×

NIC ASIA

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्रमा कहिले मधुपर्कमा । आफूले गोरखापत्रको ३० वर्षे सेवा अवधिबाट अवकाश लिएको वर्षौँ भइसकेको भए पनि उनले भने हालै लिएका छन् । थोरै बोल्ने गहिरो बोल्ने आफ्नो स्वभावअनुसार उनले फोन उठाउनासाथ भने– ‘कता हुनुहुन्थ्यो कुन्नि ? एउटा कोशेली दिनु थियो ।’ मैले पनि छोटै उत्तरमा भनेँ– ‘भइहाल्छ नि ! यतै छु, आजै आउँछ ।’ यति भनेर फोन राखेँ र काम सकेर कार्यकक्षमा पुगेँ । उनी मलाई नै पर्खिबसेका रहेछन् । जाँदाजाँदै एउटा बृहदाकार (झन्डै चार किलो जतिको) आकर्षक पुस्तक थमाउँदै भने– ‘यही हो कोशेली, केही लेखिदिनुहोला ।’

Muktinath Bank

घरमा आएर हेरेँ पुस्तक वरिष्ट सञ्चारकर्मी ध्रुव थापाद्वारा नेपालीमा अनुदित देवीभागवत महापुराणको रहेछ । यसै क्षेत्रका विद्यार्थी भएका नाताले मेरा लागि त्योभन्दा खुसीको कुरा अर्को थिएन । रेडियो नेपालको जागिरबाट अवकाश लिएका थापाजीले देवीभागवतजस्तो विशद ग्रन्थ अनुवाद गरी अवकाशपछिको जीवनलाई सदुपयोग गरेको देख्दा झन् खुसी लाग्यो । त्यसैले उनको सत्कर्मलाई नमन गर्दै पढ्न सुरू गरेँ तर, पढिसक्न भने लामै समय लाग्यो । कारण एक त पुस्तक ठूलो थियो, त्यसमाथि ज्ञानविज्ञानले समन्वित बेजोड दार्शनिक ग्रन्थ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुराणहरू स्मृत ग्रन्थ हुन् भने वेद विनिर्गत ग्रन्थमा पर्छ । ब्रह्माजीले आदि कल्पमा पहिले. पुराणको सम्झना गरेका थिए । त्यसपछि मात्र उनको मुखबाट वेदहरू विनिर्गत भएका हुन् । ‘पुराणां सर्वशास्त्राणां प्रथमं ब्रह्मणा स्मृतम्अनन्तरंवक्त्रेभ्यो वेदास्तस्य विनिर्गता: । (मत्स्यपुराण ५३।३) ब्रह्माजीले सम्झना गरेका पुराणको श्लोक सङ्ख्या एक करोड थियो, जसलाई पाँचौँ वेद भनिन्छ । ‘इतिहासं पुराणं पञ्चमं वेनानां वेदम् ।’ (न्यायदर्शन ४।१।६२)(छान्दज्ञोपनिषद् ७।१।२)  यसैलाई सङ्क्षेपीकरण गरी व्यासजीले साढे सात लाख श्लोकमा झारेका हुन्, जुन ७२ वटा प्रकरणमा विभाजित भएका छन् । यिनमा १८ महापुराण, १८ उपपुराण, १८ औपपुराण र १८ उपौपपुराण पर्छन् । यिनै १८ वटा महापुराणमा देवीभागवत पुराण पनि पर्छ । 


