१० साउन २०८३, आइतबार

कविता– को हो त्यो कानूनमा अधिकार माग्ने शिक्षक ?

-रामप्रसाद घिमिरे
असोज ३, २०८०
काठमाडौं
कविता– को हो त्यो कानूनमा अधिकार माग्ने शिक्षक ?

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ ।

त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ ।

त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौंको जीवन बचाइरहेका छौ ।

त्यो शिक्षकले पढायो, इन्जिनियर बन्न सिकायो र त आज भौतिक विकासमा रमाइरहेका छौ ।

त्यो शिक्षकले पढायो, पाइलट बन्न सिकायो र त आज हावामा विमान उडाइरहेका छौ ।

त्यो शिक्षकले पढायो, समाजसेवी बन्न सिकायो र त आज दिन दुःखीको सेवा गरिरहेका छौ ।

को हो त्यो कानूनमा अधिकार माग्ने शिक्षक ? 

त्यो शिक्षकले पढायो, चालक बन्न सिकायो र त आज सवारीसाधन चलाइरहेका छौ ।

त्यो शिक्षकले पढायो, स्वावलम्बी बन्न सिकायो र त आज व्यवसाय गरिरहेका छौ ।

त्यो शिक्षकले पढायो, कानून बुझायो र त आज न्यायाधीश बनिरहेका छौ ।

त्यो शिक्षकले पढायो, कानून बुझायो र त आज कानुन व्यवसायी बनिरहेका छौ ।

त्यो शिक्षकले पढायो, असल नागरिक बन्नुपर्ने सपना देखायो र त आज समाजको नमुना बनिरहेका छौ ।

....त्यही शिक्षकले पढायो, सिकायो र त धेरै बनिरहेका छौ 

अनि त्यही शिक्षकलाई अधिकार माग्ने बनाउने ? 

मेरो देश, कक्षाकोठामा विद्यार्थीलाई शिक्षा दिनुपर्ने शिक्षक आज ५२ वर्षपछि बन्नलागेको कानुनमा अधिकार खोज्दै पठनपाठन रोकेर सडकमा छन् । यो अवस्थामा पुर्याउने राज्यको दोष होइन, यसमा शिक्षकको के दोष छ ?

(घिमिरे बागलुङको बडिगाड गाउँपालिकामा रहेको थानापति आधारभूत विद्यालयका शिक्षक हुन् ।)
 

salt training

कमेन्ट गर्नुहोस्