×

अस्ट्रेलियाको लगातार चौथो जीत : साविक विजेता इंग्ल्याण्ड सुपर आठमा, स्कटल्याण्ड बाहिरियो

काठमाडाैं | असार २, २०८१

आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले स्कटल्याण्डलाई हराएको छ । आइतबार बिहान सम्पन्न खेलमा स्कटल्यान्डले प्रस्तुत गरेको १ सय ८१ रनको लक्ष्य अस्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । अस्ट्रेलियाको यो लगातार चौथो जीत हो । 

अस्ट्रेलियाको जीत साविक विजेता इंग्ल्यान्डका लागि वरदान साबित भएको छ । नेट रन रेटका आधारमा स्कटल्यान्डलाई पछि पार्दै इंग्ल्यान्ड सुपर ८ मा प्रवेश गरेको छ । दुई टोलीको अंक समान भए पनि इंग्ल्यान्डको रन रेट स्कटल्यान्डभन्दा राम्रो रहेको छ । स्कटल्याण्ड भने बाहिरिएको छ । 


Advertisment

इंग्ल्याण्डले गएराति नामिबियालाई डकवर्थ लुइस नियमअनुसार ४१ रनले पराजित गरेको थियो । समूह चरणका सबै चारै खेल खेलिसकेका इंग्ल्याण्ड र स्कटल्याण्डको समान पाँच/पाँच अंक छ । तर, रन रेटका आधारमा डिफेण्डिङ च्याम्पियन इंग्ल्याण्ड सुपर ८ मा पुगेको हो । 


Advertisment

यसअघि भारत, अस्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्टइन्डिज, अफगानिस्तान र अमेरिका सुपर-८ मा पुगिसकेका छन् । 

अब बंगलादेश, स्कटल्याण्ड र नेदरल्याण्ड्स सुपर ८ पुग्ने बाटोमा छन् । यीमध्ये दुई टोली सुपर ८ मा पुग्ने छन् । 

यसअघि अघिल्लो टी–२० विश्वकप क्रिकेटको उपाधि इंग्ल्यान्डले जितेको थियो । अष्ट्रेलियाको मेलबर्नस्थित मेलबर्न क्रिकेट ग्राउण्डमा भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै सन् २०१० पछि इंग्ल्यान्डले दोस्रोपटक टी–२० विश्वकपको उपाधि उचालेको थियो ।

यसअघि इंग्ल्याण्डले सन् २०१० मा पनि उपाधि जितेको थियो । इंग्ल्याण्डबाहेक सह-आयोजक वेस्ट इन्डिज मात्र दुई पटक टी–२० विश्व च्याम्पियन बनेको छ । 

यसपालि पनि इंग्ल्यान्डसँगै अष्ट्रेलिया र भारत ट्रफी जित्ने ठूलो दाबेदार मानिएको छ ।

सन् २०२१ देखि हालसम्म अष्ट्रेलियाले टी-२० विश्वकप, एकदिवसीय विश्वकप र विश्व टेस्ट च्याम्पियनसिप जितेको छ ।

भारतीय टोलीले सन् २००७ यता टी–२० विश्वकपको उपाधि जित्न सकेको छैन । साथै, सन् २०१३ देखि भारतले अन्य ढाँचामा पनि आईसीसी ट्रफी जित्न सकेको छैन।

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

x