०२ साउन २०८३, शनिबार

दुई दिने भ्रमणमा चीन पुगे पुटिन, राष्ट्रपति सीसँग भेटवार्ता

जेठ ३, २०८१
काठमाडौं
दुई दिने भ्रमणमा चीन पुगे पुटिन, राष्ट्रपति सीसँग भेटवार्ता

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि चीन पुगेका छन् । दुई दिने भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट गरेका छन् ।

पुटिन र सी जिनपिङबीचको भेटवार्तामा पश्चिमी देशहरूले नजर राखेका छन् । रुस र चीनबीचको साझेदारी कसरी अगाडि बढ्छ भन्ने विषयमा पुटिन र जिनपिङको भेटमा छलफल हुने बीबीसीले जनाएको छ ।

रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् ।

तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ । चीनले रुसी सेनालाई प्रविधि र हतियार उपलब्ध गराएको आरोप पनि लागेको छ । जसका कारण चीनमाथि पनि दबाब परिरहेको छ ।

चीनले यी आरोपहरू अस्वीकार गर्दै आएको छ र रुसलाई कुनै पनि प्रकारको सैन्य सहयोग नगरेको दाबी गर्दै आएको छ । तर, चीनले युक्रेनमा रुसको आक्रमणको आलोचना गरेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्