×

NIC ASIA

कारागारभित्रै बारम्बार कैदीको मृत्यु

मोरङ कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी: ३० महिनामा २९ को मृत्यु

विराटनगर | पुस ९, २०८०

Prabhu Bank
NTC
Premier Steels

मोरङ कारागारमा विराटनगर– १० का ४८ वर्षीय कैदी चण्डेश्वर सहनीको आज (सोमबार) बिहान मृत्यु भयो । सहनीले भुक्तान गर्नुपर्ने कैद अवधि आजै सकिँदै थियो । तर, कारागार बाहिर निस्कने दिन नै उनको मृत्यु भएको हो । 

Muktinath Bank

जेल प्रशासनका अनुसार उनका ‘पेट दुख्ने र श्वास प्रश्वाससम्बन्धी समस्या देखिएको थियो । दुई दिनअघि मात्र विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको निधन भएको मोरङ कारागार प्रशासनले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोरङ कारागारमा कैदीको मृत्यु भएको यो पहिलोपटक होइन । गत मंसिर २१ गते कारागारमा पुर्पक्षको लागि थुनामा रहेका मोरङ लेटाङ–४ का ४० वर्षीय केशरबहादुर भुजेलको पनि मृत्यु भएको थियो । उनीमाथि कारागारभित्रै कुटपिट गरिएको र घाइते भएपछि कोशी अस्पतालमा मृत्यु भएको भन्दै आफन्तको धेरै दिनसम्म शव नै बुझ्न मानेका थिएनन् । उनीहरूले छानबिन गर्नु पर्ने भन्दै आन्दोलन गरेका थिए ।  


Advertisment
Nabil box
Kumari

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साहको संयोजकत्वमा छानबिन समिति बनेपछि उनीहरूले शवको दाहासंस्कार गरे । समिति बने पनि प्रतिवेदन भने सार्वजनिक गरेको छैन । पोष्टमार्टम रिपोर्ट आएपछि प्रतिवेदनले पूर्णता पाउने साहले बताए । ‘अहिले हामी अनुसन्धानकै क्रममा छौं,’ साहले भने, ‘पोष्टमार्टम रिर्पाट आएपछि प्रतिवेदनको काम पनि सकिन्छ ।’ कारागारबाट अस्पताल ल्याइएका अधिकांश कैदीमा पेट दुख्ने र रिँगटा चल्ने समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ । यी माथिका प्रतिनिधि घट्ना मात्रै हुन् । मोरङ कारागारमा ३० महिनामा २९ जना कैदीबन्दीको मृत्यु भएको छ ।

Vianet communication

मोरङ कारागारको क्षमता २५० जना पुरुष र ५० जना महिलाको हो । तथ्याङ्क हेर्दा मोरङ कारागारमा हाल ९४७ पुरुष र ९५ महिला गरी १ हजार ४२ जना कैदीबन्दी छन् ।

मानवअधिकारको रक्षा नभएको भन्दै यसअघि मानवअधिकारवादी संस्था इन्सेकले उच्च अदालत विराटनगरमा मुद्दा दर्ता गरेको थियो । मोरङ कारागारमा रहेका कैदीबन्दीहरूको शङ्कास्पद मृत्युका घटनामा पोष्टमार्टम नहुने, कैदीबन्दीको मृत्यु घटनामा छानबिन समितिले प्रतिवेदन सार्वजनिक नगर्ने, कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको इन्सेक कोशी प्रदेशका संयोजक तथा अधिवक्ता सोमराज थापाले बताए । 

२०८० असार २० गते दायर गरेको उक्त रिटमाथि अहिलेसम्म कुनै सुनुवाइ नभएको इन्सेक प्रतिनिधि पुण्य पी अधिकारीले बताए । संघीय संसद् प्रतिनिधिसभाको कानून, न्याय तथा मानव अधिकार समितिले २०७८ चैत्र १४ देखि १७ गतेसम्म मोरङ, सुनसरी र इलाम जिल्लाका कारागारहरूको अनुगमन गरेको थियो ।

समितिका संयोजक मीन विश्वकर्मा नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा कैदीबन्दीहरूको अत्याधिक चाप हुँदा कारागारमा छाला र श्वासप्रश्वाससम्बन्धी विभिन्न रोगका कारण कैदीबन्दीहरूको निधन भइरहेको निष्कर्ष निकालेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x