०२ साउन २०८३, शनिबार
भेरी नदी किनारमा खस्यो जीप

चौरजहारीमा जीप दुर्घटना हुँदा २२ जना घाइते

मंसिर ४, २०८०
काठमाडौं
चौरजहारीमा जीप दुर्घटना हुँदा २२ जना घाइते

रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट जाँदै गरेको लु१ज २२९७ नम्बरको जीप सोमबार बिहान चौरजहारी-८ चौरीज्युलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर विष्णु श्रेष्ठले लोकन्तरलाई जानकारी दिए ।  

उनका अनुसार घाइतेहरूलाई उद्धार गरेर मिसन अस्पताल पठाइएको छ । घाइतेमध्ये धेरैजसो बोल्न नसक्ने अवस्थामा रहेको उनले बताए । 

जीप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । 

 

 

salt training

कमेन्ट गर्नुहोस्