३१ असार २०८३, बुधबार
प्रचण्ड र ओलीको भेट

चीनबाट फर्केपछि एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्रीको छलफल

असोज १४, २०८०
काठमाडौं
चीनबाट फर्केपछि एमाले अध्यक्ष ओलीसँग प्रधानमन्त्रीको छलफल
फाइल तस्वीर

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । चीन भ्रमणबाट फर्केको भोलिपल्ट प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । 

प्रधानमन्त्री प्रचण्ड चीन भ्रमणबाट शनिबार मात्रै स्वदेश फर्किएका थिए । उनी भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए । त्यहीबाट उनी चीन भ्रमणमा गएका थिए ।

प्रतिनिधि सभा बैठक सञ्चालनका विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार भेटवार्ता अहिले चलिरहेको छ । 

आज प्रतिनिधि सभाको बैठक बस्दैछ । सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन नभएको भन्दै एमालेले संसद सञ्चालनमा असहयोग गर्ने बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्