
महासमिति बैठकको विषयमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ ।
यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकको विषयमा छलफल गर्न कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठक यो समाचार तयार पार्दासम्म जारी रहेको हो ।
केन्द्रीय कार्यालयमा जारी बैठकले महासमितिमा प्रस्तुत हुने नीति, सांगठनिक र समसामयिक प्रतिवेदनका विषयमा छलफल गर्दैछ ।
विभिन्न प्रस्ताव महासमितिको तयारीबारे बैठकले एउटा धारणा तय गर्ने नेताहरूले बताएका छन् ।