२९ असार २०८३, सोमबार

युवतीलाई ब्ल्याकमेलिङ गर्ने व्यक्ति पक्राउ

बैशाख ११, २०८१
काठमाडौं
युवतीलाई ब्ल्याकमेलिङ गर्ने व्यक्ति पक्राउ

साइबर अपराधमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुली तीनपाटन गाउँपालिका– ८ का कमलप्रसाद अधिकारीलाई पक्राउ गरेको छ ।  काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८ मा बस्ने ३६ वर्षीय अधिकारीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो । 

पाथीभरा माता नाम गरेको फेक फेसबुक मार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने भन्दै माग गरेको युवतीको नग्न फोटो तथा भिडियो सामाजिक संजालमा सार्वजनिक गरिदिने भनेर ब्ल्याकमेल गरी दुःख दिएको भन्ने उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । 

 अदालतबाट ७ दिन म्याद थप अनुमति लिई उनीबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्