२५ जेठ २०८३, सोमबार

कमल रिजालको उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट’ बजारमा

कात्तिक १३, २०८०
काठमाडौं
कमल रिजालको उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट’ बजारमा

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई साहित्य पोस्ट नेपालले प्रकाशित गरेको हो । 

विगत पाँच हजार वर्षदेखि पाँच सय वर्षसम्मका गतिविधि केलाउने प्रयास भएको यस उपन्यासको हिन्दी संस्करण भने २०७४ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशित गरेको थियो ।  

मधुपर्क मासिक र गोरखापत्र दैनिकका प्रधान सम्पादक रहिसकेका कमल रिजालको चर्चित उपन्यासको अंग्रेजी संस्करण प्रकाशित गर्न पाउनु गौरवको विषय भएको प्रकाशक साहित्य पोस्टका प्रधान सम्पादक अश्विनी कोइराला बताउँछन् । 

अनुवादक महेश पौड्यालका अनुसार साहित्यकारहरू प्रायः प्रसङ्गअनुसार विम्ब प्रयोग गर्छन् तर यो उपन्यास भने आफैँमा बिम्ब हो, विम्बात्मक छ,  बिम्बात्मक अवस्थामा रहेको छ । नेपालमा क्रमशः अंग्रेजीभाषी पाठक पनि बढ्दै गएकाले तिनैलाई लक्षित गरी अंग्रेजी संस्करण प्रकाशित गराउने रहर जागेको लेखक रिजालको भनाइ छ । 

लेखक रिजालका अनुसार उपन्यासले वैदिक वैज्ञानिक र विज्ञानले देखाएको मार्ग अनुसरण गर्दै ग्रहहरूका गति, अवस्थितिलगायत समग्र खगोल भूगोलको स्वरूप र विशेषता केलाउने प्रयास गरेको छ । यस क्रममा उपन्यासले आधुनिक विज्ञानले आगामी पाँच सय वर्षमा खासगरी विज्ञान प्रविधि र अन्तरिक्ष विज्ञानको क्षेत्रमा के–कस्तो फड्को मार्न सक्ला भन्नेबारेमा आकलन गर्ने प्रयास गरेको छ ।  

 
 

salt training

कमेन्ट गर्नुहोस्