×

NMB BANK
NIC ASIA

लुम्बिनीमा नि:शुल्क आँखा शिविरः खटियो डा रुइतसहितको टोली, साढे ३ हजारभन्दा बढीले लिए लाभ

बुटवल | मंसिर २३, २०८०

NTC
Premier Steels

लुम्बिनीमा भएको नि:शुल्क आँखा शिविरबाट ३ हजार ७५५ जना सर्वसाधरणले लाभ लिएका छन् । मंसिर १८ देखि २२ गतेसम्म सञ्चालन गरिएको शिविरमा चेकजाँच गराएकामध्ये ९०९ जना मोतियाविन्दुका विरामीको शल्यक्रिया गरिएको राजकीय थाई विहारले जनाएको छ । 

Muktinath Bank

विहारका प्रमुख भिक्षु सुफोतले बुद्धजन्मस्थल वरपरका मानिसहरूलाई सेवा दिने उद्देश्यले १४ औं संस्करणका रुपमा निशुल्क आँखा शिविर गरिएको बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिलगंगा आँखा अस्पताल, काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत, थाइल्याण्डका नेत्ररोग विशेषज्ञ डा अनुचित पोनाथ्याङ, डा नवत वातानाची, डा स्वात कौशाकुलसहितको स्वास्थ्यकर्मीको टोली आँखा शिविरमा खटिएका थिए । 


Advertisment
Nabil box
Kumari

बुद्धजन्मस्थल लुम्बिनीमा विगतदेखि नै तिलगंगा आँखा अस्पतालले राजकीय थाई विहार लुम्बिनीसँग समन्वय र सहकार्य गर्दै आँखा शिविर गर्दै आएको अस्पतालका बाह्य कार्यक्रम अधिकृत नामखेन लामाले जानकारी दिए । उनले बुद्धजन्मस्थल वरपरका सर्वसाधरण स्वास्थ्य पहुँचबाट टाढा रहेकाले निःशुल्क आँखा शिविर गर्ने गरिएको बताए । 

Vianet communication

सर्वसाधारणमा आँखाका सम्बन्धमा हेलचेक्र्याइँ र आर्थिक अवस्थासमेत कमजोर हुने भएकाले आँखा शिविर गर्ने गरिएको थाई विहार लुम्बिनीका प्रमुख भिक्षु सुफोतले बताए । विहारले बुद्ध र यससँग जोडिएका क्षेत्रका नागरिकहरूलाई प्रत्यक्ष फाइदा पुग्ने क्षेत्रमा सक्दो सामाजिक कार्य गर्दैआएको छ । 

यसअघि विहारले आधुनिक प्रविधिबाट घुँडा प्रत्यारोपण, भूकम्पप्रभावितहरूलाई सहयोगजस्ता सामाजिक कार्य गर्दैआएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x