२६ जेठ २०८३, मंगलबार

राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

माघ १४, २०८०
काठमाडौं
राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियरसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​

सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरूविरुद्ध आइतवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार राहदानी विभाग त्रिपुरेश्वर, परिचय पत्र शाखामा करारमा कार्यरत कम्प्युटर इन्जिनियर भट्टराईले नियमित तरिकाबाट प्राप्त हुने राहदानीको लागि सेवाग्राहीबाट ३४ हजार रुपैयाँ घुस लिएका थिए ।

आयोगले भट्टराईविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद सजाय र बिगो बमोजिम जरिवानाको माग गरेको छ । 

यस्तै आयोगले सुमी धामी भन्ने सुमित्रा सापकोटालाई पनि प्रतिवादी बनाएको छ । आयोगका अनुसार उनले घुस बापतको रकम भट्टराईको खातामा जम्मा गरेकी थिइन् ।

सुमित्रालाई पनि सोही बराबरको बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको माग गरिएको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्