भदौ ३१, २०८०
बाह्रखरी मिडिया प्रालिले 'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'मा सहभागिताका लागि कथाकारहरूलाई आह्वान गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रालिले आगामी असोज मसान्...
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन थिएन । जति नै टाढा भए पनि पैदल नै हिँड्नुपर्ने हुन्थ्यो । तथापि सानीमाको न्यास्रोले गर्दा त्यसलाई पनि केही झैँ मानेन र घरबाट हिँडेको चौथो दिन घाम अस्ताउने बेला पुगेको थियो ऊ ।
भाइ बुद्धि र विवेक आँगनमा खेल्दै रहेछन् । सानीमा भने भैँसीलाई घाँस कुडो गर्दै थिइन् । बाहिनी कता थिई कुन्नि थाहा पाएन । सानाबा गाईबस्तु लिएर फर्कँदै थिए धुलाम्ये बनेर । हिउँदको महिना तराईको धुलो किन खपिसाध्ये हुन्थ्यो र । शुरूमा त झण्डै नचिनेको उनले आफ्नै सानाबालाई । कृषकलाई कृषि नै प्यारो, जति नै धुलो र हिलो भए पनि । त्यसैमा सुत्छन्, त्यसैमा उठ्छन् । त्यही ओड्छन्, त्यही ओछ्याउँछन् । यसमा उसका सानाबा सानीमा मात्र अपवादमा पर्ने कुरै थिएन ।
गोपाललाई देख्नेबित्तिकै सानीमाले आश्चर्य मान्दै भनिन्–
‘ए लौ ! यो त एक्लै आ’को र’च । कुनै साथै नखोज्या ? कसैलाई भन्या’भा हुन्थ्यो नि ! कि भागेर हिँड्या हो ?’
‘खोइ, भन्या भा’ त हुन्थ्यो । किन दुःख दिनु भन्या नि !’ छोटो उत्तर थियो उसको ।
‘भोक लाग्या होला, पख है एकघान मकै भुट्छु,’ सानीमाले माया पोखिन् ।
‘भो पर्दैन, भातै खाने बेला हुन लाग्या’ होइन र ? किन दुःख गर्नुहुन्छ ।’
रात पर्न लागेकोले दुःख दिन चाहेन उसले । एकैछिनमा गाईबस्तु बाँधेर सानाबा पनि थपिन आए ऊ बसेको खाटमा ।
‘ए ऽ यो त मापाको र’ च । त्यति टाडा’ र एक्लै आ’को ?’ सानाबाको पहिलो वाक्य थियो यो ।
‘ही ही ।’ ङिच्च दाँतमात्र देखायो उसले ।
सानाबा भतिज गफिन लागे, सानीमा खाना पकाउन भन्छातिर छिरिन् । एकैछिनमा खाना तयार भएको खबर आयो । खानामा मकैको ढिँडो र मुसुरोका दाल रहेछ । साथमा थियो गुन्द्रुकको अचार ।
भान्छा कोठा भने अनौठो लाग्यो उसलाई । गाउँमा चुलो र मझेरी हुन्थे भान्छामा । कर्म चलेकाले चुलोमा खान्थे नचलेकाले मझेरीमा । कर्म नचलेकाले भान्छा छुनुहुँदैन भन्ने मान्यता थियो । उनीहरूले छुन खोजे छुइछुई भन्दै चुलाको डिलमा आगोको कोइला राखिदिन्थे आमाहरू, तर त्यहाँ त्यस्तो थिएन । कर्म चलेका र नचलेका सबैले एउटै हारमा बसेर खान्थे । शुरूमा त कम्ती आश्चर्य लागेको थिएन उसलाई । तथापि मुखले भने केही भनेन ।
खाना खाएर सबै सुते भित्रबाहिर गरी । भोलिपल्ट बिहानै सानाबा कामतिर लागे । उसले भने खाट छाडेन । सानीमाले खाना पाक्यो भनेपछि मात्र उठ्यो र नजिकैको हाते कलबाट पानी तानेर मुख धोयो । त्यतिबेलासम्म सानाबा पनि आइसकेका थिए । सँगै बसेर खाना खाए उनीहरूले ।
तेस्रो दिन सानाबाले घुम्न लाने विचार गरेका थिए, तर बिहानैदेखि चर्को घाम घाम लागेकाले निस्कने आँट गरेन उसले । त्यसैले दिनभर घरै बसी घाम अस्ताउने बेलातिर गैँडा देखाउन लगे सानाबाले ।
उनको घरनजिक सानो नदी थियो । राप्ती नदीको शाखा होला सायद । उनीहरू इतर्नी नदी भन्थे त्यसलाई । नदी तरेर छोटो दूरीको जङ्गल पार गरेपछि राप्तीको किनारमा पुगिन्थ्यो, जहाँ गैँडाहरू साँझपरख पानी खान आउने गर्दा रहेछन् । नजिकै सानो रुखमा चढेर गैँडाको पर्खाइमा बसे उनीहरू । निकैबेर बस्दा पनि एउटै गैँडा नदेखेपछि गोपालले भन्यो–
‘ह्याँ थुपै्र गैँडा हुन्चन् भन्नु’ भा होइन खै त ?’
