२५ जेठ २०८३, सोमबार

७ प्रदेशका अस्थायी राजधानी तोकिए, कसको कहाँ ?

कात्तिक २०, २०७४
७ प्रदेशका अस्थायी राजधानी तोकिए, कसको कहाँ ?

काठमाडौं, २३ असोज– सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले ७ वटा प्रदेशका अस्थायी राजधानी तोकेको छ ।

समितिले भौतिक संरचना, ऐतिहासिक महत्व, सुरक्षाको अवस्था र भौगोलिक केन्द्रका लागि अवश्यक पर्ने मापदण्डका आधारमा सात वटै प्रदेशका प्रदेश राजधानीसमेत सो प्रस्ताव गरेको हो ।

समितिको प्रतिवेदनअनुसार प्रदेश नं १ को विराटनगर, धनकुटा वा इटहरी प्रदेश नं २ को जनकपुर, प्रदेश नं ३ को बनेपा, धुलिखेल, काठमाडौँ वा हेटौँडालाई राजधानी बनाउन उपयुक्त हुने प्रस्ताव गरेको छ ।

यस्तै प्रदेश नं ४ को पोखरा, प्रदेश न‌ं ५ को दाङ वा बुटवल, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को दिपालय वा धनगढीलाई अस्थायी राजधानीको तोकिएको छ ।

तोकिएका प्रदेश राजधानी अस्थायी हुने र प्रदेश सभापछि स्थायी बनाइने भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्