×

सरसर्ती २४ घण्टा

प्रतिबन्ध फुकुवा गर्न टिकटकको लबिङ, सरकारले के गर्ला ?

काठमाडाैं | मंसिर २०, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । 

मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका उनलाई डा अरुण मास्केसहितको चिकित्सक टोलीले सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार थालेको गृह मन्त्रालयले जनाएको छ ।


Advertisment

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्या देखिएपछि उपचार गरिएको थियो ।
००००
सामाजिक सञ्जाल टिकटकले प्रतिबन्ध फुकुवाका लागि लबिङ थालेको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्र लेखी प्रतिबन्धका सन्दर्भमा छलफल गर्न आग्रह गरेको छ ।


Advertisment

मन्त्रालयका सहसचिव एवं प्रवक्ता नेत्रप्रसाद सुबेदीले टिकटकले पत्रमा स्वनियमनका मान्यता अनुसार अघि बढ्ने प्रस्ट पारेको जानकारी दिए । 

स्रोतका अनुसार टिकटकको प्रतिबन्ध फुकाउन चीनले समेत दवाव दिँदै आएको छ । टिकटक चिनियाँ कम्पनी भएकाले उक्त देशल चासो राखेको हो । 

सोमबार सम्पादकहरुसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले टिकटकको प्रतिबन्ध फुकुवा गर्न आफू सकारात्मक रहेको बताएका थिए । उनले प्रतिपक्षी दल र सत्ता पक्षकै दलहरुको चाहनाअनुसार सरकारले टिकटकमाथि तत्कालका लागि प्रतिबन्ध लगाएको दाबी गरेका थिए ।

अब नियमन गर्न पनि सकिन्छ’, प्रधानमन्त्रीको भनाइ थियो, ‘बिल तयार हुँदैछ कहीँ कतै करेक्सन गर्न सकिन्छ भने गरिन्छ ।’

यसैबीच टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा मंगलवार सुनुवाइ हुन सकेन ।
न्यायाधीश सुष्मालता माथेमा र प्रकाश शर्माको इजलासमा पेसी तोकिए पनि रिट हेर्न नभ्याइनेमा परेको हो ।

रिटको पेसी सूचीको अन्तिमतिर २६ औं नम्बरमा थियो । सरकारले कात्तिक २७ गते नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध सर्वोच्चमा दर्जन भन्दा बढी रिट छ । 
००००
नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी रहेका छन् ।
००००
मुलुकको सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार सुन्धारामा २६१ विदेशी कैदीबन्दी रहेका छन् । विभिन्न मुलुकबाट नेपाल आएर विभिन्न आपराधिक क्रियाकलापमा संलग्न २६१ कैदीबन्दीलाई केन्द्रीय कारागारमा राखिएको हो ।
००००
रुकुम पश्चिमको सोती हत्याकाण्ड प्रकरणमा थुनामा रहेका २३  र बाहिर रहेका एक गरी २४ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

मंगलवार रुकुम जिल्ला अदालतले २४ जनालाई जन्मकैदको फैसला सुनाएको हो । 
यस्तै अदालतले तुलाराम घर्तीसहित ८ जनालाई सफाइ दिएको सूचना अधिकारी गोविन्द कोइरालाले जानकारी दिए ।
००००
विशेष अदालतले ‘आतंकवादमा वित्तीय लगानी’ जोडिएको ५ वर्ष पुरानो मुद्दामा २ जनालाई दोषी ठहर गरेको छ ।
विशेषले बारा परशुरामपुरका समसूल होदा र महागढीमाईका गिरिबाबा भन्ने वृजकिशोर गिरिलाई आतंकवादी कार्यमा वित्तीय लगानी गरेको कसुरमा दोषी ठहर गरेको हो ।
००००
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले व्यक्तिगत स्वार्थका लागि प्रचार गर्ने सकल दर्जालाई कारबाही गर्ने बताएका छन् । 
मंगलवार जंगी अड्डामा ‘कमान्डिङ अफिसर ओरिएन्टेसन’ कार्यक्रममा बोल्दै शर्माले ‘व्यक्तिगत स्वार्थबाट प्रेरित भएर संस्थाको हितप्रतिकूलका क्रियाकलापमा संलग्न रहने प्रवृत्ति अन्त्य गर्न प्रतिबद्ध रहेको’ बताएका हुन् ।
००००
परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन फेरि कतार सरकारसँग आग्रह गरेका छन् । 

परराष्ट्र मन्त्रालयमा मंगलवार कतारका लागि नेपाली राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका हुन् ।
००००
नेकपा एकीकृत समाजवादीले पहिलो महाधिवेशनमा आगामी जेठ ३ देखि ७ गतेसम्म हुने भएको छ । काठमाडौंमा बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
००००
यो साता कारोबारको लगातार तेस्रो दिन मंगलवार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । मंगलवार नेप्से परिसूचक १० दशमलव १० अङ्कले घटेर एक हजार आठ सय ३७ दशमलव ७१ को विन्दु कायम भएको हो ।
००००
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अदालतबाट जारी भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलन घोषणा गरेको छ ।
मंगलवार एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताएका छन् ।

त्यसविरुद्ध मंगलबार नै मसाल जुलुस प्रदर्शन गरेको छ । यस्तै आज २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विप्लवले विज्ञप्तिमार्फत जनाएका छन् ।
००००
सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले गठन गरेको उच्चस्तरीय समितिले पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसँग बयान लिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् विद्युतीय चुरोटमा लुकाएर भएको ९ किलो सुन तस्करी प्रकरणमा मुछिएका राहुलसँग मंगलबार दिउँसो समिति कार्यालय सिंहदरबारमा बयान लिइएको हो । 

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x