फागुन २८, २०८०
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
काठमाडाैं | चैत १, २०८०
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे ।
माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै वरपर घुम्छ, तर पार्टीभित्र रहेका स–साना गुटको सक्रियातबाट पद बाँडफाँडमा प्रचण्ड सधैँ हैरानीमा पर्छन् । राष्ट्रिय राजनीतिलाई आफ्नै भाषामा ‘उथलपुथल’ गराउन सक्ने सामर्थ्य प्रचण्डमा छ । सोही नीति उनले पार्टीमा पनि लागू गर्छन् । प्रचण्डका लागि पार्टीभित्र ‘सबै आफ्नै, तर सबै टाढा’जस्तो ।
पछिल्लोपटक मन्त्रिपरिषद् विस्तारमा तीन अनुहार दोहोरिएपछि सबैभन्दा बढी आक्रोशित सिन्धुपाल्चोक– १ बाट निर्वाचित सांसद माधव सापकोटा सुबोध भए । माओवादी ‘जनयुद्ध’मा परिवारिक सदस्यदेखि गाउँका सबै जनतालाई हिँडाउन सफल अग्नि सापकोटाको ‘अग्लो छवि’को जगबाट उदाएका माधवले आक्रोशपूर्ण, तर भावुक शब्द खुलेरै प्रकट गरे ।
‘दशवर्षे जनयुद्धमा मेरो घरबाटै ३ जना शहीद भएका छन् । हाम्रो सापकोटा परिवारबाट ८ जना र गाउँभरिमा २२ जना शहीद भएका छन् । गाउँमा अझै पनि माओवादीको जनाधार बलियो छ । मैले मन्त्री नपाएर विरोध गर्यो भन्नुभएको होला, अहिले यो सांसद पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा लाग भन्नुहुन्छ भने तयार छु । तर, विधि र पद्धतिलाई मिचेर घुर्की देखाउने, धम्की दिने र बार्गेनिङ गर्नेलाई मन्त्री बनाइयो । यस्तो विधि पार्टीमा कहाँ छ ?’, आइतबार संसदीय दलको बैठकमा सापकोटाले भने ।
शान्ति प्रक्रियासँगै एकतामा जोडिएका पार्टी उपाध्यक्ष तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई ‘जनयुद्ध’मा योगदान नगरेको, पार्टीमा ‘लाभ’ लिइरहेको भनेर सिधै आरोप लगाए । सापकोटाले भने, ‘देशको कुनै पनि ठाउँबाट चुनाव जितेर देखाउनुस् ।’
श्रेष्ठ माओवादी बनेपछि २०७० मा मकवानपुर र २०७४ मा गोरखाबाट पराजित भएका थिए । हाल उनी राष्ट्रिय सभा सदस्य छन् ।
राजनीतिक आन्दोलनमा सबैका आ–आफ्नै भूमिका छन् । श्रेष्ठले हरेक पद पाउँदा ‘युद्ध लडेको हो र ?’ भन्ने खालको प्रश्न सामना गर्दै आएका छन् ।
माओवादीको सांगठनिक आधार क्षेत्र रुकुम पश्चिम, रुकुम पूर्व, रोल्पा र सिन्धुपाल्चोकलगायत जिल्ला हुन् ।
अहिले पनि माओवादी केन्द्रमा भन्ने गरिन्छ, ‘कुनै भ्रातृ तथा जनवर्गीय संगठन पदाधिकारीको मूल नेतृत्व लिने बेला एकता प्रक्रियाबाट आएकाको डीएनएमा बारुद छ कि छैन भनेर चेक गरिन्छ । यदि छैन भने क्षमता हुँदा–हुँदै पनि पद पाउँदैनन् ।’
नारायणकाजीलाई कसरी चिन्ने ?
नारायणकाजी श्रेष्ठसँग पूर्व एकता केन्द्रको एउटा लामो इतिहास जोडिएको छ । त्यही पूर्व एकता केन्द्र गुटकै ‘ह्याङओभर’ले नारायणकाजीको ‘डीएनएमा बारुद’ छैन भनेर ‘अपहेलित’ भइरहनुपरेको छ । २०४८ सालमा एकता केन्द्र गठन हुँदा दीपक शर्माका नामबाट सचिव बनेका नारायणकाजीका धेरै उपनामहरू छन् । तत्कालीन नेकपा (एकता केन्द्र)का महामन्त्री प्रचण्ड थिए । उनले त्यसलाई विभाजन गरेर २०५१ मा नेकपा (माओवादी) गठन गरे ।
बाँकी रहेका शेषलाई एकता केन्द्र नै बनाई राख्ने जिम्मा उनै सचिव दीपक शर्माको काँधमा आइलाग्यो । प्रचण्डको टीमले एकता केन्द्र छाडेपछि बाँकी रहेको टीमले ललितपुरको ठेचोमा महाधिवेशन सम्पन्न गर्यो । त्यही महाधिवेशनबाट दीपकबाट नाम बदलिएर उनी ‘क. सन्देश’ भए । त्यहीँबाट अर्ध भूमिगत सन्देश फेरि ‘क. प्रकाश’ भनेर उदाए ।
२०६४ देखि खुला राजनीतिमा प्रवेश गरेपछि नारायणकाजी श्रेष्ठ भनेर राजनीतिक वृत्तमा केही चर्चा रह्यो । १२ बुँदे सहमतिको सूत्राधारमध्ये एक उनी माओवादीमा समाहित भए । ‘माओवादी’को नाममा अगाडि एकीकृत जोडियो । अहिले पार्टीको नाम नेकपा (माओवादी केन्द्र) छ ।
