×

सरसर्ती २४ घण्टा

जाजरकोट भूकम्पका ४३९ परकम्प, ४ म्याग्निच्युडमाथिका १० वटा धक्का

काठमाडाैं | कात्तिक २१, २०८०

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि साना ठूला गरी ४३९ वटा परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार बिहानसम्म सो संख्यामा परकम्प गएको हो । अधिकांश परकम्पको केन्द्र शुक्रबार ६.४ म्याग्निच्युडको भूकम्प गएको रामीडाँडा आसपास नै भएको बताइएको छ । 

शुक्रबारको भूकम्पसँगै जाजरकोटमा ४ म्याग्निच्यूड वा सो भन्दा माथिका १० वटा धक्का गएको छ । सोमबार पनि जाजरकोटमा ४.५ र ५.८ म्याग्निच्युडका दुई वटा परकम्प गएका थिए । सो परकम्पका कारण १३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ । निरन्तर भूकम्पको धक्काका कारण सो क्षेत्रमा त्रासको अवस्था छ ।
००००
गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा शुक्रबार जाजरकोटको बारेकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट हालसम्म १५३ जनाको मृत्यु भएको उल्लेख छ । यस पूर्व सो घटनाबाट मृत्यु भएको सङ्ख्या १५७ उल्लेख भएकोमा ४ जनाको दोहोरो विवरण परेकोले सो सङ्ख्या हटाइएको उनले बताए । 


Advertisment

सो घटनामा घाइते भएका ३७५ जनामध्ये रुकुम पश्चिममा ५, जाजरकोटमा ३, बाँकेमा ४२, सुर्खेतमा १७ र काठमाडौँमा ९ गरी कुल ७६ जना उपचाररत छन् । यस्तै बाँकी २९९ जना घाइतेहरू भने उपचारपश्चात् घर फर्किएको मन्त्रालयले जनाएको छ ।  


Advertisment

मन्त्रालयले क्षतिको विवरण मूल्याङ्कनका लागि  टोली गाउँ गाउँमा खटाइएको भन्दै यसबारे यकिन विवरण प्राप्त हुने क्रम जारी रहेको जनाएको छ । 

 हाल स्थानीय जनप्रतिनिधि तथा सुरक्षा निकायबाट सङ्कलन भएको प्रारम्भिक तथ्याङ्कका आधारमा राहत सामाग्री वितरण भइरहेको मन्त्रालयले जनाएको छ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।
विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छाड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले आफ्नो भ्रमण स्थगित गरेका उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
००००
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले दिएको राजीनामा अस्वीकृत भएको छ ।
सोमबार बसेको संसदीय दलको बैठकले गत असोज २८ गते थापाले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स (दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी गतिविधि अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि) प्रविधि खरिद प्रकरणमा ३ अर्ब रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग उच्च स्रोतका अनुसार उक्त भ्रष्टाचार मुद्दामा तत्कालीन २ मन्त्री, ३ सचिवसहित उच्चपदस्थ कर्मचारी तथा पदाधिकारीविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको छ ।
००००
नेकपा माओवादी केन्द्रले काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ । जाजरकोटमा गएको भूकम्पको कारण मंसिर २२ गते काठमाडौंमा गर्ने भनिएको जनपरिचालन कार्यक्रम स्थगित गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।
००००
शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३० ले बढेर १ हजार ८ सय ४७ दशमलव  ५४ मा पुगेको छ ।
००००
भिजिट भिसामा विदेश पठाई दिने भन्दै नक्कली कागजात बनाउने कार्यमा संलग्न थप चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३१ नयाँबानेश्वर बस्ने ३७ वर्षीय अनिष अमात्य, नुवाकोट सूर्यगढी नगरपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने ४५ वर्षीय गोपाल रिजाल, धादिङ बेनिघाट रोराङ गाउँपालिका–२, घर भई हाल काठमाडौं नयाँबजार बस्ने ३२ वर्षीय पशुपति मैनाली तथा झापा भद्रपुर नगरपालिका–१० भई काठमाडौं बूढानीलकण्ठ बस्ने ३२ वर्षीय सागर चापागाईं रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।
००००
नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी पुरुष टी २० विश्वकप २०२४ मा छनोट भएको राष्ट्रिय क्रिकेट टिमलाई ५० लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

सोमवार क्यानले एक विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमिति बैठकको निर्णयबारे जानकारी दिएको हो । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भूकम्पबाट प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

पार्टीका उपसभापति डोलप्रसाद अर्याल नेतृत्वको टोलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावितलाई राहत वितरणमा एकद्वार प्रणाली कार्यान्वयन गर्न आग्रह गरेको हो ।
००००
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहारको भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ । समितिले सोमबार जारी गरेको विज्ञप्तिमा विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरुबाट भाइटीकाको साइतबारे राखिएको जिज्ञासालाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय साइत सार्वजनिक गर्ने निर्णय गरेको उल्लेख छ ।
नेपालमा भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।
००००
नेकपा एमालेले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । एमाले कोशी प्रदेश संसदीय दलको सोमबार बसेको बैठकले सरकारलाई  दिएको समर्थन कायमै राख्ने निर्णय गरेको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x