×

NMB BANK
NIC ASIA

पुर्वमध्यकालमा खसिया मल्लहरूको अधीनस्त बैतडी झुलाघाट । खसिया मल्लहरूले करिब ईसाको दशौं शताब्दीदेखि चौधौं शताब्दीको अन्त्यसम्म एक बृहत् राज्यमा शासन गरेका थिए । यी खसिया मल्लहरूका राज्य पूर्वमा त्रिशुलीसम्म फैलिएको थियो, बैतडी झुलादेखि । कालापानीभन्दा माथि लिपुलेकको कन्दराबाट निस्कने महाकाली दार्चुला, जोलजिवी, झुलाघाट हुँदै बग्दछ । दुई साता (१४ मंसिर, २०८०)देखि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुदूपश्चिम नाका बैतडी झुलाघाट १८७९ किलो मिटर राजनीतिक यात्राको नेतृत्व गरिरहेका छन् ।

Muktinath Bank

यात्राको १३ औं दिन मंगलबार कोशी प्रदेश प्रवेश गरेको छ । पुष्पलाल मध्यपहाडी राजमार्गले छोएका २६ जिल्लाभित्रका १८७९ किलो मिटर वरपरका स्थानीयसँग संवाद, भेटघाट, सभा गर्दै टोली अघि बढेको छ । ‘समृद्धिका लागि संकल्प यात्रा’मा निस्किएको केपी शर्मा ओली नेतृत्वको टोलीले पाँचथर जिल्लाको चिवाभञ्ज्याङ पुगेर यात्रालाई समापन गर्नेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सम्बन्ध स्थानीय ः सन्देश राष्ट्रिय’को नाराले कति सार्थकता पाउला ? यतिखेर सतहमा आलोचना, समर्थन पोखिएका छन् । यात्रा अघि बढिरहँदा हरेक दिन ओलीले नयाँ अनुभूति गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

स्थानीयसँगको सम्बन्धमा त्यहाँको समाजबारे ओलीलाई स्थानीय पार्टीले के कति जानकारी दियो, त्यो एउटा पक्ष हो, तर मध्यपहाडी लोकमार्गले जोडेका २६ जिल्लाभित्र के भइराखेको छ भन्ने जानकारी ओलीले प्रत्यक्ष लिएको देखिन्छ ।

Vianet communication
Laxmi Bank

सामाजिक सञ्जालमा उनले गरेका अनुभूतिहरू अपडेट हेर्दा प्रस्टै हुन्छ  । मध्यपहाडी लोकमार्गले छोएका जिल्लाहरूमा उत्पादन तथा व्यापार प्रबद्र्धन, पर्यटन प्रबद्र्धन, रोजगारीका अवसरहरू सिर्जना र स्थानीयको जीवनस्तर उकास्ने महत्त्वपूर्ण साधन बन्यो कि बनेन ? त्यसको प्रत्यक्ष जानकारी ओलीले लिएका छन् ।

मध्यपहाडी लोकमार्गले चर्चेका भू–भागमा जोडिएको यातायात सञ्जालले स्थानीयको जीवनस्तरमा कति भिन्नता लियो ? ती क्षेत्रको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिक लगायतका समग्र क्षेत्रको सन्तुलित विकास भएको छ कि छैन ? यी यवात पक्षसँग यो यात्राको साइनो गाँसिएको छ । ‘समृद्धि’को अर्थ सबैको सहज पहुँच र समान न्याय पाउनु हो । यही अर्थलाई थप पुष्टि गर्न एमालेले ‘संकल्प यात्रा’ भनेको हो । 

राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्ग निर्माण कार्य थालनी भएको डेढ दशक भएको छ । यो अन्तरालसम्ममा १ खर्ब रुपैयाँ बढी खर्च भैसकेको छ । कार्यसम्पादन मूल्यांकन गर्दा ७० प्रतिशतको हाराहारीमा मध्यपहाडी लोकमार्गको काम सम्पन्न भएको छ । ‘जति पूर्व आइपुगियो उति नै क्रमैसँगले विकास हुँदै आएको देखें’, यात्राको सातौं दिन ढोरपाटन नगरपालिकाको बुर्तिबाङ आइपुग्दा ओलीले आफ्नो अनुभूति सुनाउँदै भनेका थिए ।

