×

राउण्ड अप

सरसर्ती २४ घण्टा : अब पीडितको मञ्जुरीमा मात्रै आममाफी, बजारमा पठाइयो चिनी

काठमाडाैं | कात्तिक १७, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आममाफीको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि रिगल भनिने योगराज ढकाल पक्राउ परेका छन् । सर्वोच्चको आदेशलगत्तै बिहीवार अपराह्न ढकाललाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले जानकारी दिए । 

सर्वोच्च अदालतको पूर्ण इजलासलाई रिगललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बिहीवार नै बदर गरिदिएको थियो ।
यसैबीच कैदीको कैद कम गर्न वा मिनाहा गर्नका लागि सरकारले पीडितको मञ्जुरी लिनुपर्ने भएको छ । कानूननद्वारा निर्धारित प्रतिशतको सीमा बन्देजका अतिरिक्त पीडितको हक संरक्षित रहने गरी निजको मञ्जुरी समेत लिई आममाफी दिनुपर्ने फैसला सर्वोच्चले गरेको हो ।


Advertisment

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगललाई आममाफी दिने राष्ट्रपतिको निर्णय बदर गर्दै सर्वोच्चले यस्तो निर्णय लिनुअघि पीडितको मञ्जुरी अनिवार्य हुने फैसला सुनाएको हो । यससँगै भारती शेर्पालाई न्याय मिलेको छ भने उनले अनसन पनि तोडेकी छन् ।
००००
तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो ।


Advertisment

बिहीबार गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले  जानकारी दिए । शुक्रबार काठमाडौँका भित्रि सहरका पसलमा थप छ सय बोरा चिनी पठाइने उनले जानकारी दिए। यसले तिहारको समयमा बढ्दो चिनीको अभाव पूर्ति हुने विश्वास लिइएको छ ।
००००
जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक (एडीबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो आयोजनाको क्षमता कुल ६ सय ३५ मेगावाट रहेको छ ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडीबीका महानिर्देशक रमेश सुब्रमण्यम  र एडीबी नेपाल आवासीय नियोगका निर्देशक आर्नोड कुश्वा सम्मिलित टोलीले आयोजनाको स्थलगत निरीक्षण गरेको छ ।
००००
संसद्मा प्रतिनिधित्व गर्ने दलहरू बजेट अधिवेशनको सात महिनामा कुनै प्रभावकारी काम नभएको साझा बुझाइमा देखिएका छन् । 
बजेट अधिवेशन सकिने दिन संसद्मा समय लिएर बोल्दै सत्तापक्षले सरकारको बचाउ गर्दा प्रतिपक्षी भने आक्रामक रूपमा प्रस्तुत भएका छन् । तर, दुवै पक्ष सात महिनामा संसद्मा गर्नुपर्ने जति काम नभएकोमा भने समान मतमा देखिए । 

सात महिनामा मिटरब्याजसम्बन्धी विधेयक पारित गर्नुबाहेक अरू महत्त्वपूर्ण मुद्दालाई कानून बनाएर अगाडि बढ्न नसकेपछि संसद्का समय र यसमा खर्च भएको धनराशीलाई लिएर सांसद नै आलोचनामा उत्रिएका हुन् । यसैबीच संसद अधिवेशन गएरातिदेखि सम्पन्न भएको छ । 
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संघीय, प्रदेश र स्थानीय सरकारको नाममा २२ बुँदे परिपत्र जारी गरेको छ ।
मुलुकको सीमित स्रोत र साधनको अधिकतम परिचालन गरी उच्च नतिजा हासिल गर्न योजना छनोट, प्राथमिकीकरण तथा वर्गीकरण र बजेट तर्जुमाको कार्य वस्तुनिष्ठ, वैज्ञानिक र यथार्थपरक बनाउन तथा बजेट कार्यान्वयनको क्रममा गरिने सार्वजनिक खरिदको कार्य पारदर्शी, प्रतिस्पर्धी र गुणस्तरीय बनाउन अख्तियारले परिपत्र जारी गरेको हो ।
००००
एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा कहिल्यै नदेखिएको अराजकता देखिएको आरोप लगाएका छन् । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले देशमा राजनीतिक अस्थिरता मच्चाएको आरोप लगाएका हुन् ।
००००
गृह मन्त्रालयले मापदण्डअनुसार अवधि पुगेका र सरुवा मागेकामध्ये मातहतका ४० जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ।
राजपत्राङ्कित द्वितीय श्रेणीका ४० जनालाई बिहीवार प्रमुख जिल्ला अधिकारी र विभिन्न महाशाखामा जिम्मेवारी तोकिएको हो ।
००००
विराटनगर ११ मा रहेको  पशुपति ज्वलर्सबाट बरामद गरेको चाँदीमा सुन समेत रहेको खुलेको छ । 
चाँदी तौलिने क्रममा १३ तोला भन्दा केही बढी सुन (१५३.८ ग्राम) समेत भेटिएको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए । यसैगरी चाँदी ९९ किलो ९९४.५ ग्राम रहेको पुष्टि भएको छ ।
००००
अमेरिकाको भ्रमणमा रहेका परराष्ट्रमन्त्री एन पी साउदले एमसिसि परियोजना समयमा नै सम्पन्न गरिने बताएका छन् । 
बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र मिलेनियम च्यालेञ्ज कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत एलिस अल्ब्राईटबीच वाशिङ्टन डिसीमा भएको भेटमा मन्त्री साउदले  निर्धारित समयमा नै परियोजना पूरा हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । 
एमसिसी परियोजना पाँच वर्षमा नै सम्पन्न गर्ने विषयमा एमसिसीका अधिकारीसँग छलफल भएको वाशिङ्टनस्थित नेपाली दूतावासले जनाएको छ ।
००००
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयमा मंगलबार भएको घटनामा संलग्न व्यक्ति पक्राउ परेका छन् । 
पक्राउ पर्नेमा उदयपुर घर भएका युवा संघका कार्यकर्ता दीपेन्द्र घिसिङ रहेका छन् । उनलाई बिहीबार राजधानीको गौरीघाट क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । 
००००
सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्यको शुरुवात गरेको छ ।
मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहको उपस्थितिमा धनुषास्थित नेपाल–भारत दशगजामा रहेको सीमा स्तम्भबाट मर्मत कार्यको शुरुवात गरिएको एपीएफले जनाएको छ ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको आर्थिक संकट समाधान हुँदै अर्थतन्त्रले नयाँ गति लिएको बताएका छन् ।
बिहीवार बुटवलस्थित सिद्धार्थ महिला तथा बाल अस्पतालको वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्रीले प्रचण्डले देश आर्थिकरूपमा दबाबमा भए पनि आफूले सरकारको नेतृत्व गर्दाजस्तो अप्ठ्यारो अहिले नभएको बताएका हुन् ।
००००
टी(ट्वान्ट्वी विश्वकपमा छनोटका लागि निर्णायक खेलमा नेपालले यूएईको सामना गर्ने भएको छ ।
ओमानसँग ५ रनले पराजित भएपछि नेपाल र यूएईको भेट पक्का भएको हो । खेल मूलपानी मैदानमा हुनेछ ।

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x