१४ असार २०८३, आइतबार

स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँसहित ४ जना पक्राउ

फागुन २७, २०८०
काठमाडौं
स्रोत नखुलेको भारतीय र नेपाली रुपैयाँसहित ४ जना पक्राउ

मकवानपुरको हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट स्रोत नखुलेको रकमसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य सीतामणी थाना ९ भुभैरवोका ३० वर्षीय राकेश कुमार, ३० वर्षीय चन्द्र बाबु, ३७ वर्षीय अशोक राय र सुनसरी कोशी गाउँपालिका ४ का ३२ वर्षीय निजाम मिया छन् ।

उनीहरूको साथबाट ५ लाख ४९ हजार १ सय भारतीय रुपैयाँ र २ लाख ५० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगन्जबाट नारायणघाटतर्फ जाँदै गरेको बीआर ०१ एआर २९९१ नम्बरको भारतीय नम्बर प्लेटको कारलाई​ जाँच गर्ने क्रममा उक्त रकम बरामद गरेको छ ।

प्रहरीका अनुसार कारको सिट मुनी राखेर ल्याएको उक्त नगद फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्