक न्यारोबडी जहाज सञ्चालनमा नआउँदा यसमा भएको समस्या समाधान गर्न निगमलाई सहजीकरण नगरेको आरोप लागेको छ । 

निगमसँग निहुँ खोजेर बसिरहेका मन्त्री किराँतीले निगमका समस्या समाधानमा जोड नदिएको र आवश्यक पहल नगरेको पनि आरोप लागिरहेको छ । मन्त्रीले समस्या समाधानमा पहल नगरेको भन्दै निगमका कर्मचारी असन्तुष्ट छन् । मन्त्रीले समय नदिएका कारण भेट समेत हुन नसकेको नेवानि कर्मचारी संघका महासचिव हेम लम्सालले बताए ।

नेवानि कर्मचारी संगठनका महासचिव महेश भट्टराई भने निगमले आवश्यक गृहकार्य गरिरहेको र विस्तारै काम भइरहेको बताउँछन् । उनले भने, ‘सबै संस्थानहरूमा समस्या छन्, निगममा पनि नभएको होइन, तर आन्तरिक काम चलिरहेकै छ । समस्याको समाधान गर्दै अगाडि बढ्ने हो ।’

निगमले जहाज किन्दाको ऋणको किस्ता घटाइरहेको छ भने आन्तरिक उडानमा ३ वटा जहाज किन्ने प्रस्ताव पर्यटन मन्त्रालय पठाएको छ । तर, मन्त्रालयबाट उक्त प्रस्ताव अगाडि बढेको भने छैन ।  

३२ साउनमा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवलाई निर्देशनसहितको स्पष्टीकरण सोधेका मन्त्री किराँतीले पर्यटन सुधारका नाममा 'स्टन्टबाजी' मात्र गरेको मन्त्रालयकै एक कर्मचारीले बताए ।

‘कर्मचारी रिझाएर काम लिनुपर्नेमा यत्तिकै चलाएर निहुँ खोज्दै हिँडेकाले कामै नदेखिएको हो । मन्त्रीले कर्मचारी रिझाउन नसक्दा मातहतको निकायले नटेर्ने समस्या बढेको हो,’ उनले भने ।

पर्यटन मन्त्री किराँतीका सञ्चार संयोजक राजन राई भने कामको परिणाम खोजेरै स्पष्टीकरण सोध्ने तथा कर्मचारीहरूलाई अनुशासनमा बाँध्ने काम भएको बताउँछन् ।

‘हामीले कामको परिणाम खोजेर नै मातहतका निकायलाई स्पष्टीकरण सोधेको हो । ती स्पष्टीकरणभन्दा पनि मातहतका कार्यालयलाई आफ्ना गतिविधि र कामबारे स्पष्ट पार भन्न खोजेको हो,’ राईले थपे, ‘वायुसेवा निगमले नयाँ विमान किन्ने तयारी गरेर अगाडि बढ्दै छ । अस्ट्रेलिया उडान गर्ने तयारी छ । नयाँ अन्तर्राष्ट्रिय गन्तव्यमा निगम गइरहेको छ ।’

काम भइरहेको र परिणाम देखिन समय लाग्ने उनको भनाइ छ । मातहतका निकायले मन्त्रीलाई टेर्न छाडेको भन्ने कुरालाई पनि उनले खण्डन गरे ।

‘मन्त्रीलाई मातहतका निकायले नटेरेको भन्ने कुरा साँचो हैन, मन्त्रीले कसैलाई एक सातादेखि कसैलाई वा सो भन्दा बढीको 'होमवर्क' दिएका छन्, सोहीअनुसार काम भइरहेको छ,’ उनले भने ।

निगमको जहाज दुई महिनादेखि थन्किएको विषयमा पनि मन्त्रालयले चासो देखाएको उनले बताए । बाँकी निकायसँग पनि निरन्तर समन्वय र काम भइरहेको उनको जिकिर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x