×

सरसर्ती २४ घण्टा

तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने, देउवाको ‘उत्तराधिकारी’ बन्ने प्रयासमा ७ नेता

काठमाडाैं | मंसिर १८, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भएर आइतवार स्वदेश फर्किएका प्रधानमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो बताएका हुन् ।


Advertisment

मन्त्रिपरिषद् पुनर्गठनबारे सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘सरकार गठन भएको बेलादेखि नै को हट्ने, गृहमन्त्री हट्ने चर्चा चल्ने गरेको छ, तर अहिले कुनै त्यस्तो छलफल छैन, सोचिएको पनि छैन ।’


Advertisment

आफ्नो दिमागमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुनै सोच नभएको उनले बताए । ‘यो सबै हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन’ उनले थपे । 
यस्तै प्रधानमन्त्रीले जलवायु परिवर्तनको जोखिममा परेका मुलुकले भोग्नुपरेका समस्या सम्बोधन गर्न ढिला गर्न नहुने पनि बताएका छन् ।
००००
१३ औं र १४ औं महाधिवेशनमा लगातार सभापति भएका शेरबहादुर देउवा पुनः यो पदको दौडमा छैनन् ।

१५ औं महाधिवेशनमा देउवाको दाबेदारी नै नहुने भएपछि देशकै सबैभन्दा ठूलो र पुरानो पार्टी कांग्रेसमा नेतृत्व हत्याउने गरि उनलाई खुशी बनाउन कम्तीमा ७ नेता लागेका छन् । जसमा कृष्ण सिटौला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, गगन थापा, पूर्ण बहादुर खड्का, शशांक कोइराला र शेखर कोइराला छन् । 
००००
सामाजिक सञ्जाल फेसबूक ह्याक भएको भन्दै उजुरी गर्नेको संख्या ह्वात्तै बढेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोमा २ दिनमा मात्रै २४९ वटा उजुरी दर्ता भएका छन् ।
ब्यूरोका इन्स्पेक्टर राजकुमार खड्गीका अनुसार आइतवार मात्रै १ सय ४० जनाले आफ्नो फेसबूक ह्याक भएको भन्दै उजुरी दिएका छन् । शुक्रवार १ सय ९ जनाले उजुरी दिएका उनले बताए ।
८० वटा उजुरी आफै ब्यूरोमा उपस्थित भएर दर्ता गराएका छन् भने इमेलबाट ६० जनाले उजुरी दिएका छन् ।

शुक्रवार इमेल र सिधा ब्यूरोमा आएर १ सय ९ जनाले उजुरी दिएको इन्स्पेक्टर खड्गीले बताए । ‘पछिल्लो समय अत्यधिक फेसबूक ह्याक भएका उजुरी परेका छन्,’ इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने । 
आफ्नो फेसबूकलाई सुरक्षित राख्नका लागि पनि उनले आग्रह गरेका छन् ।
००००
एफसी बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा बुटवल लुम्बिनीले स्पोर्टिङ इलाम एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको हो । लुम्बिनीको जितमा स्टेफन बियोङ र एरिक विष्टले गोल गरे । 
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताका समस्या बुझ्न सङ्कल्प यात्रा आयोजना गरिएको बताएका छन् । पार्टीले आयोजना गरेको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ को चौथो दिन आइतबार कर्णालीको दैलेखस्थित राकम कर्णालीमा आयोजित आमसभामा उनले उक्त कुरा बताएका हुन् ।
००००
मधेस प्रदेशका आठवटै जिल्लामा लागूऔषधबारे चेतना फैलाउने उद्देश्यले ‘लागूऔषधविरुद्धको अभियान’ सुरु भएको छ । 

मधेस प्रदेश प्रहरी कार्यालयले  महोत्तरीको बर्दिबासमा आयोजना गरेको कार्यक्रममा अभियानको शुभारम्भ गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा बढ्दै गएको लागूऔषधको गैरकानुनी प्रयोग र त्यसबारेमा समुदायस्तरमा जागरण ल्याउने अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
००००
नेपाली कांग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनले तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ ।
बुटवलमा आइतवार सम्पन्न भएको सम्मेलनले पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो ।
००००
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रुपमा अन्तर्राष्ट्रिय उडान गर्ने कामलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

नेपाल एसोसिएसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा मन्त्री किराँतीले यस्तो बताएका हुन्  । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानको रु पाँच लाख प्रोत्साहनस्वरुप दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको उनलले जानकारी दिएका छन् ।
००००
नेपाल वायु सेवा निगमले आफ्नो कमजोरीका कारण युरोपेली युनियन (ईयू)ले नेपाललाई उडान सुरक्षा चासो सूची (कालोसूची)बाट नहटाएको भन्ने आरोप खण्डन गरेको छ ।
निगम कार्यकारी समितिको बैठकले निगमको कमजोरीका कारण ईयूले नेपाललाई सेफ्टी लिस्टबाट नहटाएको भन्ने प्रचारप्रति असहमति प्रकट गरेको हो ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७ दशमलव २९ अङ्कले घटेको छ ।
नेप्से परिसूचक आइतवार ७ दशमलव २९ अङ्कले घटेर १ हजार ८ सय ५१ दशमलव २३ को विन्दुमा सीमित भएको छ ।
००००
विशेष अदालतमा न्यायाधीश हेरफेरका कारण आइतवार इजलास नै बस्न सकेन । 
अध्यक्षसहित सदस्य न्यायाधीशहरूको सरुवा भएका कारण आइतवार दैनिक पेसी नतोकिएको हो ।
००००
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन पुस २३ गते हुने भएको छ । 
आयोगले आइतवार एक विज्ञप्ति प्रकाशित गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरेको हो ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विनाविभागीय मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् ।

मुख्यमन्त्री कार्कीले आइतवार शमशेर राईलाई आन्तरिक मामिला तथा कानून, गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र कमलप्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
००००
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । आइतबार बिहान ११ बजेको उडानमार्फत् चीन जान लागेका एक चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको हो ।
००००
नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x