×

NMB BANK
NIC ASIA

अष्ट्रेलियालाई अतिरिक्त समयमा स्तब्ध पार्दै दक्षिण कोरिया एसियन कपको सेमिफाइनलमा

जोर्डनलाई उपहार गोलको सहयोग

काठमाडाैं | माघ २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियामाथि अतिरिक्त समयमा स्तब्ध पार्दै दक्षिण कोरिया कतारमा जारी एसियन कप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अन्तिम समयमा १० जनामा सीमित अष्ट्रेलियामाथि दक्षिण कोरियाले २–१ को जित निकाल्न सफल भएको हो ।

Muktinath Bank

खेलमा दक्षिण कोरियाले पछि परेको अवस्था उल्ट्याएको हो । यद्यपि शुरुवातमा दक्षिण कोरियाले अग्रता लिए पनि गोल भने रद्द हुन पुग्यो । ३१औं मिनेटमा योङ–वु सियोलले गोल गरे पनि भिडियो असिस्टेन्ट रेफ्रीले अफसाइड घोषित गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेलको ४१औं मिनेटमा अष्ट्रेलियाले खेलमा अग्रता लिन सफल भयो । नाथनिल एटकिन्सनको क्रसमा क्राइग गुडविनले भली प्रहारमा गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए ।


Advertisment
Nabil box
Kumari

तर दक्षिण कोरियाले पुनः नाटकीय रूपमा खेलमा बराबरी गर्यो । प्रि–क्वार्टरफाइनलमा साउदी अरेबियाविरुद्ध अतिरिक्त समयमा बराबरी गर्दै टाइब्रेकरमा जीत हासिल गरेको कोरियाले पुनः उही समयमा बराबरी गोल गरेको थियो ।

Vianet communication
Laxmi Bank

अतिरिक्त समयको पाँचौं मिनेटमा कप्तान सन ह्युङ मिनले जितेको पेनाल्टीमा ह्वांग हि–चानले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याई अतिरिक्त समयमा धकेलेको थिए ।

अतिरिक्त समयको १३औं मिनेटमा दक्षिण कोरियाले अग्रता लियो । कप्तान सनले उत्कृष्ट फ्रिकिक प्रहारमा गोल गर्दै कोरियालाई अग्रता दिलाए ।

अतिरिक्त समयको पहिलो हाफको अन्त्यतिर एइडन ओ’निलले रातो कार्ड पाएपछि अष्ट्रेलिया १० जनामा सीमित भएको थियो । त्यसपछि पनि कोरियाले अवसरहरू सिर्जना गरेको थियो । तर थप गोल भने गर्न सकेन ।

दक्षिण कोरियाले अब सेमिफाइनलमा जोर्डनविरुद्ध खेल्नेछ ।

null 

आत्मघाती उपहार गोलको सहयोगले ताजकिस्तानमाथि १–० को कठिन जीत निकाल्दै जोर्डन पनि शुक्रवार नै एसियन कपको सेमिफाइनल प्रवेश गरेको छ ।

वख्दत खानोनोभबाट प्राप्त उपहार गोल नै जोर्डनको जीतमा निर्णायक बन्यो । उनले खेलको ६६ औं मिनेटमा आत्मघाती गोल गर्न पुगेका थिए ।

जोर्डन इराकलाई ३–२ तथा ताजकिस्तान संयुक्त अरब इमिरेट्स (यूएई) लाई पेनाल्टी सुटआउटमा ५–३ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा पुगेका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x