×

NMB BANK
NIC ASIA

इलाम २ को उपनिर्वाचन​

सुहाङलाई भोट माग्दै ओली– मतदाता छक्याउन आएका होइनौं, सिंगार पटार गर्नु परेको छैन

काठमाडाैं | बैशाख ५, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको उपनिर्वाचनमा धेरै पैसा खर्च नगर्न प्रतिस्पर्धी दललाई सुझाव दिएका छन् ।

Muktinath Bank

इलाममा सत्ता गठबन्धनका साझा उम्मेदवार सुहाङले जित्ने उनले दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलामको मंगलवारेमा बुधवार चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सुवास नेम्वाङले पटक-पटक चुनाव जितेको क्षेत्रमा जनता झुक्याउन नभई विकासको एजेन्डा लिएर आएको बताएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘हामी जनता छक्याउन आएका होइनौं, हामीलाई जनता अल्मल्याउनु र ढाँट्नु छैन । सिंगार पटार गरेर आउनु पर्ने छैन’, ओलीले भने । 

Vianet communication
Laxmi Bank

इलामबाट निर्वाचित प्रतिनिधिले देशलाई संविधान दिने काम गरेको र पिताश्रीले अगाडि बढाएको अभियानलाई निरन्तरता दिनको लागि सुहाङ आएको उनले बताए ।

‘ठेक्का पट्टामा कमिसन खाएर पैसा कमाउन आएको होइन, महिनामा २/४ लाख वकालत गरेर कमाउने सामर्थ्य सुहाङसँग छ’, ओलीले भने, ‘चुनाव नजित्दा सुहाङलाई घाटा पर्दैन, इलामलाई घाटा पर्नेछ ।’

विगतमा आउँदा सुवास नेम्वाङसँग मञ्चमा बस्ने गरेको स्मरण गर्दै ओलीले भने– ‘यहाँ आज मैले बोलेको कुरा हजारको नोटमा लेखेको तुरुन्त भुक्तानी हुनेछ भनेजस्तै हो, सुहाङको ग्यारेन्टी म लिन्छु । नोटमा लेखेको जस्तै मैले बोलेको कुराको भुक्तानी दिनेछु ।’

इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x