×

सरसर्ती २४ घण्टा

ग्राहकको पैसा जोखिममादेखि विधान अधिवेशनको मुखमा माओवादीभित्र तरंगसम्म

काठमाडाैं | माघ ५, २०८०

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
आइतबार दिनभरजसो इसेवा ठप्प रह्यो । इसेवाको माउ कम्पनी एफवनसफ्टले बनाएका अन्य बैंकका मोबाइल वालेट पनि चलेनन् ।
बैंकमा पैसा छ भनेर ढुक्कसँग बसेका सेवाग्राही त्यतिबेला निराश बने, जतिबेला कुनै कारोबार हुन सकेन ।

पूर्व जानकारीविना अकस्मात मोबाइल वालेट एप चल्न छाडेपछि राजस्व संकलनमा पनि असर र्पयो । पुसको अन्तिम दिन सरकारी कर र राजस्व तिर्नेहरूले अनलाइनबाट पैसा तिर्न पाएनन्, जबकि त्यो दिन धेरै राजस्व र कर संकलन हुने गर्छ ।


Advertisment

‘प्राविधिक समस्या देखाएर राजस्व संकलन प्रभावित पार्ने नियत राखेको देखिन्छ,’ आन्तरिक राजस्व विभागका एक कर्मचारीले भने, ‘यसबारे हामीले नियामकीय निकाय (राष्ट्र बैंक) सँग छलफल गर्दैछौं ।’


Advertisment

अनलाइन कारोबारमा उल्लेख्य उपस्थिति जनाएका इसेवालगायत मोबाइल वालेटको विश्वसनीयता पछिल्लो समय घट्दै गइरहेको छ । जतिबेला पनि ठप्प हुन सक्ने जोखिमसहित गोपनीयता र विश्वसनीयता दुवैमा कमजोर देखिएका मोबाइल वालेट प्रयोग गर्ने प्रयोगकर्ताहरू ढुक्क हुने स्थिति बन्न सकेको छैन ।

राष्ट्र बैंकमा इसेवाको गोपनीयता र विश्वसनीयतालाई लिएर दर्जनभन्दा बढी उजुरी परेका छन् । स्रोतका अनुसार एफवनसफ्टले बनाएको इसेवा, फोनपेलगायत अन्य कतिपय बैंकका वालेटमाथि राष्ट्र बैंकले विशेष निगरानी समेत गरिरहेको छ ।

९० प्रतिशत अनलाइन कारोबार आफू र भगिनी संस्थाहरूमार्फत भएको दाबी गर्ने एफवनसफ्ट पछिल्लो समय लापरवाह हुन थालेको फिनटेक (फाइनान्सियल टेक्नोलोजी)का विज्ञहरू बताउँछन् ।
००००
विधान सम्मेलन नजिकिँदै जाँदा सत्ताको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रमा नयाँ तरंग उत्पन्न भएको छ ।
विधान मस्यौदा समितिमा रहेका उपमहासचिव जनार्दन शर्माले विधानमै चुनावबाट नेतृत्व चयन, पार्टीका सबै तहका पदाधिकारीको उमेर र कार्यकाल तोक्नुपर्नेसहितको प्रस्ताव गरेपछि माओवादीभित्र तरंग आएको नेताहरू बताउँछन् ।

‘२०६३ सालबाट मन्त्री हुन थालेको, २० वर्ष भइसक्यो, अझै उपप्रधानमन्त्रीमा समेत उक्लिन सकिएको छैन भन्नेमा धेरै नेता पुगेका छन्, किनकि पार्टीबाट मन्त्री बन्नेको संख्या नै एक सय नाघिसक्यो,’ माओवादीका एक नेताले लोकान्तरसँग भने, ‘त्यसैले नेतृत्वमा पुग्न कति प्रतीक्षा गर्ने भन्ने आभास नेताहरूलाई हुन थालेको देखिन्छ ।’ 

विधान मस्यौदा कार्यदलमा रहेका नेता शर्माले पूरक प्रस्ताव नै पेस गरेका छन् । शर्माले सबैका निम्ति ढोका खुला गर्नुपर्ने मत अघि सारेर नेतृत्वमाथि दबाब अगाडि बढाएको एक नेता बताउँछन् । 

