×

NMB BANK
NIC ASIA

वायुसेवा निगममा बेथितिको चाङ

कमाउने जहाज २ महिनादेखि 'ग्राउन्डेड', कार्यकर्ता पोस्न असम्बन्धित काममा भर्ती

काठमाडाैं | भदौ १०, २०८०

NTC
Premier Steels

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगममा चरम विकृति मौलाएको छ ।

Muktinath Bank

निगमको अन्तर्राष्ट्रिय उडानको एउटा जहाज दुई महिनाभन्दा बढी समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थन्किएको (ग्राउन्डेड) छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इन्जिन बिग्रिएको जहाज मर्मत गरेर उडाउनुको साटो निगम भाडामा इन्जिन ल्याएर कमिसन असुल्नतर्फ केन्द्रित देखिन्छ ।


Advertisment
Nabil box
Kumari

निगमको एन एकेएक्स लुम्बिनी नामको १५८ सिट क्षमताको न्यारोबडी जहाज दुई महिनाभन्दा बढी समय (६८ दिन)देखि इन्जिन बिग्रिएर थन्किएको हो ।

Vianet communication

यसबाट निगमलाई प्रतिघण्टा ८ हजार डलरका दरले घाटा भइरहेको छ । जहाज नियमित उड्दा यसले प्रतिघण्टा ८ हजार डलर कमाउँथ्यो । 

निगमले आकस्मिक अवस्थामा तत्कालै खरिद गर्न सक्ने सुविधा प्रयोग नगर्दा जहाज थन्किएको ३२ दिनपछि मात्रै इन्जिन भाडामा लिन टेन्डर आह्वान गरेको थियो । त्यो पनि अहिलेसम्म आइपुगेको छैन । 

निगमको तालुक निकाय पर्यटन मन्त्रालय र निगमकै नेतृत्व भने रमिते भएर बसेको छ । एकातर्फ जहाज थन्किएर बसेका बेला निगम नेतृत्व भने करारमा कर्मचारी भर्ती गरेर बसिरहेको छ ।

विगतका मन्त्री र कार्यकारी प्रमुखले अधिकारको दुरुपयोग गर्दै कर्मचारी भर्ती गर्ने गलत अभ्यासलाई निगम सुधारको अभियान बोकेर हिँडेका मन्त्रीले समेत निरन्तरता दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग मिलेर निगमलाई आफन्त र कार्यकर्ता भर्ती केन्द्र बनाएका छन् ।

अधिकारीले हालका पर्यटन मन्त्री किराँती बहाल नहुँदै ८६ जनालाई नियुक्त गरिसकेका थिए ।  पूर्वमन्त्रीको दबाबका भरमा उनले मन्त्रीका आफन्त, आसेपासे र कार्यकर्तालाई भर्ती गराएका थिए ।

सोही काम बहालवाला मन्त्री किराँतीलाई रिझाउन पनि भइरहेको छ । मन्त्री किराँती आएपछि उनका ५१ जना आफन्त र कार्यकर्ताले निगममा नियुक्ति पाइसकेका छन् । 

निगम स्रोतका अनुसार मन्त्रालयबाटै र सिधै कार्यकारीले गर्ने नियुक्ति अझै धेरै छ ।

अधिकारीले अहिलेसम्म करीब २ सय जनालाई नियुक्त गरिसकेको स्रोत बताउँछ । हरेक महिना तलब भुक्तानीका लागि मात्रै ती कर्मचारी निगमको लेखा शाखामा पुग्ने गरेको निगमकै कर्मचारी बताउँछन् । 

लोकान्तरलाई प्राप्त तथ्यांकअनुसार अधिकारीले कार्यकारी अध्यक्षको जिम्मेवारी लिएपछि विभिन्न मन्त्रीले दिएको निर्देशनका आधारमा मात्रै १३८ जनालाई निगममा भर्ती गराएको पाइएको छ । 

हेर्नुहोस्, भर्ती गरिएकाहरूको सूची:

null

null

मन्त्री किराँती आफैं वायुसेवा निगम सुधार अभियानमा लागेको भनेर सार्वजनिक स्तरमा बोल्दै आएका छन् ।

वायुसेवा निगमको अवस्था देखेर असह्य भएर रुनु परेको बताउँदै हिँड्ने मन्त्री किराँती आफैं कार्यकर्ता भर्तीकेन्द्र बनाउनमा लिप्त छन् ।

मन्त्री किरातीले ३ माघ २०७९ मा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएको ४ दिनमै ८औं तहका मेन्टिनेन्स इन्जिनियरलाई नियुक्त गरेका थिए ।

९औं तहका सेफ्टी अडिटर र पाइलटसम्म नियुक्त गर्न भ्याएका मन्त्रीले अहिलेसम्म १ देखि ३ तहमा अधिकांश व्यक्ति नियुक्त गरेका छन् ।