मध्यपहाडका बासिन्दाको जीवनयापनलाई सहज बनाउने यो तेस्रो विकास आयोजना (मध्यपाहाडी राजमार्ग)ले दुई छिमेकी नाका जोड्न निक्कै सहज देखिन्छ । जुन बिन्दु (झुलाघाट)बाट संकल्प यात्रा उद्घाटन गरियो, सोही ठाउँ हुँदै फैलिएकोे खस साम्राज्य र त्यसपछि सिंजा राज्यको भूगोल त्रिशुलीसम्मै थियो ।

हालको गण्डकी प्रदेश खस साम्राज्य र सिंजा राज्यको व्यापारिक र सैन्य हमला गर्ने सामरिक नाका थियो । भोटमा नुन र सुनको व्यापार, रिडी साँस्कृतिक सम्बन्ध, पोखरा हुँदै नुवाकोट, उपत्यका (काठमाडौं) जोड्ने नाकाकै बाटोबाट ओली नेतृत्व टोलीले पूर्वपश्चिम यात्रा गरिरहेको छ । नेपाल एकीकरणपछि उपल्ला २२ र तल्ला १८ खानीमा विभाजन गरिएको थियो । ती उपल्ला २२ खानी गण्डकी प्रदेशभित्रै पर्दछन् । हालै खोलिएको उत्तरी नाका कोरोलाको सहज पहुँच मध्यपहाडी लोकमार्गसँग छ ।

कोरोला नाकाको फाइदा सबैभन्दा बढी गण्डकी, लुम्बिनीको पहाडी जिल्ला, कर्णाली र सुदूरपश्चिमले लिन सक्छ । लोकमार्गको केही साँघुरा र अप्ठ्यारा बाटो छिचोल्ना साथ कोरोला नाकामा ती प्रदेशको सहज पहुँच पुग्छ । कोरोलादेखि करिब १ हजार किलो मिटर सडक हिड्दा झुलाघाट पुगिन्छ । मध्यपहाडीका कतिपय जिल्लामा वैकल्पिक बाटो जोड्दै स्तरोन्नति गरेमा दूरी झन् घट्छ । 

प्रमुख प्रतिपक्षी दलको सिंगो कार्यालय झण्डै एक महिना जनतासँग सँगसँगै हिँड्दा स्थानीयसँग सम्बन्ध जोडिएको छ । केही सपना देखाइएको छ । जहाँ पुग्यो, त्यहीँको माग आएका छन् । कम्तीमा ती मागहरूलाई मसिनो गरी केलाएर अध्ययन गरी सम्बोधनको खाका तय गरे मात्रै यो यात्राको सबैभन्दा ठूलो सफलता हुनेछ ।

झुलाघाटदेखि रैथाने परम्परा, भेषभुषा, रहनसहन, भिन्न सांस्कृतिक परम्परा, खानपानबाटै टोलीलीलाई स्वागत गरिएको छ । सहज इन्टरनेट, सञ्चारको धेरथोर पहुँचका कारण जनताले केही न केही राजनीति बुझेका छन् । जनताको त्यो चेतनास्तर अनुसार पार्टीले कस्तो राजनैतिक दृष्टिकोण निर्माण गर्ने र आफू पनि बदलिने भन्ने पाठ सिक्न यो यात्राले पक्कै पनि मद्दत गर्नेछ । जनतासँग जहाँ सम्वाद भएको छ, त्यहीँ मागका चाङ लगाइको छ । उनीहरूको माग हेर्दा लाग्छ, जनताको चेतना धेरै माथि पुगेको छ । त्यो चेतनालाई वर्गीय दृष्टिकोणमा कसरी बदल्ने भन्ने प्रश्न एमालेको यो अभियानलाई चुनौती हो ।

हरेक समस्याको गाँठो राजनीतिक रूपमै छ भन्ने आमबुझाइ छ । पुराना दलकै कारण जनताको जीवन कष्टकर बन्दै गएको भनेर शहरिया मध्यम वर्गले खडा गरेको भाष्यलाई मध्यपहाडी क्षेत्रका जनताले कसरी लिएका छन् भन्ने आकलन समेत यात्रापछिको समीक्षाले गर्नेछ । 

