
चिनियाँ राष्ट्रपति सी चीनफिङ र अमेरिकी समकक्षी जो बाइडेनबीच भेटवार्ता भएको छ । एसिया प्रशान्त आर्थिक सहयोग(एपेक) शिखर सम्मेलनको अवसरमा बुधबार राष्ट्रपतिद्वयबीच भेटवार्ता भएको हो ।
भेटवार्तापछि पछिल्लो केही समयदेखि जारी चीन-अमेरिका तनाब हुने आकलन गरिएको छ ।
अमेरिकाको क्यार्लिफोनियामा भएको उच्चस्तरीय भेटवार्तामा सैन्य सञ्चार सम्पर्क पुनर्स्थापनालगायत विभिन्न महत्त्वपूर्ण बुँदामा सहमति भएको बीबीसीले जनाएको छ ।
भेटवार्तापछि अमेरिकी राष्ट्रपति बाइडेनले सैन्य सञ्चार सम्पर्क पुनर्स्थापना हुने बताएका छन् । समाचारमा जनाइएअनुसार भेटवार्तामा युक्रेन र पश्चिम एसियालगायत क्षेत्रमा जारी युद्धबारे पनि छलफल भएको थियो ।
बाइडेनले दुई देशबीचको प्रतिस्पर्धालाई संघर्षमा बदल्न नहुनेमा जोड दिएका थिए ।
यस्तै चिनियाँ राष्ट्रपति सीले पनि एक देशको सफलता अर्कोलाई अवसर भएको बताए ।
दुई देशबीच दक्षिण चीन सागरमा सेनाको गतिविधि, इजरायल-हमास र रुस-युक्रेन युद्ध, ताइवानलगायत विषयमा मतभेद छ ।