फागुन ११, २०८०
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
काठमाडाैं | बैशाख ५, २०८१
बलिउड अभिनेत्री परिणीति चोपडाले गत वर्ष आम आदमी पार्टी (आप)का नेता राघव चड्ढासँग गत वर्ष विवाह गरिन् । यसले विशेषगरी भारतभर चर्चा पायो । किनकि उनले अन्तर्वार्ताहरूमा आफूले राजनीतिज्ञसँग विवाह नगर्ने बताएकी थिइन् ।
यद्यपि अहिले परिणीतिको विवाह राजनीतिज्ञसँग मात्र भएन, राजनीतिप्रति उनको रुचि पनि बढ्दै गएको छ ।
हालैको एक अन्तरर्वार्तामा परिणीतिले राजनीतिमा आफ्नो रुचिबारे बताएकी छिन् । उनले राघवसँगको पहिलो भेटका बारेमा सम्झँदै त्यो समयमा उनी राजनीतिक पृष्ठभूमिका हुन् भन्नेसमेत आफूले थाहा नपाएको दाबी गरेकी छिन् । यसका बीच, उनले राघवसँगको विवाहपछि राजनीति पछ्याउन थालेको विषय भने लुकाइनन् । ‘अहिले म राजनीति पछ्याउँदैछु । अब त यो काम मैले गर्नै पर्छ’, उनले भनेकी छिन् ।
परिणीति एउटा कुराले भने हैरान छिन् । किनकि, उनका पति राघव चलचित्रप्रति चासो राख्दैनन् । यसबारे भने उनले गुनासो गरेकी छिन् । ‘उहाँ मनोरञ्जनमा चासै लिनुहुन्नँ, ‘उहाँप्रति मेरो यो गुनासो छ,’ उनी भन्छिन्, ‘उहाँले पछिल्लोपटक कुन फिल्म हेर्नुभयो भन्ने कुरा कि भगवानलाई थाहा छ, कि उहाँलाई मात्रै !’
परिणीतिका अनुसार राघवलाई चलचित्रभन्दा बढी रुचि संगीतमा छ । उनले राघव र आफूबीच भेट हुँदा व्यावसायिक भन्दा पनि अन्य कुरा बढी हुने खुलाइन् ।
परिणीति हालका दिनमा चलचित्र ‘अमर सिंह चमकिला’लाई लिएर चर्चामा छिन् । यो चलचित्रमा उनको अभिनयको तारिफ राम्रै भइरहेको छ । निजी जिन्दगीलाई लिएर पनि परिणीति निकै चर्चामा आउँछिन् । परिणीति अर्की बलिउड अभिनेत्री प्रिंयका चोपडाकी बहिनी पनि हुन् । यद्यपि, दिदीबहिनी फरक स्वाभावका रहेको उनीहरूको परिवारले नै स्वीकारेका छन् ।
अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् । उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...
‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...
वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...
दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...
निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...
अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ । सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...