×

NMB BANK
NIC ASIA

उत्सव बनाउन तराई-मधेशमा स्थानीय बिदा

भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालको तराईमा ‘जय श्री राम’

बुटवल | माघ ८, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको उत्तरप्रदेशस्थित अयोध्यामा नवनिर्मित राम मन्दिरको आज (सोमबार) प्राण प्रतिष्ठा गरिँदै छ । हिन्दूहरूका भगवान् रामको जन्मस्थल मानिने अयोध्यामा आज भव्य मन्दिरको प्राण प्रतिष्ठा गर्न लागिएको हो । 

Muktinath Bank

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरिँदा उत्सव मनाउन नेपालको तराईका धेरै स्थानीय तहले बिदा दिएका छन् । रूपन्देहीको रोहणी गाउँपालिकाले बिदा दिएको छ । बिदासँगै माछा मासु, र मदिरा सेवन, बेचविखन तथा पशु काटमार नगर्न आग्रह गरिएको अध्यक्ष विद्याप्रसाद यादवले बताए । 
 
रूपन्देहीकै ओमसतिया गाउँपालिकाले सोही अनुसारको सूचना जारी गर्दै स्थानीय बिदा दिएको छ । कपिलवस्तुको कृष्णनगर नगरपालिका, शुद्धोधन गाउँपालिका, महाराजगञ्ज नगरपालिका, मायादेवी गाउँपालिका, शिवराज नगरपालिका र मायादेवी गाउँपालिकाले पनि स्थानीय बिदा घोषणा गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तराईमा शीतलहर चलिरहँदा जाडो बिदासमेत नदिएका पालिकाहरूले अयोध्यामा हुने राम मन्दिरको प्राण प्रतिष्ठामा स्थानीय बिदा दिइरहेका छन् । 


Advertisment
Nabil box
Kumari

अयोध्यामा हुन लागेको प्राण प्रतिष्ठाको अनुष्ठानप्रति नेपालको तराई-मधेशका हिन्दूहरूमा उत्सवको माहौल देखिएको छ । स्थानीय सरकारले आफूखुसी बिदा त गरेकै छन् हिन्दूहरूको बाहुल्य रहेको दक्षिणी तराईका स्थानीय समुदायमा पनि उत्साह छाएको हो । 

Vianet communication
Laxmi Bank

कतै हनुमान आरधना, हुनुमान चालिसा पाठ, राम धुनजस्ता धार्मिक अनुष्ठानको तयारी भइरहेका छन् ।

भैरहवा परासीमा सोमबार बृहत् र्‍याली आयोजना गरिएको छ । बाँकेको नरैनापुरमा आइतबार दिउँसो जय श्रीरामको नारासहित र्‍याली गरिएको थियो । 

त्यस्तै बुटलमा पनि आइतबार र्‍यालीले गरिएको थियो । मधेश प्रदेशको वीरगञ्ज महानगरपालिकाले सोमबार पशु बध, मदिरा तथा माछामासु बिक्रीजस्ता क्रियाकलाप निषेध गरेको छ । 

भारतको राजनीतिक र सांस्कृतिक प्रभावका कारण नेपालका स्थानीय तहले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदा बिदा दिइरहेको समाजशास्त्रीहरू बताउँछन् । यस अवसरमा भारतको केन्द्र सरकारले देशभर नै आधा दिनको छुट्टी दिने घोषणा गरेको छ । 

मन्दिरको गर्भगृहमा आज रामको भव्य मूर्ति राखेर प्राण प्रतिष्ठा गरिँदैछ । स्थानीय समयअनुसार दिउँसो १२:२० बजेको साइतमा राम मन्दिरको प्राण प्रतिष्ठा हुने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । प्राण प्रतिष्ठामा केही नेपाली पूजारी पनि सहभागी छन् । 

सन् २०१९ मा भारतको सर्वोच्च अदालतले राम मन्दिर स्थापना गर्ने विषयमा गरेको फैसलापछि मन्दिर बनाइएको हो । अदालतको फैसलापछि सन् २०२० मा राम मन्दिर निर्माण कार्य प्रारम्भ गरिएको थियो । मन्दिर परिसरले ६७ एकड जमिन ओगटेको छ । 

प्राण प्रतिष्ठाअघि भारतीय प्रधानमन्त्री मोदी ११ दिनको उपबासमा छन् । सन् २०२४ मा लोकसभा निर्वाचनअघि हुन लागेको राम मन्दिरको उद्घाटनले भारतीय जनता पार्टीको चुनाव नतिजालाई प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x