×

NMB BANK
NIC ASIA

राष्ट्रियसभा निर्वाचन परिणाम

विष्णुकुमारीको राजनीतिक यात्राः स्थानीय तहमा चोट, राष्ट्रियसभामा बलियो भोट

बुटवल | माघ ११, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गुल्मेली महिला नेतृ विष्णुकुमारी सापकोटाले संसद्को माथिल्लो सदन राष्ट्रियसभाको यात्रा तय गरेकी छिन् । बिहीवार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा सापकोटा ५ हजार ४३५ र मतभार सहित विजयी भइन् । सापकोटा गुल्मीमा नेपाली कांग्रेसभित्र बौद्धिक र क्षमतावानको पहिचान बनाएकी छिन् । पार्टीमा लामो रस्साकस्सीपछि उनलाई राष्ट्रियसभा उम्मेदवार बनाएको थियो । गुटको किचलोका कारण सत्ता गठबन्धनको ठूलो दल कांग्रेसलाई उम्मेदवार छान्न निकै सकस भएकै बेला सापकोटा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनेपछि पार्टीका नेता कार्यकर्ता र गुल्मेलीमा खुसीयाली छाएको थियो । 

Muktinath Bank

सरल जीवनशैली अपनाउन रुभाउने सापकोटा विस २०२३ असार १० गते मुसिकोट नगरपालिका–८ मा जन्मिएकी हुन् । सबैसँग मिल्न सक्ने नेतृत्वको रुपमा आफ्नो छवि बनाएकी सापकोटाले शारदा विद्या मन्दिर माविमै कक्षा ४–५ मा पढ्दैबाट जुनियर रेडक्रस सर्कलहरूमा आवद्ध भएर नेतृत्वको विकास गरेकी थिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सापकोटाले महेन्द्र आदर्श माविबाट नेपाल विद्यार्थी संघमा आवद्ध भएर औपचारिक रुपमा विद्यार्थी राजनीति शुरू गरेकी हुन् । यसपछि उनी पद्म कन्या क्याम्पसमा नेविसंघ सदस्य, पाटन संयुक्त क्याम्पसको इकाई समापति हुँदै २०५५ सालमा सोही क्याम्पसकीे स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सदस्यमा निर्वाचित भइन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै सापकोटा २०५८ सालमा नेविसंघको छात्रा विभागअन्तर्गत केन्द्रीय सदस्य भएको केही समयपछि गृहजिल्लाको राजनीतिमा फर्किन् । ०६३ देखि ०७४ सम्म महिला संघको सभापति बनिन् । उनी ०७४ सालमै नेपाली कांग्रेसको १३ महाधिवेशनमा जिल्ला कार्यसमिति सचिव बनेकी थिइन् । सापकोटा १४ औं महाधिवेशनबाट अहिले कांग्रेस लुम्बिनी प्रदेशको कार्यसम्पादन समिति सदस्य रहेकी छिन् । 

Vianet communication
Laxmi Bank

सापकोटा ०७४ सालको स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकामा उपप्रमुखको उम्मेदवारसमेत रहेकी थिइन् । नेकपा (एमाले)की महिला नेतृ कमला शर्मासँगको प्रतिस्प्रर्धामा उनी पराजित भएकी थिइन् । स्थानीय तहको चोटलाई भुलाउने गरी संसद्को माथिल्लो सदनमा पुगेपछि उनलाई गुल्मीमा बधाई दिनेको ओइरो लागेको छ । राजनीतिबाहेक सामाजिक कर्महरूमा समेत सक्रिय सापकोटाले आफूलाई पार्टीले दिएको अवसरलाई राष्ट्रियहितमा उपयोग गर्ने बताइन् । 

पार्टीमा आफूले अवसरभन्दा पनि प्रजातन्त्र र लोकतन्त्रको पक्षमा काम रहेको बताउँदै सापकोटाले राष्ट्रियसभामा पनि सोही अनुसारको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘मेरो खुसी नै सबै नेता–कार्यकर्ताको खुसी हो । मलाई अवसर दिने नेतृत्वप्रति आभारी छु,’ उनले भनिन्, ‘राष्ट्रिय नेता बनेर राष्ट्र एवं प्रजातन्त्र र लोकतन्त्रको पक्षमा काम गर्ने प्रण गर्दछु ।’ 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x