२५ जेठ २०८३, सोमबार

पुरानो रिसईबीलाई लिएर युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ, सहयोगी पनि समातिए

मंसिर १, २०८०
बर्दिया
पुरानो रिसईबीलाई लिएर युवकको हत्या गरेको आरोपमा ८ जना पक्राउ, सहयोगी पनि समातिए
फाइल फोटो

बर्दियाको गुलरिया नगरपालिका –५ स्थित सुहेलवामा हत्या अभियोगमा ८ जना पक्राउ परेका छन् । 

प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दीपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारू र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो । 

यही कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसईबीका कारण हत्या गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका २३ वर्षीय तर्क भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्