Advertisment
Nabil box
Kumari

यसो त श्रीमद्भागवतलाई महापुराण र देवीभागवतलाई उपपुराण भन्ने मत पनि उत्तिकै प्रबल छ । यी दुवै पुराणमा १२ स्कन्ध र १८ हजार श्लोक छन् । अध्याय भने श्रीमद्भागवतमा ३३५ र देवीभागवतमा ३१८ रहेका छन् । सर्वप्रथम सुनाउने र सुन्ने पात्रहरू पनि एकै परिवारका पर्छन् । भागवतका प्रथम वक्ता व्यासपुत्र शुकदेवजी र श्रोता राजर्षि परिक्षित हुन् भने देवीभागवतका प्रथम वक्ता शुकदेवका बाबु व्यासजी र प्रथम श्रोता परिक्षितका पुत्र जनमेजय रहेका छन् । यस्तो अवस्थामा विद्वानहरूबीच मतैक्य नदेखिनु अस्वाभाविक होइन । आ–आफ्ना अभिमतका कुरा कसले के भने त्यतातिर नजाऊँ । वास्तविकता के हो भने दुवै महापुराण हुन् र दुवै उत्तिकै बेजोड आध्यात्मिक ग्रन्थमा पर्छन् । मात्र फरक एउटाले भक्तिदर्शनको व्याख्या गरेको छ अर्कोले शक्तिदर्शनको दिग्दर्शन गरेको छ । 

Vianet communication

भागवतले मुत्युसुधार्ने काम गरेको छ देवीभागवतले जीवन सुधार्ने काम गरेको छ । तथापि उद्देश्य भने दुवैको एउटै हो । मृत्यु सुधार्नु भनेको पनि जीवन सुधार्नु नै हो । जीवन जीवन सुधार्नु भनेको पनि मृत्यु सुधार्नु नै हो । किनभने मृत्यु सुधार्नेले जीवन पनि सुधारेका हुन्छन् जीवन सुधार्नेले मृत्यु पनि सुधारेका हुन्छन् । रूपमा एउटाले मर्न सिकाउँछ अर्कोले बाँच्न सिकाउँछ, तर सारमा भन्ने हो भने दुवैले जन्म र मृत्यु सुधारेका हुन्छन् । जसले बाँच्न जानेको हुन्छ उसले मर्न पनि जानेको हुन्छ, जसले मर्न जानेको हुन्छ उसले बाँच्न पनि जानेको हुन्छ । 

समग्र विश्वब्रह्माण्ड शक्तिको खेल हो । यसैमा अडेको छ । यसैले बनाएको छ, यसैले चलाएको छ अनि यसैले खेलाएको छ । शक्ति विना न एक गाँस खान सकिन्छ न खाएको पचाउनै नै सकिन्छ । यहाँसम्म कि सुत्न र निदाउन पनि शक्ति नै चाहिन्छ । शक्तिको अभावमा ब्रह्मा निकम्मा बन्छन्, शिव सव बन्न पुग्छन्, विष्णुले सिनु (केही पनि गर्न नसक्ने अर्थमा) बन्नुपर्छ । यस पुराणमा यिनै शक्तिका अधिष्ठात्री माता भगवतीको विशेषता विवेचन भएका छन् । ब्रह्मा, विष्णु, महेश्वरले जुन सृष्टि, स्थिति र प्रलय दायित्व समालेका छन् उनै शक्ति स्वरूपिणी माता भगवतीद्वारा शक्तिवान् भएर नै सम्भव भएको हो । 

देवी भागवतको शुरूमै एउटा प्रसङ्ग आएको छ । जतिबेला त्रिदेव अर्थात् ब्रह्मा, विष्णु, महेश्वर कर्तव्य बोध गर्न नसकी माता भगवती समक्ष गुहार माग्न पुगेका थिए त्यतिबेला उनकी सेविकाले तपाईँहरू कुन ब्रह्माण्डबाट आउनुभएको हो ? भनेर सोधेकी थिइन् । जब त्रिदेवले उनको कुरा नबुझेर ब्रह्माण्ड पनि अधिक छन् र ? भनेर सोद्धा उनले  भनेकी थिइन्– ‘अधिक होइन अनन्त छन् ।’ त्यसपछि अलमल्लमा परेका उनीहरूलाई माता भगवतीले विमानमा राखेर ती सबै ब्रह्माण्डको अवलोकन गराएकी मात्र थिइनन् एक एक शक्ति दिएर सृष्टि, स्थिति र प्रलयसम्बन्धी कामको जिम्मा लगाएकी थिइन् । उनले दिउकी शक्तिलाई क्रमशः महासरस्वती, महालक्ष्मी र महाकाली भनिन्छ । 