माओवादी केन्द्रको पथप्रदर्शन सिद्धान्तमा समेत उनले ‘मार्क्सवाद, लेनिनवाद, माओवाद/विचारधारा’ बनाउन सफल भए ।
नारायणकाजीको अर्को खुबी हो, कम्युनिस्ट पार्टी संस्थापक सदस्यहरू जीवित रहँदासम्म आफूसँग राख्नु । पछिल्लो समयसम्म संस्थापकका परिवारसँग पार्टीको सिंगो इतिहास जोड्नु नारायणकाजीको अर्को सफलता हो ।
इतिहासको कालखण्डमा नेपाल कम्युनिस्ट पार्टीका दुईजना संस्थापकहरूसँग नारायणकाजीले लामो समय बिताए । त्यही बेला सात दल र माओवादीबीचको १२ बुँदे सहमतिअघि सिलिगुडीमा माओवादीसँगको चर्चित वार्तामा उनको भूमिका रह्यो, जुन कुराको चर्चा संस्थापक सदस्य कर्माचार्य जीवित रहँदासम्म पटक–पटक गरिरहन्थे । पहिलोपटक अर्किड होटल, त्रिपुरेश्वरमा सार्वजनिक भएपश्चात् नारायणकाजी चिरा परेका कम्युनिस्टहरू मूलधारमा आउनुपर्छ भन्नेमा केन्द्रित देखिए ।
इतिहास संशोधनमा जीवितहरूको बयान
नेपाल कम्युनिस्ट पार्टीमा संस्थापक सदस्य को–को हुन् ? भन्ने विषयमा चौथो महाधिवेशन पक्षधर र पुष्पलाल समूहबीच लामै विवाद चलेको इतिहास छ । जब दुई जीवित सदस्यले नारायणकाजीको साथ थिए, उनीहरूको दाबीले केही विवाद साम्य पार्यो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले शुरूका वर्षमा लगातार सेप्टेम्बर १५ लाई पार्टी स्थापना दिवस मान्दै लेख्ने तथा बोल्ने गरे । पार्टीको मुखपत्र ‘कम्युनिस्ट– ०१५’ सालको चुनावमा कम्युनिस्ट पार्टीको घोषणापत्र, पार्टीको पहिलो सम्मेलनको राजनीतिक प्रतिवेदन, प्रथम महाधिवेशनमा पारित दस्तावेजलगायतका धेरै ठाउँमा पार्टी स्थापनाको मिति १५ सेप्टेम्बर १९४९ भनेर दस्तावेजीकरण गरिएको छ ।
कम्युनिस्ट पार्टी विभाजन हुँदै जाँदा स्थापना दिवसबारे किचलो आउन थाल्यो । ०३४ सालमा तत्कालीन नेकपा (चौम) को मुखपत्र ‘मसाल’मा स्थापनाकालका तीन नेताहरू नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलाश जोशीको टीमले पार्टी स्थापना २२ अप्रिलमा भएको भन्यो । उनीहरूले आफ्नो दाबीलाई गलत साबित गर्न चुनौती दिए ।
साथै, उनीहरूले २२ अप्रिललाई स्थापना दिवस मनाउन अनुरोध गरे । यसप्रति पुष्पलालले कुनै खण्डन वा आफ्नो प्रतितर्क दिएनन् । पछि एमालेको पाँचौं महाधिवेशनले १० वैशाख (२२, अप्रिल १९४९) मा नै कम्युनिस्ट पार्टी स्थापना भएको निष्कर्ष निकालेपछि यसबारे पछिल्लो समय बहस भएको पाइँदैन ।
त्यससँगै, संस्थापक नेताहरूको समूहमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र दुर्गादेवी गरी पाँचजना थिए भन्ने ‘पुष्पलाल समूह’को मान्यता थियो । तर, कर्माचार्य, वैद्य र जोशीले दुर्गादेवी संस्थापक सदस्य नभएको दाबी गरेको पाइन्छ ।
नेपाल कम्युनिस्ट पार्टी स्थापनाको मिति र संस्थापक व्यक्ति को भन्ने साक्षीहरूको साथमा हुर्केका नारायणकाजी गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी, ललिता निवास, सुन काण्डमा ‘पर्फर्मेन्स’ देखाए । यद्यपि यतिले मात्र उनको वाहवाही हुन्छ भन्नु गलत हुन जान्छ । उनी बाहिर जति आदर्शका कुरा गर्छन्, व्यवहारमा त्यो देखिएन भन्ने एकथरीको आरोप छ ।
पार्टीको पद वा सार्वजनिक पद धारण गर्दा आफ्नो गुटबाट ‘अनिवार्य कोटा’ दाबी गर्ने प्रवृत्तिले पनि उनको आलोचना हुने गर्छ । गृहबाट पुनः परराष्ट्र मन्त्रालयमा जानु हुन्थ्यो कि हुँदैनथ्यो भन्ने कुरा हेक्का नराख्दा नारायणकाजीले आफूभन्दा ‘जुनियर नेता’ सापकोटाबाट ‘अपहेलना’ खेप्नु परिरहेको छ ।
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...