साउन ६, २०७८
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
काठमाडाैं | माघ ५, २०८०
पछिल्लो समय नेपाली सडकमा बढी देखिने मध्यम मूल्यका गाडी स्कोर्पियो, क्रेटा र ब्रेजालगायत हुन् । बजारमा यी गाडीको मूल्य ४० देखि ६० लाखको बीचमा पर्छ । तर, नेपालमै ‘ब्रान्ड न्यु’सरहका यी गाडी २० देखि ३५ लाखसम्ममा पनि पाइन्छ भन्दा पत्याउनु हुन्छ ? पत्याउनु हुन्न भने अब पत्याउनुस्, तस्करीका गाडीहरू बजारमा यही मूल्यमा उपलब्ध छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयले यो गिरोहका २ जनालाई पक्राउ गरेर केही दिनअगाडि सार्वजनिक गरेको छ । प्रहरीले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका– ८ का ४२ वर्षीय डी.बी. भन्ने दिलबहादुर घिसिङ तामाङ र सिन्धुपाल्चोकको चौतारा सागाँचोकगढी नगरपालिका– १ का ३३ वर्षीय आइतसिंह तामाङलाई पक्राउ गरी पुस १ गते सार्वजनिक गरेको थियो ।
उनीहरूले भारतबाट ल्याएर ३५ लाखसम्ममा गाडी बिक्री गर्ने गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठोरले बताए ।
‘उनीहरूले भारतबाट तस्करीको गाडी ल्याएर २० देखि ३५ लाखसम्ममा बिक्री गर्दा रहेछन्,’ एसएसपी राठोरले लोकान्तरसँग भने, ‘उनीहरूले सस्तोमा सेकेन्डह्यान्डमा गाडी खरिद गर्ने व्यक्तिलाई टार्गेट गर्ने गरेको पाइयो ।’
आफन्तलाई अप्ठ्यारो परेकाले अर्जेन्ट बिक्री गर्न लागेको भन्दै सस्तोमा उपलब्ध गराउने गरेको पाइएको छ ।
‘उनीहरूले मेरो आफन्तलाई पैसाको साह्रै खाँचो परेको छ, २० लाखमा क्रेटा गाडी दिन्छौं भनेर बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा देखिन्छ,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘राम्रो गाडी देखेपछि किन्नेले सहजै पैसा दिने गरेको पाइएको छ ।’
उनका अनुसार पैसा पूरा दिइसकेपछि आफन्तहरू विदेश गएका छन्, केही समयमा आएपछि पास गरौंला भन्दै टार्ने गरेको पाइएको छ ।
‘आफन्त विदेश गएका छन्, आएपछि गरौंला भन्दै टार्ने गरेको अनुसन्धानमा खुलेको छ,’ एसएसपी राठोरले लोकान्तरसँग भने ।
भारतमा गाडी चोरेर नेपालमा बेच्ने धन्दा
पछिल्लो समय भारतमा गाडी चोरी नेपाल ल्याउने धन्दा नै चलेको पाइएको छ । प्रहरीका अनुसार गाडी नेपाल ल्याउने मुख्य भूमिकामा भारतीय नागरिक मसरुत उल्ला खाँ छन् ।
खाँले भारतमा गाडी चोरी गर्ने समूहसँग मिली भारतीय भन्सारमा मिलाएर गाडी नेपाल ल्याउने गरेको देखिन्छ ।
‘भारतमा चोरी गरेर नेपालमा ल्याउने गरेको पाइएको छ । भारतीय भन्सारमा पनि मिलाएर गाडी ल्याउने रहेछन्,’ एसएसपी राठोरले लोकान्तरसँग भने, ‘अर्कातर्फ भारतमा गाडीको १ सय प्रतिशत इन्स्योरेन्स गराउने चलन छ । त्यस्ता गाडी केही समय चलाउने अनि चोरी गर्ने समूहलाई आफैं दिएर इन्स्योरेन्स क्लेम गर्ने गरेको समेत पाइएको छ ।’
त्यहाँको पारबहन सेवामा प्रतिदिन १५ सय रुपैयाँ तिरेपछि भारतीय गाडी नेपाल छिर्न पाउँछन् । त्यसैअनुसार सेटिङ मिलाएर कैलालीको अत्तरिया नाका हुँदै गाडी नेपाल ल्याउने गरेको पाइएको छ ।
अत्तरियाबाट छिरेपछि त्यसको व्यवस्थापनको काम गोकुलप्रसाद श्रेष्ठले गर्ने गरेको प्रहरीले जनाएको छ । उनको काम त्यस्ता गाडीको 'ब्लु बूक' बनाउने हो ।
चिनेजानेको छापाखानामा ‘ब्लु बूक’ छाप्ने र बिक्रीका लागि काठमाडौं ल्याउने गरेको पाइएको छ ।
काठमाडौंमा गाडी बिक्रीको काम दिलबहादुर घिसिङ तामाङ र आइतसिंह लामाले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । ‘ब्लु बूक’मा लगाउने सरकारी छापसमेत अनधिकृत ढंगले बनाएको खुलेको छ ।
‘उनले बागबजारमा छाप र छापाखानामा ‘ब्लु बूक’ बनाएर आफैं नम्बर राख्ने गरेको देखिन्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘त्यसपछि उसले यातायातमा लेखनदासमार्फत खाली नम्बर बुझेर हाल्ने गरेको अनुसन्धानमा खुलेको छ ।’
