२२ असार २०८३, सोमबार

अज्ञात समूहको आक्रमणवाट पत्रकार भावना विद्रोही गम्भीर घाइते

कात्तिक २०, २०७४
अज्ञात समूहको आक्रमणवाट पत्रकार भावना विद्रोही गम्भीर घाइते
काठमाडौं ५ असोज– अज्ञात समूहको आक्रमणवाट पत्रकार भावना विद्रोही गम्भीर घाइते भएकी छिन् । नयाँ बिद्रोह साप्ताहिककी प्रकाशक÷सम्पादक रहेकी बिद्रोहीलाई बुधवार राती साढे ११ बजे बागबजारमा आक्रमण भएको हो ।

आक्रमणबाट घाइते बनेकी भावनालाई प्रहरीले उपचारका लागि वीर अस्पताल पुराएको थियो । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारीले समाचारको बिषयलाई लिएर उनीमाथि आक्रमण भएको हुनसक्ने बताए ।

आक्रमणकारी मध्येका एकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले लोकान्तरलाई जानकारी दिए ।
गत भदौ महिनामा भएको नेपाल पत्रकार महासंघको महाधिवेशनमा बिद्रोही सभापतिमा उठेकी थिइन् । उनी नेपाल सर्वहारा पार्टीकी अध्यक्ष समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्