यात्राको १३ औं दिनसम्म ‘झुलाघाट–चिवाभञ्ज्याङ’ यात्रीहरूलाई हरेक ठाउँमा भव्य रूपले स्वागत गरिएको छ । स्थानीय जनताको उत्साहमा कुनै कमी देखिन्न । डेढ वर्षका बीचमा स्थानीय, संघीय चुनाव, ग्रासरुट, प्रदेश अधिवेशनलगत्तै ‘झुलाघाट–चिवाभञ्ज्याङ’ यात्राको अभियानलाई स्थानीय कार्यकर्ताले भोगिरहेका छन् । स्थानीय कार्यकर्तामा आर्थिक भार त थपिएको छ, तर उत्साह र ऊर्जामा कुनै कमी देखिन्न । 

मंगलबारदेखि सांगठनिक रूपले बलियो देखिएको प्रदेश कोशीमा यात्रा प्रवेश गरेको छ । त्यहाँ सोहीबमोजिम चुनौती पनि छ । ‘पहिचानवादी’को नाममा बन्द, विरोध हड्तालले के कति असर गर्दछ, हेर्न बाँकी छ । स्वयं अध्यक्ष केपी शर्मा ओलीको प्रदेशसमेत भएकाले त्यहाँको चुनौती सामान गर्नु पार्टीका लागि अर्को अवसर हो । कोशी नाम राखिएको भनी ‘पहिचानविरोधी पार्टी एमाले’ भनेर जसरी स्थापित गर्न खोजिएको छ, त्यसलाई चिर्ने अवसर मंगलबारदेखिको कोशी प्रदेश यात्राले प्रदान गर्नेछ । 

पचासौं ठाउँमा लाखौं जनतासँग साक्षात्कार, भेटघाट, बन्दै गरेका ठूला परियोजनाको अवलोकन, स्थानीय जनताको समस्या, कष्टकर जीवनयापन, निर्वाहमुखी उद्यम, खराब सडकका अवस्थालाई प्रत्यक्ष हेर्दै ओली ‘संकल्प यात्रा’मा हिँडिरहेका छन् । यो अभियानले कम्तीमा राष्ट्रिय सन्देश दिने गरी विज्ञहरूसँगको रायमा दीर्घकालीन महत्त्व राख्ने एउटा गुरूयोजना तय गरोस्, जसलाई कार्यान्वयन गराउन प्रतिपक्ष हुँदा र कुनै पनि बेला सत्तामा पुगेको बेला प्रयासमा लाग्न प्रतिबद्धता जाहेर गर्न जरुरी छ । मध्यपहाडी लोकमार्गले नेपाली जनताको मुहारमा कति उज्यालो दियो ? त्यसको परिणाम कम्तीमा पछिल्लो पुस्ताले पाउने छ ।

बाहिर देखिने स्वागतद्वार र स्वागत कार्यक्रमले चुनावी अभियानकै झल्को दिन्छ । कतिपय ठाउँमा अध्यक्ष ओलीले दिएका अभिव्यक्तिहरू सत्तापक्षप्रति कटाक्षले चुनावी भाषणजस्ता लाग्छन् । आफ्ना कार्यकर्ताबीच यस्ता अभिव्यक्तिले पार्ने प्रभाव एउटा पक्ष हुन सक्छ, तर रित्तिँदै गएको गाउँ र युवाविहीन बस्तीलाई कसरी भरिभराउ गराउन सकिन्छ भन्ने गतिलो सन्देश यात्राले दिन सकेको छैन । यात्रा राजनीतिक उद्देश्य वा मिसन– ८४ का लागि भए पनि अन्ततः त्यसका लागि चाहिने जनता नै हुन् । 

राजनीतिक दलको नेतृत्वबाट यो अभियान सञ्चालन गरेकाले राजनीतिक रंग आउनु स्वाभाविकै हो । पार्टीले मिसन– ८४ नाम दिनु पनि स्वाभाविक  नै हो । प्रमुख प्रतिपक्षी दलको सिंगो कार्यालय झण्डै एक महिना जनतासँग सँगसँगै हिँड्दा स्थानीयसँग सम्बन्ध जोडिएको छ । केही सपना देखाइएको छ । जहाँ पुग्यो, त्यहीँको माग आएका छन् । कम्तीमा ती मागहरूलाई मसिनो गरी केलाएर अध्ययन गरी सम्बोधनको खाका तय गरे मात्रै यो यात्राको सबैभन्दा ठूलो सफलता हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x