एउटा गाडी बेच्दा प्रतिव्यक्ति ५ लाखसम्म कमिसन
एउटा फूल अप्सनको क्रेटा गाडी बेच्दा बिक्री गर्नेलाई ५ लाखसम्म कमिसन आउने गरेको पाइएको छ । फूल अप्सनको गाडीलाई ३५ लाखसम्ममा बिक्री गर्ने गरेको देखिन्छ ।
गाडी बिक्री गरेर आएको रकमको ५० प्रतिशत भारतीय नागिरक मसरुत उल्ला खाँले लिने गरेको खुलेको छ ।
बाँकी रकम गोकुल, आइतसिंह र दिलबहादुरले बराबर बाँड्ने गरेको खुलेको एसएसपी राठोरले लोकान्तरलाई जानकारी दिए । यसरी बाँड्दा जनही ५ लाखसम्म पर्ने गरेको खुलेको छ ।
यो गिरोहले कतिवटा गाडी बिक्री गर्यो भन्ने खुलेको छैन । ४२ वटा गाडी बिक्री गरेको सूचना प्रहरीले शुरूमा पाएको थियो । महाशाखाले अहिलेसम्म १२ वटा गाडी बरामद गरेको छ ।
पुस १ गते ५ वटा क्रेटा र ब्रेजा गडी बरामद गरेर भन्सारलाई बुझाइएको थियो । पुस २६ गते ३ वटा ब्रेजा, २ वटा क्रेटा, १/१ वटा भेन्यू र स्कोर्पियो भन्सार विभागलाई बुझाइयो ।
गाडी पास नभएपछि एक ग्राहक आफैं प्रहरीकोमा पुगेका थिए । त्यसपछि नै यो गिरोहबारे थप खुलासा भएको थियो ।
त्यही केसमा जेल बसेर छुटेपछि फेरि गाडी तस्करी
यो तस्कर गिरोहबारे अनुसन्धान गर्दै जाँदा अर्को रोचक तथ्य भेटिएको छ । २०७४ असार महिनामा महाकाली अञ्चलमा १७ वटा गाडीको नक्कली ‘ब्लु बूक’ बनाएर चलाएको फेला परेको थियो । त्यो बेलामा प्रहरीले मसरुत उल्ला खाँ, गोकुलप्रसाद श्रेष्ठसहित यातायातका केही कर्मचारीलाई पक्राउ गरेको थियो ।
त्यसपछि सरकारी दस्तखत कीर्तेमा मुद्दा परी दोषी ठहर भएर खाँ र श्रेष्ठ जेल चलान भएका थिए । रोचक कुरा त के भने त्यतिबेला उनीहरूले छुट्टाछुट्टै यस्तो काम गर्ने गरेका रहेछन् । त्यसबेला एकअर्कालाई नचिनेका उनीहरूको जेलमै चिनजान भएपछि मिलेर धन्दालाई निरन्तरता दिएको पाइएको प्रहरीले जनाएको छ ।
‘महाकालीको गाडी केसमा जेल परेका खाँ र श्रेष्ठको चिनजान त्यहीँ भएको देखिन्छ । जेलबाट छुटेपछि उनीहरूले मिलेर पुरानो धन्दालाई निरन्तरता दिएको पाइएको छ,’ एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने ।
धनुषामा छुट्टै गिरोह !
प्रहरीले काठमाडौंमा गाडी बरामद गरेको एक महिना नबित्दै पुस २९ गते धनुषाबाट ४ वटा गाडी बरामद भएको थियो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवालेका अनुसार नक्कली 'ब्लु बूक' बनाएर गाडी चलाएको सूचना आएपछि प्रहरीले अपरेसन चलाएको थियो ।
‘हामीलाई सूचना आएपछि अपरेसन चलाएका थियौं । त्यसक्रममा चेकजाँच गर्दा पहिला एउटा क्रेटा गाडी फेला पर्यो । त्यसैको कनेक्सनबाट अरू गाडी फेला पारेका हौं,’ डीएसपी अवालेले लोकान्तरसँग भने ।
प्रहरीले त्यो अपरेसनमा महोत्तरीको जलेश्वर नरपालिका– ३ का ५० वर्षीय मोख्तार अन्सारी र लोहरपट्टी नगरपालिका– ६ का ४० वर्षीय जमजम भन्ने अन्सारुल कवारीलाई पक्राउ गरेको छ ।
उनीहरूले भारतबाट गाडी ल्याएर नेपालमा नक्कली ‘ब्लु बूक’ बनाई बिक्री गर्ने गरेको तथ्य खुलेको प्रवक्ता अवाले लोकान्तरलाई बताए ।
‘उनीहरूले धनुषाको नाकाबाट गाडी नेपाल ल्याएर बेच्ने गरेको तथ्य खुलेको छ । कहाँबाट ‘ब्लु बूक’ बनाए भन्ने अझै खुलेको छैन,’ डीएसपी अवाले लोकान्तरसँग भने ।
उनकाअनुसार काठमाडौंमा बरामद भएका १२ वटा गाडीसँग त्यो गिरोहको कनेक्सन छैन ।
यता अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठोरले पनि धनुषामा बरामद भएका गाडी र पक्राउ परेका मानिससँग काठमाडौंको केसको कनेक्सन नदेखिएको लोकान्तरलाई बताए ।
‘जिल्लामा बरामद भएका गाडी र पक्राउ परेका मानिसहरूको यहाँ (काठमाडौं उपत्यका)मा बरामद भएका गाडीसँग कुनै कनेक्सन देखिँदैन,’ एसएसपी राठोरले भने ।
मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...