×

उद्धव थापा : पहिलोपटक २२ र दोस्रोपटक ३८ दिनमा पदमुक्त

विराटनगर | भदौ २१, २०८०

फाइल फोटो

कोशी प्रदेशका सभाध्यक्षलाई हस्ताक्षर गराउने निर्णय अन्ततः सत्ता गठबन्धनका लागि प्रत्युत्पादक बनेको छ ।

गत साउन १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई सर्वाेच्च अदालतले पदमुक्त गरेको छ ।


Advertisment

थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।


Advertisment

मुख्यमन्त्री थापालाई विश्वासको लिने मिति ताकेर उपसभामुख सिर्जना दनुवार बिरामी बिदामा बसेकी थिइन् ।

उपसभामुख दनुवार विश्वासको मत लिने दिन अर्थात भदौ ४ गते कांग्रेसका इस्राइल मन्सुरीलाई सभाको जिम्मा दिँदै बिरामी बिदामा बसेपछि मुख्यमन्त्री थापाले विश्वासको मत लिएका थिए ।

थापालाई सर्वाेच्च अदालतले ३८ दिनमा पदमुक्त गरिदिएको छ । यसअघि उनी पहिलोपटक २१ असारमा प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा कहिल्यै नहारेका मुख्यमन्त्री थापाका लागि मुख्यमन्त्री पद भने फलदायी बन्न सकेन ।

विश्वासको मतमै झमेला परेपछि उनी दोस्रो पटक पनि मुख्यमन्त्रीबाट पदमुक्त बनेका हुन् ।

पहिलोपटक २२ दिनमै मुख्यमन्त्रीबाट पदमुक्त बनेका उनी दोस्रोपटक भने ३८ दिनसम्म पदमा आसीन भए ।​

पहिलोपटक असार २७ मा सर्वाेच्च अदालतले दीर्घकालीन कुनै काम नगर्न आदेश दिएपछि थापा नेतृत्वको सरकार कामचलाउ बन्न पुगेको थियो ।

दोस्रोपटक सार्वोच्चले भदौ ७ गते अन्तरिम आदेश दिँदै विश्वासको मत लिने प्रक्रिया त्रुटीपूर्ण रहेको भन्दै कामचलाउको हैसियतमा सीमित गरिदिएको थियो ।

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

कहाँ हरायो कांग्रेस महासमितिको निर्णय ?

जेठ ३१, २०८१

अढाइ वर्षअघि नेपाली कांग्रेसको १४औं महाधिवेशन नेतृत्व मात्र चयन गरी ६ महिनाभित्र नीति महाधिवेशन आयोजना गर्ने र आवश्यक निर्णय लिने निष्कर्षमा पुगेको थियो । तत्पश्चात् निकै लामो समय पार्टीभित्र र बाहिर नीति महाधिवे...

x