निगममा प्रतिस्पर्धाबाट नियुक्त हुनुपर्ने तथा पारदर्शी ढंगबाट काम गर्ने विधि र पद्धतिलाई पन्छाएर उनले गलत अभ्यास अवलम्बन गरेको वायुसेवा निगमकै कर्मचारी बताउँछन् ।

निगमका कर्मचारीले एकातर्फ जहाज २ महिनादेखि थन्काएर राख्ने र अर्कातर्फ मन्त्रीको निर्देशनमा खुरुखुरु असम्बन्धित श्रमिकलाई नियुक्ति दिँदै जाने गरेको विषयमा निगमका कर्मचारीले कार्यकारी प्रमुखको जवाफ मागेका थिए ।

निगमका ४ वटै कर्मचारी युनियनले कार्यकारी प्रमुखको कार्यकक्षमै पुगेर निगमभित्र भइरहेको बेथितिको विषयमा जवाफ माग्दा उनी उठेर हिँडेका थिए ।

त्यसपछि उनी कार्यालय फर्किएका छैनन् । निगम स्रोतका अनुसार अधिकारी बैंकक गएका छन् । उनी आज (आइतबार)मात्रै कार्यालय फर्किँदै छन् । 

बेथितिले निगमलाई नै छोप्न थालेपछि कर्मचारीले ध्यानाकर्षण गराउन खोज्दा नेतृत्वले बेवास्ता गरेको नेपाल वायुसेवा निगम कर्मचारी संघका अध्यक्ष मानबहादुर कुँवरले बताए ।

‘अहिले थन्किएको जहाजको इन्जिन भाडामा ल्याउने नाममा नेतृत्वले २ वटा नयाँ इन्जिन नै खरिद गर्न पुग्ने पैसा खर्च गरिसक्यो,’ कुँवरले भने, ‘पटक-पटक समयमा नै मेन्टिनेन्स एन्ड रिपेयर/ओभर अल (एमआरओ) नबनाउँदा एकपछि अर्को जहाज थन्किने अवस्था छ ।’

यसअघि कतारमा इन्जिन बिग्रिएको जहाजका लागि पनि २ वटा इन्जिन खरिद गर्ने पैसा सिध्याएको भन्दै अहिले अर्को जहाजमा अनावश्यक खर्च गरेर ठूलो क्षति गराउन लागेको कर्मचारीहरूले गुनासो गरे ।

निगम नेतृत्व अक्षम भएकाले तत्काल राजीनामा दिएर सक्षम व्यक्तिलाई बाटो खोल्न उनले आग्रह गरे । 

निगम कर्मचारी युनियनका महासचिव हेम लम्साल पनि २ असारदेखि ग्राउन्डेड भएको जहाज समयमा नै बनाएर उडान गर्न निगम नेतृत्व असक्षम भएको तर्क गर्छन् ।

‘थन्किएको जहाज मर्मत कहिले गर्ने भन्ने कुनै योजना छैन,’ उनले भने, ‘विनायोजना असम्बन्धित कर्मचारी ज्यालादारीमा भर्ती गर्ने विषयमा अब सबै कर्मचारी सचेत हुने बेला आएको छ ।’

निगम आफैं जहाज किन्दा लिएको कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको पैसा तिर्न नसकेर अप्ठ्यारोमा परिसकेको छ । निगमले न कमाउन सकेको छ, न ऋण नै तिर्न सकेको छ । 

निगमले गत आर्थिक वर्ष २०७९/८० मा जसोतसो १ अर्ब ८७ करोड रुपैयाँ जहाज किन्दाको ऋण तिरे पनि अझै २६ अर्ब रुपैयाँ बाँकी नै रहेको कर्मचारी सञ्चय कोषका प्रवक्ता दामोदर सुवेदीले बताए । 

निगमले नागरिक लगानी कोषलाई पनि करीब १८ अर्ब रुपैयाँ ऋणको साँवा र ब्याज तिर्नै बाँकी छ ।

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार निगमले असार मसान्तमा ८३ करोड रुपैयाँ तिरेको भने पनि कोषले पाएको रकम भने २५ करोड रुपैयाँ मात्रै हो ।

निगमले कोषलाई नियमित किस्ता तिर्न नसक्दा ऋणको दायित्व बढिरहेको सिलवालले बताए ।

गत असार मसान्तसम्ममा निगमले नागरिक लगानी कोषलाई मात्रै १७ अर्ब ८३ करोड ९३ लाख रुपैयाँ तिर्नै बाँकी रहेको कोषका सूचना अधिकारी सिलवालले जानकारी दिए ।

हेर्नुहोस्, भर्ती गरिएका कर्मचारीको विवरण:

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x