×

NMB BANK
NIC ASIA

दशैँमा पनि छैन व्यापार

‘न्युरोड–असन’को दशैँ बजारः बाहिर चहलपहल, पसलमा छैन व्यापार [भिडियो रिपोर्ट]

काठमाडाैं | कात्तिक १, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालीको प्रमुख चाड बडादशैँ शुरू भइसक्दा काठमाडौंको न्युरोड र असन आसपासका क्षेत्रमा निकै चहलपहल देखिन्छ । बाहिर सडकमा सर्वसाधारणको बाक्लो भीड देखिए पनि भित्र पसलमा भने खासै देखिँदैन । पसलमा खरिद गर्ने सर्वसाधारणको उपस्थिति प्रायः न्यून देखिन्छ ।

Muktinath Bank

null 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

धरहराको पछाडिपट्टी न्युरोड छिर्ने गल्लीमा पञ्चायतकालदेखि फेन्सी पसल चलाएर बसेका शंकर महर्जनले ४० वर्ष यता यस्तो मन्दी पहिले कहिल्यै नदेखेको बताए । ‘अहिले त १०० जना मानिस पसलमा छिर्दा जम्मा पाँच जनाले मात्र कपडा किन्ने गरेका छन्,’ उनले भने ।  


Advertisment
Nabil box
Kumari

उनका अनुसार व्यापार नहुनुमा मुख्य दोष सहकारीको रहेको छ । ‘मैले घर भाडा तिर्न भनेर सहकारीमा जम्मा गरेको रकम नै दिएन । सहकारीको यस्तै बदमासीले अहिले यस्तो स्थिति आएको हो,’ उनले भने ।

Vianet communication
Laxmi Bank

धेरैको रकम सहकारीले खाइदिएकोले सर्वसाधारणसँग यसपाली पैसा नभएको उनले आरोप लगाए । ‘अनि दशँैमा हाम्रो व्यापार कसरी राम्रो हुन्छ ?’ उनले प्रतिप्रश्न गर्दै भने ।

null 

पैसा खाँदा पनि सरकारले सहकारीलाई कडा कारबाही नगरेकोप्रति महर्जनले आक्रोश पाखे । ’सरकार कर लिन मात्र अग्रसर हुन्छ तर यिनीहरूलाई कारबाही गर्दैन,’ उनले आक्रोशित हुँदै भने । 

न्युरोड क्षेत्रमै कपडा पसल गर्दै आएका भुषण गुप्ताको दुःखेसो पनि उस्तै छ । ‘हाम्रो त ७५ प्रतिशत व्यापार डाउन छ,’ उनले भने, ‘देखिन त मान्छेको भीड देखिन्छ । पसल पनि भरिभराउ हुन्छ । तर मान्छेसँग पर्याप्त पैसा नभएकाले किन्न डराउँछन् । ५ जना मान्छे आउनुहुन्छ, एउटा कुर्ती किनेर जानुहुन्छ ।’

null

सहकारीकै कारण यस्तो अवस्था आएको गुप्ताले पनि आरोप लगाए । 

त्यस्तै बानेश्वरकी सञ्जु थापामगरको कुरा पनि गुप्तासँग मिल्दाजुल्दो थियो । आर्थिक मन्दीलाई मध्यनजर गर्दै यो वर्ष खाली बच्चाहरूका लागि कपडा किन्न आएको बताइन् ।

null

श्रीमान् म्यानपावर कम्पनीमा काम गर्ने भए पनि कोरोनाकालदेखि नै उनको कमाइ राम्रो नभएको उनको भनाइ छ । दशैँको समयमा पनि कम्पनीले आर्थिक मन्दी छ भनेर बोनस तथा थप सेवा सुविधा केही नदिएको उनले गुनासो गरिन् ।

‘यसपालि दशैँ मनाउन धेरै गाह्रो छ । ऋण–धन गरेरै भए पनि बच्चाहरूका लागि दशैँ त मनाउनै पर्यो,’ उनले भनिन् । 

सञ्जु किन्न आएका पसलका साहु मबिन गुरुङले भने पहिलेको दशैँमा एकै व्यक्तिले धेरै कपडा किन्ने गरेकोमा यसपालि छिट–फुट खुद्रा व्यापार मात्र भइरहेको बताए । ‘इन्द्रचोक, न्युरोडजस्तो व्यस्त क्षेत्रमा पनि यो पटक चहल–पहल नै छैन,’ उनले भने ।

nullnullnullnullnullnull
हेरौं भिडियो रिपोर्टः 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x