×

सरसर्ती २४ घण्टा

ध्वस्त भए साढे २६ हजार घर: सरकारको ५० हजार, बिजुलीमा रेकर्ड ब्रेक

काठमाडाैं | कात्तिक २७, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आइतवार साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गरी श्रद्धा भक्तिसाथ लक्ष्मीपूजा पर्व मनाइएको छ ।


Advertisment

प्रत्येक वर्ष कार्तिक कृष्ण औँसीको साँझ विधिपूर्वक सम्पन्नताकी देवी लक्ष्मीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । बेलुकी औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय नियम रहेकाले आज गर्ने गरी निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आइतबार नै कुकुर तिहार मनाइएको छ । यस्तै सोमबार गाई तिहार परेको छ । 


Advertisment

००००

प्रहरीको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरिएको छ । आइतबार कुकुर तिहारका दिन प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो ।

नेपाल प्रहरी केनाइन सामाखुशीले देशभर भएका ९८ कुकुरमध्ये जर्मन सेफर्ड जाताको रियो उत्कृष्ट भएको केनाइकका डिएसपी डा रामचन्द्र सत्यालले बताए ।

००००

यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको  विद्युत् उच्च माग (पिक डिमाण्ड) १४३८ मेगावाट रेकर्ड गरिएको छ । 

नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १४३८ मेगावाट  पुगेको रेकर्ड गरेको हो । गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १३०५ मेगावाट थियो । 

तिहारमा उद्योग, कलकारखानाहरु बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । यस वर्ष प्राधिकरणले पिक डिमाण्ड १३५७ मेगावाट पुग्ने प्रक्षेपण गरी सोहीअनुसार विद्युत् आपूर्ति व्यवस्थापन गरेको थियो ।

००००

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले भूकम्प पीडितलाई ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ। 

श्रेष्ठको अध्यक्षतामा आइतवार सिंहदरबारमा बसेको समितिको १९औं बैठकले जाजरकोट भूकम्पका पीडितलाई अस्थायी आवास निर्माणका लागि प्रति परिवार ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गरेको हो।

००००

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संसदीय क्षेत्र विकास कोष’को नाममा छुट्याइएको ८ अर्ब २५ करोड रुपैया भूकम्प पछिको पुर्ननिर्माणमा खर्च गर्न प्रस्ताव गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सांसद विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न प्रस्ताव गरेको उनले बताए ।

००००

जाजरकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते राति गएको विनाशकारी भूकम्पबाट २६ हजार ५०० भन्दा बढी घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।

गृह मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार भूकम्पबाट २६ हजार ५५७ वटा घरमा पूर्ण क्षति भएको पाइएको छ ।

छिमेकी जिल्ला रुकुम पश्चिममा सबैभन्दा बढी घर ध्वस्त भएको देखिएको छ । जहाँ १६ हजार ५७० घर पूरै ध्वस्त भएको विवरण उल्लेख छ । 

जाजरकोटमा मात्रै ९ हजार ७९४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको पाइएको छ । 

००००

नवलपरासी पूर्वको देवचुली नगरपालिका ७ मुण्डे एस मोडस्थित सडकमा लु १ ज ३२७० नम्बरको जिप अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार ७ जनाको मृत्यु भएको छ ।

००००

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको निर्माणाधीन मध्य पहाडी राजमार्गको कास्की खण्डको पोखरा महानगरपालिकाभित्र उत्पन्न समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरिएको छ ।

उक्त राजमार्गको पोखरा खण्डमा रेखाङ्कन विवाद उत्पन्न भएपछि समस्या समाधानका लागि प्रतिवेदन पेस गर्न गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको हो ।

००००

तनहुँको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री  निर्यात भएको छ ।     

आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो । व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन् ।  

००००

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्न नेपाली राष्ट्रिय पुरुष फूटबल टोली आइतवार त्यसतर्फ प्रस्थान गरेको छ ।

००००

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फ हवाई उडान बढेको छ ।

तिहार शुरू भएदेखि नै दैनिक हवाई उडानको चाप रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बढेको छ ।

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x