×

किसानलाई बजारसँग जोड्न बरेङमा चक्रपथ निर्माण

काठमाडाैं | जेठ १०, २०८१

ढोरपाटन–पहाडैपहाडले घेरिएको बागलुङको बरेङ गाउँपालिकाले  किसानलाई बजारसँग जोड्न चक्रपथ निर्माण गरेको छ । विसं २०७४ देखि चक्रपथ निर्माण थालेको गाउँपालिकाले वडा नं ५ देखि भित्रीवन, साग्दी सत्यवती, डाँडाकटेरी, झुले, हुँदै सल्यान जोडेको छ । ग्रामीण चक्रपथले दर्जनौँ गाउँबस्ती जोडिएपछि स्थानीय कृषक हर्षित भएका छन् । 

चक्रपथ मात्रै नभएर गाउँपालिकाले सबै बस्तीसम्म मोटरबाटो पुर्याएको छ । चक्रपथले विकट बस्तीसम्म जोडिएपछि अब यात्रा मात्रै नभएर स्थानीय उत्पादन बजार पुर्याउन सहज हुने भएको छ । गाउँपालिकाले रु सात करोडको लगानीमा उक्त चक्रपथ निर्माण गरेको हो । चक्रपथको विभिन्न खण्डमा स्तरोन्नतिसमेत गर्न थालेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । हरेक नागरिकलाई सडकको पहुँमा ल्याउन र किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरणमा टेवा पुर्याउन गाउँपालिकाले चक्रपथ निर्माण गरेको उनको भनाइ छ । 


Advertisment

चक्रपथले धेरै गाउँ जोडेको हुँदा कुनै पनि नागरिक सडकको पहुँचभन्दा बाहिर नरहेको अध्यक्ष शर्मा बताउँछन् । ग्रामीण क्षेत्रमा चक्रपथ निर्माण चुनौतीपूर्ण भए पनि आफूहरूले ठूलै लगानी गरेर सम्पन्न गरेको उहाँको भनाइ छ । अब चक्रपथको स्तरोन्नति गरिने उनले बताए ।


Advertisment

‘लामो समय मेहनत गरेर चक्रपथ निर्माण गरिएको छ, यसले पालिकाभित्रका धेरै गाउँबस्तीलाई जोड्ने हुँदा हजारौँ नागरिक लाभान्वित हुने छन्, यसबाट किसानले बढी लाभ लिने छन्,’ अध्यक्ष शर्माले भने, ‘यो सडक गाउँपालिकाको गौरवको आयोजना हो । हरेक वर्ष हाम्रो प्राथमिकतामा पर्छ, सडक खुलेपछि कृषि उपज बजारीकरण गर्न सहज भएको छ ।’

स्थानीय किसान मीनबहादुर पुनले चक्रपथले गाउँ जोडिएपछि बजार आउजाउ गर्न सहज भएको बताए । यसअघि पालिकाको केन्द्र पुग्न दुई घण्टाभन्दा बढी समय लाग्ने गरेकाेमा अहिले ४५ मिनेटमै पुग्न सकिने उनको भनाइ छ । गाउँपालिकाले चक्रपथ निर्माण गरेपछि तरकारी र फलफूल बजार पुर्याउन सजिलो भएको छ । ‘पहिला डोकोमा बोकेर सडक भएको ठाउँसम्म पुर्याउनुपथ्र्यो, अहिले बारीबाटै गाडीमा राखेर बजार पु¥याउन सकिन्छ,’ पुनले भने । –रासस–

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x