×

NMB BANK
NIC ASIA

गायक-गायिकाको पारिश्रमिक

गीत रेकर्डिङमा कति महँगा छन् नेपाली गायक–गायिका ? कति लिन्छन् पारिश्रमिक ?

काठमाडाैं | मंसिर ९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । 

Muktinath Bank

नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रमिकलाई लिएर चर्चा–परिचर्चा हुने गरेको छ । यद्यपि, गायक–गायिकाहरूको पारिश्रमिकबारे भने कमै चर्चा सुनिन्छ । नेपालमा पनि चलेका गायक/गायिकाहरूले स्टेज कार्यक्रममा महँगो पारिश्रमिक लिने गरेका छन् । रेकर्डिङमा गायक/गायिकाले लिने पारिश्रमिक भने स्टेजमा लिनेभन्दा अलि कम हुने गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

थुप्रै हिट गीत दिएका एक संगीतकारका अनुसार अहिले रेकर्डिङमा व्यस्त हुनेहरूमा एउटा गीत गाएको २० हजार लिनेदेखि ६० हजार रुपैयाँसम्म लिने गरेका छन् । रेकर्डिङको ६० हजारभन्दा बढी डिमान्ड गर्ने गायक–गायिकाहरू भने नेपालमा बिरलै रहेको ती संगीतकार बताउँछन् । 


Advertisment
Nabil box
Kumari

उनका अनुसार चर्चित गायक शिव परियार र प्रमोद खरेलले एउटा गीत गाएको ४० देखि ६० हजार रुपैयाँसम्म लिने गरेका छन् । उनीहरू छनोट गरेर मात्रै गीत गाउँछन् । 

Vianet communication
Laxmi Bank

चर्चित गायिका अञ्जु पन्तले एउटा गीत गाएको ३५ हजार रुपैयाँ लिने गरेकी छन् । अर्की चर्चित गायिका मेलिना राईले एउटा गीत गाएको ३० हजार रुपैयाँ लिने गरेकी छन् । 

पछिल्लो समय धेरै गीत रेकर्ड गराउनेमा पर्ने लोकदोहोरी गायिका शान्तिश्री परियार एउटा गीत गाएको २० देखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक लिने गरेकी छन् । 

लोकदोहोरीमा ख्यातीप्राप्त गायक खेम सेञ्चुरी पछिल्लो समय गीत छनोटमा ‘चुजी’ देखिन्छन् । संगीतकारसमेत रहेका उनी पछिल्लो समय अरुका गीत गाउँदा ६० हजार रुपैयाँसम्म भन्ने गरेको उनीसँग सहकार्य गर्न खोजेकाहरू बताउँछन् ।

लोकदोहोरी गायिका विष्णु माझीलाई २ लाख रुपैयाँसम्म तिरेरसमेत गीत गाउन दिएकाहरू भेटिन्छन् । यद्यपि, विष्णुले पछिल्लो समय अरुका गीत गाएकी छैनन् । 

लोकदोहोरी गायक पशुपति शर्माले आफूसँग काम गरेकाहरूसँग आफ्नो पारिश्रमिक तोक्दैनन् । उनी ३० हजार हाराहारी लिने गरेको उनीसँग काम गरेका संगीतकार बताउँछन् । सिर्जना एवं संगीतको समेत काम गर्दा पशुपतिको पारिश्रमिक धेरै हुने गरेको छ । 

खुमन अधिकारी, रामजी खाँण, कुलेन्द्र विश्वकर्माको गीत रेकर्डिङको पारिश्रमिक उस्तै–उस्तै रहेको उनीहरूसँग सहकार्य गरेकाहरू बताउँछन् । यी गायकहरूले २५ हजार रुपैयाँसम्म लिने गरेका छन् । 

पछिल्लो पुस्ताकी चलेकी गायिका अस्मिता अधिकारी एउटा गीत गाएको २० देखि २५ हजार रुपैयाँसम्म भन्ने गरेकी छिन् । उनी पनि गीत छनोटमा केही ‘चुजी’ मानिन्छिन् । 

सांगीतिक क्षेत्रमा एकसाथ व्यस्त बनेका गायिकाहरू हुन् एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारी । यी तिनैजना गायिकासँग सहकार्य गरेका गायकले भने, ‘उहाँहरू जसलाई गाउन दिए पनि पारिश्रमिक एउटै–एउटै हुन्छ । २० हजार भन्नुहुन्छ ।’ 

गायक/गायिकाहरूले निरन्तर सहकार्य गरिरहने संगीतकर्मीसँग केही कम पारिश्रमिकमा पनि काम गरिरहेका हुन्छन् । आफूलाई राम्रो लागेका एवं आफूलाई सहकार्य गर्न मन लागेका कलाकारका गीत पनि गायक–गायिकाले कम पारिश्रमिकमा समेत गाउने गरेको पाइन्छ । 

कतिपय गायक/गायिकाहरू अफर आएका जति गीत गाउने गरेका छन् भने कतिपय छनोट गरेर गाउने गरेका छन् । यता, स्रोता दर्शकमाझ निकै रुचाइएका केही चर्चित गायकहरू छन् जो अरुका गीत गाउँदैनन् । त्यस्ता गायकमा विशेषगरी आफै गीत सिर्जना गर्ने र संगीत पनि भर्नेहरू पर्छन् । उनीहरूले आफ्नो सिर्जनाहरू ल्याउन हतार गर्दैनन् । यसमा चर्चित र्‍यापर भिटेनदेखि गायक सुशान्त केसीसम्म पर्छन् । 

लोकदोहोरी गीतबाट ख्याती कमाएका गायक प्रकाश सपूतले पनि पछिल्लो समय अरुका गीत खास्सै गाउँदैनन् । प्रायः गीतबाट स्रोता दर्शकको माया पाउँदै आएका सुजन चापागाईँ, प्रकाश दूतराजलगायत केही गायकले पनि बाहिरी गीत गाउन चासो दिएको पाइँदैन । व्यवसायिक रूपमा गीत गाउनेहरू प्रायः अरुका सिर्जनामा गाउने गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x