साथै पार्टीको तल्लो तहदेखि केन्द्रसम्मै पदाधिकारी बन्न उमेर र कार्यकाल तोक्नुपर्ने, जनवर्गीय संगठनलाई प्रभावकारी बनाउनुपर्ने, पार्टीले टिकट बाँड्दा तलकै कमिटीलाई सक्रिय बनाउनुपर्नेसहितका सुझाव शर्माले पूरक प्रस्तावमा गरेको एक नेताले जानकारी दिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्दै छन् । आजदेखि शुरू हुने सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो दिन नै सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन युगान्डा गणतन्त्रको राजधानी कम्पालामा भोलिसम्म चल्नेछ । 
शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्र प्रमुख, सरकार प्रमुख र अन्य उच्च पदस्थ व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।
००००
६ महिनासम्म पनि घरबिदा नलिने  ५ जना प्रहरीलाई स्पष्टीकरण सोधिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय खोटाङले स्पष्टीकरण सोधेको हो । 
लामो समयसम्म घर नगएपछि पारिवारिक विचलन आउने देखिएपछि ५ जना प्रहरीलाई स्पष्टीकरण सोधिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ऋषिराम कँडेलले स्पष्ट पारेका छन् ।
००००
नवजात शिशु बेपत्ता पारेको कसुरमा पक्राउ परेका डाक्टर तपेश्वरलाल कर्णसहित दुई जना धरौटीमा रिहा भएका छन् । उच्च अदालत विराटनगरले बिहीवार धरौटीमा रिहा गर्न आदेश गरेको हो ।
उच्च अदालतका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र  न्यायाधीश सृधराकुमारी पुडासैनीको संयुक्त इजलासले डा कर्ण र सूर्यनारायण राजवंशीलाई जनही १ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश गरेको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिए । 
००००
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या  सिनेटको बैठक राखी समाधान गर्ने बताएका छन् ।   धरानबाट समस्या समाधानको माग गर्दै राजनीतिक दलको प्रतिनिधि मण्डल र स्वास्थ्यमन्त्री बस्नेतबीच मन्त्रालयमा बिहीबार वार्ता भएको थियो ।  
छलफलका क्रममा शिक्षक र कर्मचारी बढुवाका विषयमा तत्काल कार्यकारिणी समितिको बैठक बसी सञ्चालक परिषदमा पेस गर्ने प्रस्ताव तयार गर्ने र सञ्चालक परिषद्को विशेष बैठक बोलाउने सहमति भएको नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुजेन्द्र तामाङले बताए । 
००००
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी ऐन बनाउँदा सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच एकरुपता कायम गर्नका लागि गृहकार्य भइरहेको बताएका छन् । 
सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवाला निकायसँग मन्त्रलायमा आयोजित छलफलमा मन्त्री ज्वालाले सडक दुर्घटनालाई न्यूनीकरण गर्न एकरुपता हुने गरी पहल भइरहेको बताए ।
००००
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार उक्त अध्यादेश जारी गरेका हुन् ।
००००
मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि हातपातको प्रयास भएको छ ।
नेपालीहरूको मुक्तिका लागि अन्तिम लडाईं नामक अभियानका क्रममा बिहीबार बाग्लुङ पुगेका प्रसाईंमाथि हातपातको प्रयास भएको हो ।
मञ्चमा उक्लिन लागेका बेला प्रसाईंलाई बाग्लुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले हातपातको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका एसपी योगेन्द्रकुमार खड्काले जानकारी दिए ।

गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाग्लुङमा राखिएको छ ।
००००
अत्यधिक चिसो र शीतलहरका कारण मध्यतराईको जनजीवन कष्टकर बनेको छ । सप्तरी, सिरहा, धनुषालगायतका जिल्लामा एक सातादेखि घाम लागेको छैन भने शीतलहर चलिरहेको छ । 
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर– ६ कोचवाखारी टोलका स्थानीय पप्पु मेहताले एक सातादेखि घाम नलागेको बताए ।

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x