२१ जेठ २०८३, बिहीबार

विराटनगरको सुनचाँदी पसलमा प्रहरीको छापा, ४० केजी चाँदीसहित सञ्चालक पक्राउ

कात्तिक १६, २०८०
विराटनगर
विराटनगरको सुनचाँदी पसलमा प्रहरीको छापा, ४० केजी चाँदीसहित सञ्चालक पक्राउ

विराटनगरस्थित पशुपति सुनचाँदी पसलका सञ्चालक विश्वजीत जाना ४० केजी चाँदीसहित पक्राउ परेका छन् ।

उनलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी र विराटनगर भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले विराटनगर ११ पिचरास्थित पसलबाटै पक्राउ गरेको हो ।

उक्त पसलमा छापा हानेर तस्करीको चाँदीसहित उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका विश्वजीत जाना

विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बरामद गरेको चाँदीका गरगहना अहिले भन्सार कार्यालयमा राखिएको बताए ।  ‘बरामद गरिएको चाँदी तौलिनका लागि सुनचाँदी व्यवसायी संघका प्रतिनिधि पर्खिरहेका छौं,’ उनले भने ।

चाँदीको एकिन परिमाण भने तौलिएपछि मात्रै थाहा हुने उनले बताए । बरामद गरिएको चाँदीको बिलबिजक नभेटिएको उनले बताए ।

पक्राउ परेका जाना भारतीय नागरिक हुन् ।

salt training

कमेन्ट गर्नुहोस्