यस प्रसङ्गलाई मनन गर्दा यस पुराणलाई ज्ञानको मात्र होइन विज्ञानको पनि भण्डार हो भन्नै पर्ने हुन्छ । किनभने आधुनिक विज्ञानले निकैपछि मात्र ब्रह्माण्ड धेरै छन् भन्ने पत्ता लगाएका हुन् तर यस पुराणले हजारौँ वर्ष पूर्व नै त्यसलाई देखाएको मात्र छैन घुमाएको पनि छ । यस्तो गहन ग्रन्थलाई नेपालीमा अनुवाद गरेर थापाजीले नेपाली भाषी पाठकहरूलाई ठूलो गुन लगाएका छन् । 

प्रायः पुराणहरू संस्कृत भाषामा लेखिएकाले. संस्कृत इतर भाषीहरूले चाहेर पनि यसको सम्यक रसास्वादन गर्न पाएका थिएनन् । यद्यपि पुराणहरू केहीका नेपाली भाषामा अनुवाद नभएका होइनन् । तिनमा बढी अनुवाद हुनेमा श्रीमद्भागतवत पर्छ तर, देवीभागवतको भने भरपर्दो अनुवाद अहिलेसम्म भएजस्तो लाग्दैन । यसको अर्थ भएकै छैन भन्ने चाहिँ होइन । निकै पहिले सुब्बा होमनाथ केदारनाथले पद्यानुवाद गरेका थिए । त्यसपछि पनि कहीँ कतै भएका होलान् तर पूरै ग्रन्थको विशद अनुवाद भएको ग्रन्थ भने यही नै हो जस्तो लाग्छ ।  यस अर्थमा अनुवादक थापाजी धन्यवादका पात्र भएका छन् भन्नै पर्छ ।   

माता भगवातीको चरित्रचित्रण भएकाले पुस्तकको विषयवस्तु जति गहन छ कलेवरको हिसावले पनि उत्तिकै आकर्षक देखिन्छ । कागत राम्रो छ अक्षर मोटा र प्रष्ट छन् । आकर्षक ‘हार्ड कबर’ र रङ्गीन चित्रहरूको सजावटले पुस्तकलाई थप आकर्षक बनाएको छ । सरसर्ती हेर्दा पुस्तकको मूत्य २००० रुपैयाँ केही महङ्गोजस्तो लाग्न सक्छ तर, चित्रहरूबाहेक नै कुल ९४९ पृष्टको पुस्तकको स्वरूपलाई हेर्दा खासै महङ्गो भन्न सकिने अवस्था छैन । अनुवादको भाषा सरल छ । निकै कठिन मानिएको दार्शनिक प्रसङ्गलाई पनि सरल भाषामा सरल तरिकाले सम्झाउने प्रयास गरिएको छ । पुस्तकको अर्को लोभलाग्दो पक्ष भनेको प्रत्येक अध्यायको श्लोकगत अनुवाद हो । यस अर्थमा पुस्तक पठनीय मात्र होइन सङग्रहणीयसमेत हुन पुगेको प्रष्टै अनुभूत गर्न सकिन्छ ।  

अनुवादक ध्रुवजीले यति ठूलो ग्रन्थ अनुवाद गरी प्रकाशनमा ल्याएर आँटे गर्न सकिँदो रहेछ भन्ने कुराको हेक्का मात्र दिलाएका छैनन् अन्य पुराणहरूलाई पनि अनुवाद गरेर यसै गरी प्रकाशनमा ल्याउन घचघच्याउने कामसमेत गरेका छन् । त्यसैले उनले देखाएका बाटोमा सबैले होस्टेहैँसे गर्दैै अघि बढ्नु वाञ्छनीय देखिन्छ । आशा गरौँ एक दिन त्यो समय पनि आउने नै छ । यिनै प्रसङ्गका साथै अहिलेलाई विदा हुन चाहन्छु । हवसभवतु सर्व मङ्गलम् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x