१४ असार २०८३, आइतबार

सूर्यदर्शन सहकारी ठगी प्रकरण: सञ्चालक समिति सदस्य भट्टराई पक्राउ

माघ २६, २०८०
काठमाडौं
सूर्यदर्शन सहकारी ठगी प्रकरण: सञ्चालक समिति सदस्य भट्टराई पक्राउ

पोखरास्थित सूर्यदर्शन सहकारीको सञ्चालक समितिका एकजना सदस्य पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–५ का ३० वर्षीय प्रमोद भट्टराई रहेको प्रहरीले जनाएको छ । 

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयसँगको समन्वयमा काठमाडौंस्थित गोकर्णेश्वर–४, माकलबारीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

उनी बिहीबार दिउँसो पक्राउ गरिएको थियो । काठमाडौंमा पक्राउ परेका उनलाई बिहीबारै कास्की पुर्‍याइएको छ ।

सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित एक दर्जन व्यक्ति अझै फरार छन् । उनीहरूले सहकारीको कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ।

salt training

कमेन्ट गर्नुहोस्