राम्रोसित वाक्य पूरा हुन नपाउँदै सानाबाले हातले चुप लाग्न सङ्केत गर्दै तल हेर्न इसारा गरे । उसले तलतिर आँखा के लागाएको थियो बाफरेबाफ ! एक हुल गैँडा रुखकै फेदमा आएर माथितिर हेर्दैै रहेछन् । त्यसपछि त के चाहियो र । कालोनीलो मात्र भएन सासै जालाजस्तो भयो उसको । जति बढी बिस्तारै सास फेर्न खोज्थ्यो मुटुको धड्कन त्यति नै बढेर आउँथ्यो । एकै छिनमा खोलाकिनार गैँडाले भरिए तर कसैले पनि धर्म छाडेनन् । अन्यथा उनीहरूलाई मात्र होइन उनीहरू बसेकै रुखलाई नै धुलो चटाउने थिए ।
गैँडाहरू पानी खाएर बाटो लागेपछि उनीहरू घरतिर दौडिए । साससमेत घरमा पुगेर मात्र फेरे होलान् सायद । यस्तैयस्तै अनुभव सँगाली घरफक्र्यो ऊ केही दिन बसेर । फर्कँदा नुन लिएर आउनु भनेकी थिइन् आमाले । त्यसैले बेनीघाट आइपुगेपछि एकपाथी नुन लिएर हिँडेको थियो ऊ । दर्बुङघाट तरेपछि उकालो चडेर मैदी सातदोबाटोहुँदै आउन पनि सकिन्थ्यो, बुढीगण्डकीको किनारैकिनार हिँडेर चैनपुरको उकालो हुँदै जान पनि सकिने अवस्था थियो, तर ऊ थियो अल्छी प्राणी । उकालो भनेपछि मरेतुल्य । त्यसैले बुढीगण्डकीको किनारको बाटो समात्यो उसले ।
जब चैनपुरको उकालो चड्नुपर्ने ठाउँ पुग्यो तब भने ठूलै आपत पर्यो उसलाई । यत्तिकैमा एउटा कुलो देख्यो नजिकै कतै । सायद चैनपुरको खोचबाट पानी ल्याउन बनाएका होलान् गाउँलेहरूले । कुलो देख्नासाथ गद्गद् हुँदै त्यसैबाट तेर्सिएको थियो ऊ । निकै पर पुगेपछि गाउँ सकियो तर कुलो भने सकिएको थिएन । निकै पर पुगेपछि अर्को आपत आइलाग्यो । किनकि भीरको बीचमा कुलो भत्केकाले डुड हालेर पानी ल्याइएको रहेछ ।
डुँड लामै थियो त्यसमाथि पुरानो तर ऊ थियो मूर्खको राजा । जे त पर्ला भन्दै डुँडबाटै अघि बढ्ने विचार गर्यो । कदाचित डुड भाँचिएमा एकैचोटी सयौँ फिट तल बुढीगण्डकीको किनारमा बजारिन पुग्थ्यो । बीचतिर पुगेपछि रिगाँटा लागेकाले उभिएर हिँड्न सकेन र घुँडाले घिस्रिन लाग्यो । पहिले नुनको झोला साथ्र्यो अनि आफू अगाडि बढ्थ्यो । एवंरीतले घिस्रिएर डुड पार गर्यो । धन्य यतिबेला पनि भाग्यले साथ दिएकाले केही भएन ।
डुँडको यात्रा सकेर अगाडि बढ्यो । निकै पर पुगेपछि कुलो त सकियो तर त्यताबाट निस्कने बाटो भने थिएन । कडा पहरो फोडेर कुलो काटिएको रहेछ, जहाँबाट पास हुनु कल्पना बाहिरको कुरा थियो । निकै पर आँखुबेशीको किनार देखिएको त थियो तर त्यहाँसम्म पुग्न ठूला र अग्ला चट्टानबाट ओर्लेर जानुपर्ने हुन्थ्यो । अलिकति तलमाथि पर्नेबित्तिकै अवस्था के हुन्थ्यो विधाता नै जानून् । अब भने ठूलै धर्मसङ्कटमा पर्यो ऊ । न फर्कन सक्थ्यो न अघि बढ्न नै । तैपनि ‘मरता क्या नही करता’ भनेजस्तो जसरी पनि ओर्लनै पर्ने अवस्था थियो । त्यसलै जे त पर्ला भन्दै चट्टा नै टेक्ने र समाउने गर्र्दै ओर्लन लाग्यो ।
धन्य यहाँ पनि भाग्यले साथ दिएकाले केही भएन । अन्यथा इहलीला त्यहीँ समाप्त हुने निश्चित प्रायः थियो । दिउसै रात परेको भान हुने अनकन्टार ठाउँमा न देख्ने कोही थिए न खबर दिने नै । घरपरिवार वषौँसम्म बाटो हेरेर बस्थे होलान् र समय पुगेपछि किरियाकर्म गरिदिन्थे होलान् सायद । जे होस् ऊ सकुशल ओल्र्यो र आँखुबेसी हुँदै नेत्रावती तरेर घर लाग्यो । यसरी सानीमा भेट्न गएको गोपाल तीनवटा खड्गो पार गरी घर छाडेको बाह्रौँ दिनको साँझ घर पुग्यो ।
त्यस दिनदेखि उसले काल नआई मरिन्न र भाग्यभन्दा बढी पाइन्न भन्ने बूढापाकाको कुरामा थप विश्वास गर्न थाल्यो ।
बाह्रखरी मिडिया प्रालिले 'पाँचौं बाह्रखरी कथा प्रतियोगिता'मा सहभागिताका लागि कथाकारहरूलाई आह्वान गरेको छ । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रालिले आगामी असोज मसान्...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
जीवन त्यस्तो चमत्कार हो, जो आफैँमा शून्य छ, शून्यमा विचरण गर्छ । ऊ शून्य पनि हो अनि शून्यकै खेल पनि हो । शून्यबाटै उठ्छ, शून्यमै खेल्छ र शून्यमै हराउँछ । हराउँछ भन्नुको अर्थ बिलाउँछ भन्ने होइन । त्यसैले त पुनः उठ्छ ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...